bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 9
1 Kings 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
1
जब सोलोमनले परमप्रभुको मन्दिर र राजमहलको निर्माण गरिसिद्ध्याए, र आफ्नो मनले इच्छा गरेका सबै पूरा गरी सिद्ध्याए,
2
तब गिबोनमा तिनीकहाँ देखा पर्नुभएझैँ परमप्रभु तिनीकहाँ दोस्रो पल्ट देखा पर्नुभयो।
3
परमप्रभुले तिनलाई भन्नुभयो: “तैंले मेरो सामुन्ने चढ़ाएको प्रार्थना र अर्ज-बिन्ती मैले सुनें। तैंले निर्माण गरेको यस मन्दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्ति मैले मेरो नाउँ त्यहाँ राखेको छु। मेरो नजर र मेरो हृदय त्यहाँ सधैँभरि रहनेछ।
4
“तँचाहिँ हृदयको ईमानदारी र सोझोपनमा तेरो पिता दाऊदझैँ मेरो सामुन्ने हिँड़िस् भने, र मैले आज्ञा गरेका सबै कुरा मान्दै मेरा विधिविधानहरू पालन गरिस् भने,
5
जसरी मैले तेरो पिता दाऊदसँग प्रतिज्ञा गरेर यसो भनें, ‘इस्राएलको सिंहासनमा बस्नलाई मानिसको कहिले पनि अभाव हुनेछैन,’ तेरो राजकीय सिंहासन इस्राएलमाथि सदासर्वदा स्थापित राख्नेछु।
6
“तर तँ अथवा तेरा छोराहरूले मलाई पछ्याउन छोड़ेर मैले तिमीहरूलाई दिएका मेरा आज्ञा र विधिहरू पालन गरेनौ, र गएर अरू देवताहरूको सेवा गर्न गयौ, र तिनीहरूलाई पुज्यौ भने,
7
तब मैले तिनीहरूलाई दिएको देशबाट म इस्राएललाई बहिष्कार गर्नेछु, र मैले मेरो नाउँको निम्ति पवित्र गरेको यस मन्दिरलाई म त्याग्नेछु। तब इस्राएलचाहिँ सबै मानिसहरूका बीचमा एउटा निन्दा र गिल्लाको पात्र बनिनेछ।
8
यद्यपि यो मन्दिर अहिले प्रभावशाली छ, त्यसबाट जाने सबै मानिस अवाक् भएर गिल्ला गर्दै यसो भन्नेछन्, ‘परमप्रभुले किन यस देश र यस मन्दिरसित यस्तो काम गर्नुभयो?’
9
मानिसहरूले यस्तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई त्यागेका छन्, जसले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुभएको थियो, र तिनीहरूले अरू देवताहरूको सेवा गर्दै र यिनीहरूलाई पुज्दै आलिङ्गन गरेका छन्। यसैकारणले हो कि परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो’।”
10
यी दुई भवनहरू, परमप्रभुको मन्दिर र राजमहल निर्माण गर्न सोलोमनलाई बीस वर्ष लाग्यो।
11
सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठहरू र सुन हीरामले जुटाइदिएका थिए। यसैकारण सोलोमन राजाले हीरामलाई गालीलमा बीस वटा सहरहरू दिए।
12
तर जब सोलोमनले उनलाई दिएका ती सहरहरू हेर्न हीराम टुरोसबाट गए, तब उनलाई यी मन परेन,
13
र उनले सोधे, “हे मेरा भाइ, तपाईंले मलाई दिएका यी सहरहरू त कस्ता किसिमका रहेछन्?” अनि उनले ती सहरहरूलाई काबूल देश भन्ने नाउँ दिए। तिनीहरूको यो नाउँ अहिलेसम्म छ।
14
हीरामले राजालाई चार टन सुन पठाएका थिए।
15
सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी महल, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा मजदूरहरू लगाएको विवरण यही हो।
16
(गेजेरलाई मिश्रदेशका राजा फारोले चढ़ाइ गरेर कब्जा गरेका थिए। उनले त्यसलाई जलाएर भस्म गरे। त्यहाँका कनानी बासिन्दाहरूलाई उनले मारे, अनि त्यस सहरलाई आफ्नी छोरी सोलोमनकी पत्नीलाई विवाहको दाइजो दिए।
17
अनि सोलोमनले गेजेरलाई पुनर्निर्माण गरे।) तिनले तल्लो बेथ-होरोन,
18
बालात, र मरुभूमिमा आफ्नै देशभित्र भएको तदमोर,
19
अनि आफ्ना सबै भण्डार राख्ने सहरहरूसमेत आफ्ना रथहरू र घोड़ाहरू राख्नका निम्ति नगरहरू पनि बनाए। यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका सबै इलाकाहरूमा तिनले बनाउनलाई इच्छा गरेका सबै कामहरू पूरा गरे।
20
बाँकी रहेका सबै एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू (यी मानिसहरू इस्राएलीहरू थिएनन्।),
21
अर्थात् उनीहरूका सन्तानहरू, जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले बिलकुलै नाश गर्न सकेका थिएनन्— उनीहरूलाई नै सोलोमनले बेगार काममा लगाए, जस्तो उनीहरू आजको दिनसम्म छन्।
22
तर सोलोमनले इस्राएलीहरू कसैलाई पनि कमारा-कमारी बनाएनन्। तिनीहरूचाहिँ तिनका सिपाहीहरू, सरकारी अधिकृतहरू, अधिकृतहरू, कप्तानहरू, अनि रथ र सारथिहरूका सेनापतिहरू थिए।
23
तिनीहरू सोलोमनका कार्यहरूका मुख्य अधिकारीहरू पनि थिए। काम गर्ने मानिसहरूको रेखदेख गर्ने जम्मै पाँच सय पचास थिए।
24
फारोकी छोरीलाई दाऊदको सहरबाट सोलोमनले तिनको निम्ति बनाएको तिनको निज राजमहलमा आएपछि सोलोमनले टेवा दिने गाराहरू बनाए।
25
आफूले परमप्रभुको निम्ति बनाएको वेदीमा सोलोमनले वर्षमा तीन पल्ट परमप्रभुको सामु धूप बाल्दै होमबलि र मेलबलि चढ़ाउँथे। यसरी तिनले मन्दिरप्रति आफ्ना कर्तव्यहरू पूरा गरे।
26
राजा सोलोमनले लाल समुद्रको किनारमा भएको एदोमको एलातनेरको एस्योन-गेबेरमा जहाजहरू पनि बनाए।
27
हीरामले आफ्ना मानिसहरू— समुद्रका विषयमा जान्ने नाविकहरू— सोलोमनका मानिसहरूसित काम गर्न जहाजको बेड़ामा पठाए।
28
तिनीहरू जहाजबाट ओपीरमा गए, र त्यहाँबाट साढ़े चौध टन सुन ल्याएर सोलोमन राजालाई दिए।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22