bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 2
1 Kings 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
1
जब दाऊदको मर्ने बेला नजिक आयो, तब तिनले आफ्ना छोरा सोलोमनलाई यो आखिरी जिम्मा दिए।
2
“संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ,
3
र परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर। उहाँका मार्गमा हिँड़। मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्,
4
र परमप्रभुले यसो भनेर मलाई गर्नुभएको प्रतिज्ञा पूरा होस्: ‘यदि तेरा सन्तानले आफू कसरी रहनुपर्छ भनी ध्यान गरे र यदि तिनीहरू आफ्ना पूरा हृदय र प्राणले मेरो दृष्टिमा विश्वासपूर्वक हिँड़े भने, इस्राएलको सिंहासनमा विराजमान हुनलाई तँलाई उत्तराधिकारीको कहिल्यै अभाव हुनेछैन’।
5
“सरूयाहको छोरो योआबले मलाई के गर्यो— इस्राएलका दुई सेनापतिहरू नेरका छोरा अबनेर र येतेरका छोरा अमासालाई त्यसले के गर्यो यो कुरा तिमी आफैलाई थाहै छ। लड़ाइँको समयमा झैँ शान्तिकै अवस्थामा छँदा पनि त्यसले तिनीहरू दुवैलाई मार्यो। त्यही रगतले आफ्ना पटुका र खुट्टाका जुत्तालाई कलङ्कित पार्यो।
6
तिम्रो बुद्धिले जे-जस्तो बताउँछ, त्यहीअनुसार त्यससित व्यवहार गर, तर त्यसको फुलेको कपाल शान्तिसित चिहानमा नजाओस्।
7
“तर गिलादका बर्जिल्लैका छोराहरूमाथि दया देखाऊ, र तिनीहरू तिम्रो टेबिलमा खानेहरूमध्ये होऊन्। तिम्रो दाजु अब्शालोमबाट म भागी हिँड्दा तिनीहरू मसितै रहिरहे।
8
“अनि तिमीसँग भएको बहूरीमको बेन्यामीनी गेराको छोरो शिमीलाई याद राख्नू। म महनोममा गएको दिन त्यसले मलाई खूबै सरापेको थियो। जब त्यो यर्दन नदीमा मलाई भेट्न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ।
9
तर अब त्यसलाई तिमीले निर्दोष नसम्झ। तिमी बुद्धिमान् मानिस छौ र त्यसलाई कस्तो व्यवहार गर्नुपर्छ सो तिमीले जान्नेछौ। त्यसको फुलेको कपाल चिहानमा रगतैसँग जाओस्।”
10
तब दाऊद आफ्ना पित्रहरूसित सुत्न गए, र दाऊदको सहरमा गाड़िए।
11
तिनले इस्राएलमा चालीस वर्षसम्म राज्य गरे— सात वर्ष हेब्रोनमा र तेत्तीस वर्ष यरूशलेममा।
12
अनि सोलोमन आफ्ना पिता दाऊदको सिंहासनमा बसे, र तिनको शासन सुदृढ़सित स्थापित भयो।
13
अब हग्गीतका छोरा अदोनियाह सोलोमनकी आमा बतशेबाकहाँ आए। बतशेबाले उनलाई सोधिन्, “के तिमी शान्तिसितै आएका हौ?” उनले जवाफ दिए, “हजूर।”
14
तब उनले अझै भने, “मैले तपाईंलाई केही भन्नु छ।” तिनले भनिन्, “भन।”
15
अदोनियाहले भने, “तपाईंलाई थाहै छ, कि राज्य त मेरै थियो। सबै इस्राएलले म नै राजा हुनेछु भनी सोचिरहेका थिए। तर सबै थोक उल्टियो। राज्य मेरा भाइको भयो। किनकि परमप्रभुको इच्छाअनुसार त्यो तिनको नै थियो।
16
अब मैले तपाईंलाई एउटा बिन्ती चढ़ाउनुपरेको छ। त्यो इन्कार नगर्नुहोला।” तिनले भनिन्, “त्यो के हो?”
17
उनले भने, “मैले शूनम्मी अबीशगलाई विवाह गर्न पाऊँ भनी सोलोमन राजालाई बिन्ती गरिदिनुहोस्।”
18
बतशेबाले जवाफ दिइन्, “हुन्छ, तिम्रो निम्ति म राजासँग कुरा गरिदिनेछु।”
19
जब अदोनियाहको निम्ति कुरा गरिदिनलाई बतशेबा राजाकहाँ गइन्, तब राजा तिनलाई स्वागत गर्नलाई उठे र तिनलाई दण्डवत् गरे अनि सिंहासनमा बसे। राजाकी आमाको निम्ति सोलोमनले एउटा सिंहासन ल्याउने हुकुम दिए, र तिनी राजाको दाहिनेपट्टि बसिन्।
20
तिनले भनिन्, “मैले एउटा सानो बिन्ती तिमीसँग गर्नुपरेको छ। त्यो मलाई इन्कार नगर।” राजाले जवाफ दिए, “के भन्नु छ, आमा? म तपाईंलाई त्यो इन्कार गर्नेछैनँ।”
21
तिनले भनिन्, “शूनम्मी अबीशगको विवाह तिम्रा दाजु अदोनियाहसँग गरिदेऊ।”
22
राजा सोलोमनले आफ्नी आमालाई जवाफ दिए, “शूनम्मी अबीशगलाई अदोनियाहसँग विवाह गरिदिनलाई तपाईं किन बिन्ती गर्नुहुन्छ? तपाईंले राज्य नै माग्नुभए पनि हुन्थ्यो, किनभने उनी मेरा दाज्यै हुन्— हो, अबियाथार पूजाहारी र सरूयाहका छोरा योआबका निम्ति पनि।”
23
तब सोलोमन राजाले परमप्रभुको नाउँमा शपथ खाएर भने, “यस बिन्तीको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मसँग कठोरभन्दा कठोर व्यवहार गरून्।
24
अब मलाई मेरा पिता दाऊदको सिंहासनमा नियुक्त गर्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खड़ा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्छु, कि आज नै अदोनियाह मारिनेछ!”
25
तब सोलोमन राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम गरे, र तिनले अदोनियाहलाई हिर्काएर मारे।
26
अबियाथार पूजाहारीलाई राजाले भने, “अनातोतमा तिम्रो आफ्नै जग्गाजमिनमा जाऊ। तिमी त मारिन योग्यका छौ, तर म अहिले तिमीलाई मार्नेछैनँ, किनभने तिमीले मेरा पिता दाऊदको सामुन्ने परमप्रभुको सन्दूक बोक्ने गर्थ्यौ, र उहाँले सहनुभएका सबै दु:खमा तिमी सहभागी भएका थियौ।”
27
यसैले सोलोमनले अबियाथारलाई परमप्रभुका पूजाहारीको कामबाट खारिज गरिदिए। यसरी नै शीलोमा एलीका घरानाको विषयमा परमप्रभुले दिनुभएको वचन पूरा भयो।
28
जब यो समाचार योआबकहाँ पुग्यो, जसले अब्शालोमसँग होइन, तर अदोनियाहसँग षड्यन्त्र रचेको थियो, तब उनी परमप्रभुको पालमा भागेर गए, र वेदीका सीङहरू समातेर बसे।
29
योआब परमप्रभुको पालमा भागेर वेदीको छेउमा बसेका छन् भन्ने कुरा जब राजा सोलोमनले सुने, तब तिनले यहोयादाका छोरा बनायाहलाई योआबलाई हिर्काएर मार्ने हुकुम दिएर पठाए।
30
यसैले बनायाह परमप्रभुको पालमा पसे र योआबलाई भने, “राजा भन्नुहुन्छ, ‘बाहिर आऊ’।” तर योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्छु।” बनायाहले राजालाई योआबको कुरा सुनाए।
31
तब राजाले बनायाहलाई हुकुम गरे, “त्यसले भनेअनुसार नै गर। त्यसलाई मारेर गाड़िदेऊ, र यसरी योआबले निर्दोष रगत बगाएको दोष म र मेरा पिताको घरानाबाट क्षमा गरिदेऊ।
32
त्यसले बगाएको रगतको सट्टा परमप्रभुले त्यसलाई नै लिनुहुनेछ, किनभने मेरा पिता दाऊदले थाहै नपाई त्यसले आफूभन्दा अझ असल र सोझा दुई जना निर्दोष मानिसहरूलाई— इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासालाई— आक्रमण गरेर तरवारले मारेका थिए।
33
तिनीहरूका रगतको दोष योआब र त्यसका सन्तानमाथि सधैँभरि रहोस्। तर दाऊद र उहाँका सन्तान, उहाँका घराना र उहाँको सिंहासनमाथि परमप्रभुबाटको शान्ति सदासर्वदा रहोस्।”
34
यसैले यहोयादाका छोरा बनायाह वेदीमा उक्लेर गए, र योआबलाई हिर्काएर मारे, र मरुभूमिमा भएको उनको जमिनमा उनलाई गाड़े।
35
राजाले यहोयादाका छोरा बनायाहलाई योआबको सट्टामा सेनापति नियुक्त गरे, र अबियाथारको सट्टामा सादोकलाई पूजाहारी नियुक्त गरे।
36
त्यसपछि राजाले शिमीलाई बोलाइपठाए, र उनलाई भने, “यरूशलेममा आफ्नो निम्ति एउटा घर बनाएर त्यहीँ नै बस।” सहर छोड़ेर अरू कुनै ठाउँमा तिमी नजानू।
37
सहर छोड़ेर किद्रोन खोल्सा पार गर्यौ भने तिमी मर्नेछौ। त्यसो गरे तिम्रो रगतको दोष तिमीमाथि नै पर्नेछ।”
38
शिमीले राजालाई जवाफ दिए, “हजूरले जे भन्नुहुन्छ, त्यो असलै छ। मेरा प्रभु महाराजाले आफ्नो सेवकलाई भन्नुभएझैँ म गर्नेछु।” अनि धेरै समयसम्म शिमी यरूशलेममा बसे।
39
तर तीन वर्षपछि उनका दुई जना दासहरू गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए।
40
जब शिमीले “तिम्रा दासहरू गातमा छन्” भनी सुने, तब उनी आफ्नो गधामा जीनकाठी कसेर आफ्ना दासहरूलाई खोज्न गातमा आकीशकहाँ गए। यसरी शिमी गएर गातबाट आफ्ना दासहरूलाई ल्याए,
41
जब सोलोमन राजालाई शिमी यरूशलेमबाट गातमा गएर फर्केका समाचार सुनाइयो,
42
तब तिनले शिमीलाई बोलाइपठाए, र भने, “के मैले तिमीलाई परमप्रभुको नाउँमा शपथ खान लगाई यसो भनेर चेताउनी दिएको थिइनँ: ‘जुन दिन अन्त कहीँ जानलाई यो ठाउँ छोड़्यौ भने तिमी निश्चय नै मर्नेछौ’? त्यस बेला तिमीले मलाई भन्यौ, ‘हजूरले जे भन्नुभयो त्यो असलै छ। म हजूरको हुकुम पालन गर्नेछु’।
43
परमप्रभुको भाकल र मैले दिएको हुकुम तिमीले किन पालन गरेनौ?”
44
तब राजाले शिमीलाई यसो पनि भने, “मेरा पिता दाऊदलाई गरेका सबै दुष्ट्याइँ तिमीलाई आफ्नो हृदयमा थाहै छ। अब परमप्रभुले त्यस दुष्ट्याइँको साटो लिनुहुन्छ।
45
तर सोलोमन राजा आशिषित हुनेछन्, र परमप्रभुको सामुन्ने दाऊदको सिंहासन सदासर्वदै सुरक्षित रहनेछ।”
46
तब राजाले यहोयादाका छोरा बनायाहलाई हुकुम दिए, र तिनी बाहिर गए, र शिमीलाई हिर्काएर मारे। यसरी अब सोलोमन राजाको राज्य सुदृढ़साथ स्थापित भयो।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22