bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 1
1 Kings 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
1
जब दाऊद राजा वृद्ध भएर तिनको उमेर ढल्किसकेको थियो, तिनलाई लुगा ओढ़ाइदिँदा पनि तिनी तातिँदैनथे।
2
यसैकारण तिनका सेवकहरूले तिनलाई भने, “हजूरको सेवा-टहल र हजूरको हेरचाह गर्नलाई कुनै एउटी कन्ये-केटी हामी खोज्छौं। त्यसले हाम्रा महाराजालाई न्यानो पार्न त्यो हजूरसँगै सुतोस्।”
3
तब तिनीहरूले सारा इस्राएल देशभरि खोज्दा एउटी सुन्दरी कुमारी शूनम्मी अबीशगलाई भेट्टाए, र त्यसलाई राजाकहाँ ल्याए।
4
त्यो अत्यन्त सुन्दरी थिई। त्यसले राजाको सेवा-टहल र हेरचाह गर्न लागी। तर राजाले त्यससँग सहवास गरेनन्।
5
तब हग्गीतका छोरा अदोनियाहले “म नै राजा हुनेछु” भनी आफैलाई अगि सार्न लागे। यसैले उनले पचास जना मानिसहरू, घोड़चढ़ीहरू र रथहरूसमेत आफ्नो अगिअगि दगुर्न तयार गरे।
6
उनका पिताले उनलाई “तँ किन यस्तो व्यवहार गर्छस्?” भनेर सम्झाएनन्। अदोनियाह पनि एक अत्यन्तै सुन्दर मानिस थिए र उमेरमा अब्शालोमभन्दा पछि जन्मेका थिए।
7
अदोनियाहले सरूयाहका छोरा योआब र अबियाथार पूजाहारीसँग सल्लाह लिए र उनीहरूले उनलाई सहायता दिए।
8
तर सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह, नातान अगमवक्ता, शिमी, रेई र दाऊदका विशेष अङ्गरक्षकहरूचाहिँ अदोनियाहतर्फ लागेनन्।
9
तब अदोनियाहले एन-रोगेलनेरको जोहेलेत भन्ने ढुङ्गामा भेड़ाहरू, गाई-गोरुहरू र पोसिएका बाछाहरू बलिदान चढ़ाए। उनले आफ्ना सबै राजकुमार भाइहरू र यहूदाका सबै राजकीय अधिकारीहरूलाई निम्तो दिए,
10
तर उनले नातान अगमवक्ता, बनायाह, विशेष अङ्गरक्षकहरू र आफ्ना भाइ सोलोमनलाई निम्तो दिएनन्।
11
तब नातानले सोलोमनकी आमा बतशेबालाई सोधे, “के तपाईंले सुन्नुभएको छैन, कि हाम्रा मालिक दाऊदले थाहा नपाईकनै हग्गीतका छोरा अदोनियाह राजा भएछन्।
12
अब सुन्नुहोस्, तपाईंको आफ्नै र तपाईंका छोरा सोलोमनको ज्यान कसरी बचाउन सकिन्छ सो म तपाईंलाई सल्लाह दिनेछु।
13
गएर दाऊद राजासँग भेटेर उहाँलाई यसो भन्नुहोस्, ‘हे प्रभु मेरा महाराजा, के हजूरले आफ्नी दासीसँग यसो भनेर शपथ खानुभएको थिएन, “निश्चय नै तिम्रो छोरो सोलोमन मपछि राजा हुनेछ र त्यो नै मेरो सिंहासनमा बस्नेछ? तब किन अदोनियाह राजा भयो त?”
14
जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्नुभएको कुराको पुष्टि गरिदिनेछु।”
15
तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहारसुसार गर्दैथिई।
16
बतशेबा निहुरेर राजाको सामु घुँड़ा टेकिन्। राजाले भने, “तिमीलाई के चाहियो?”
17
तिनले राजालाई भनिन्, “हे मेरा प्रभु, हजूरले आफ्नी दासीसँग परमप्रभु हजूरका परमेश्वरको नाउँमा यस्तो शपथ खानुभएको थियो, ‘मपछि तिम्रो छोरो सोलोमन राजा हुनेछ, र त्यो मेरो सिंहासनमा बस्नेछ’।
18
तर अहिले अदोनियाह पो राजा भइसकेछ। यो कुरा प्रभु मेरा महाराजालाई थाहै छैन।
19
त्यसले धेरै संख्यामा गाईबस्तुहरू र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएको छ, र सबै राजकुमारहरू अबियाथार पूजाहारी र सेनापति योआबलाई निम्तो दिएछ, तर हजूरको दास सोलोमनलाई चाहिँ निम्तो दिएनछ।
20
अब हे मेरा प्रभु महाराजा, हजूरपछि सिंहासनमा को विराजमान हुनेछ भनेर हजूरबाट जान्नलाई सारा इस्राएलले हजूरलाई हेरिरहेका छन्।
21
नत्रता जब हजूर आफ्ना पितृहरूसित सुतिजानुहुनेछ, तब म र मेरो छोरो सोलोमनलाई अपराधीझैँ व्यवहार गरिनेछ।”
22
तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे।
23
“नातान आएका छन्” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्मै निहुरेर राजालाई दण्डवत् गरे।
24
नातानले भने, “हे मेरा प्रभु महाराजा, के अदोनियाह हजूरपछि राजा हुनेछन्, र हजूरको सिंहासनमा उनी नै बस्नेछन् भनी हजूरले घोषणा गर्नुभएको हो?
25
उनले आज तल गएर धेरै गाई-गोरु र पोसिएका बाछाहरू अनि भेड़ाहरू बलिदान चढ़ाएका छन्। उनले सबै राजकुमारहरू, सेनापतिहरू र अबियाथार पूजाहारीलाई भोजमा निम्तो दिएका छन्। अनि अहिले यसै बेला उनीहरू उनीसँगै खाँदै, पिउँदै र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्।’
26
तर उनले हजूरको दास मलाई र सादोक पूजाहारी, यहोयादाका छोरा बनायाह र हजूरको दास सोलोमनलाई निम्तो दिएनन्।
27
के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?”
28
तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्ने आएर उभिन्।
29
तब राजाले यसो भनेर शपथ खाए, “मेरा सबै दु:खबाट मलाई छुटकारा दिनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु:
30
परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा मैले शपथ खाएर तिमीलाई भनेको थिएँ, ‘तिम्रो छोरो सोलोमन नै मपछि राजा हुनेछ, र मेरो सिंहासनमा मेरो सट्टामा बस्नेछ’। आजको दिन म यो शपथलाई पूरा गर्नेछु।”
31
तब बतशेबाले राजाको सामुन्ने घुँड़ा टेकेर निहुरेर भूइँमा घोप्टो परी भनिन्, “मेरा प्रभु महाराजा दाऊद दीर्घायु होऊन्।”
32
दाऊद राजाले भने, “सादोक पूजाहारी, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई भित्र बोलाऊ।” जब तिनीहरू राजाको सामु हाजिर भए,
33
राजाले तिनीहरूलाई भने, “तिमीहरूका प्रभुका सेवकहरूलाई तिमीहरूसँग लैजाओ र मेरो छोरो सोलोमनलाई राजाको खच्चरमा सवार गराएर गीहोनसम्म साथै लैजाओ।
34
त्यहाँ सादोक पूजाहारी र नातान अगमवक्ताले त्यसलाई इस्राएलमाथि राजा अभिषेक गरून्। तुरही बजाओ र यसो भनेर कराओ, “राजा सोलोमन अमर रहोस्।”
35
तब तिमीहरू त्योसँग उक्लेर आओ, र त्यो भित्र पसेर मेरो सिंहासनमा बसोस्, र मेरो सट्टामा त्यसले राज्य गरोस्। इस्राएल र यहूदामाथि शासन गर्नलाई मैले त्यसलाई नियुक्त गरेको हो।”
36
यहोयादाका छोरा बनायाहले राजालाई जवाफ दिए, “आमेन! परमप्रभु मेरा मालिक महाराजाका परमेश्वरले यस्तै घोषणा गरून्।
37
जसरी मेरा महाराजासँग परमप्रभु हुनुहुन्थ्यो, त्यसरी नै उहाँ सोलोमनसँग पनि होऊन्, र तिनको सिंहासन मेरा प्रभु महाराजा दाऊदको सिंहासनभन्दा पनि उच्च बनाऊन्।”
38
तब सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरू तल झरेर सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराए, र तिनलाई गीहोनसम्म साथ दिए।
39
सादोक पूजाहारीले पवित्र पालबाट तेल राख्ने सीङ लिएर सोलोमनलाई तेलले अभिषेक गरे। तब तिनीहरूले तुरही फुके, र सबै मानिसहरूले कराएर भने, “राजा सोलोमन अमर रहून्।”
40
अनि सबै मानिसहरू अत्यन्त हर्ष मनाउँदै, बाँसुरी बजाउँदै तिनको पछिपछि माथि उक्ले। तिनीहरूको हल्लाले जमिनै थर्क्यो।
41
अदोनियाह र उनका अतिथिहरूले खाइसकेका मात्र थिए, तब उनीहरूले त्यो हल्ला सुने। तुरहीको आवाज सुनेर योआबले सोधे, “सहरमा यो केको हल्ला हो?”
42
जब उनी यसो भनेर बोल्दैथिए, अबियाथार पूजाहारीका छोरा जोनाथन आइपुगे। अदोनियाहले भने, “भित्र आऊ। तिमीजस्ता योग्य मानिसले असल समाचार ल्याएको हुनुपर्छ।”
43
जोनाथनले जवाफ दिए, “अँहँ, होइन। साँच्चै, हाम्रा प्रभु राजा दाऊदले सोलोमनलाई राजा तुल्याउनुभएको छ।
44
तिनका साथमा सादोक पूजाहारी, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह, करेती र पेलेथीहरूलाई पठाउनुभएको छ, र तिनीहरूले तिनलाई राजाको खच्चरमा सवार गराए,
45
अनि सादोक पूजाहारी र नातान अगमवक्ताले तिनलाई गीहोनमा राजा अभिषेक गरेका छन्। त्यहाँबाट तिनीहरूले तिनलाई अहिले धूमधामसाथ आनन्द मनाउँदै माथि पुर्याएका छन्, र सहरमा हल्ला भइरहेछ। त्यही आवाज तपाईंहरूले सुन्नुभएको हो।
46
त्यसभन्दा अझ बढ़ी के भयो भने, राजाको सिंहासनमा सोलोमन विराजमान भएका छन्।
47
अनि राजकीय अधिकारीहरू पनि हाम्रा प्रभु दाऊद महाराजालाई यसो भनेर अभिवादन गर्नलाई गएका छन्, ‘हजूरका परमेश्वरले हजूरका छोरा सोलोमनको नाउँ हजूरको भन्दा अझ प्रसिद्ध गराऊन्, र उहाँको सिंहासन हजूरको भन्दा पनि अझ प्रतापी बनाऊन्।’ अनि राजाले आफ्नो पलङ्गमा बसेर नै दण्डवत् गरेर भने,
48
‘परमप्रभु इस्राएलका परमेश्वरलाई प्रशंसा होस्, जसले मलाई मेरा आँखाले आज मेरो सिंहासनमा एउटा उत्तराधिकारीलाई हेर्न दिनुभयो’।”
49
यसैले अदोनियाहका अतिथि सबै तर्सेर जर्याकजुरुक उठेर तितरबितर भए।
50
तर अदोनियाह आफैचाहिँ सोलोमनदेखि डराएर उठे, र गएर वेदीका सीङहरू समाते।
51
तब कसैले गएर यो समाचार सोलोमनलाई सुनाए, “अदोनियाह सोलोमन राजादेखि डराएका छन्, र उनले वेदीका सीङहरू समातिराखेका छन्। उनी भन्छन्, ‘राजा सोलोमनले आफ्नो दासलाई “म तरवारले मार्नेछैनँ,” भनी आज शपथ खाएर मलाई भनून्’।”
52
सोलोमनले जवाफ दिए, “यदि उनले आफूलाई एक योग्य मानिस हुन् भनी प्रमाण दिन सके भने उनको कपालको एउटा केश पनि भूइँमा खस्नेछैन। तर उनमा दुष्टता पाइयो भनेता उनी निश्चय नै मारिनेछन्।”
53
तब सोलोमन राजाले मानिसहरू पठाएर उनलाई वेदीबाट तल ल्याए। अनि अदोनियाह आएर राजा सोलोमनलाई दण्डवत् गरे। सोलोमनले भने, “तिमी आफ्नो घरमा जाऊ।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22