bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 21
1 Kings 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
1
केही समयपछि यिजरेली नाबोतको एउटा दाखबारीका सम्बन्धको एउटा घटना घट्यो। त्यो दाखबारी यिजरेलमा सामरियाका राजा आहाबको महलनेर थियो।
2
आहाबले नाबोतलाई भने, “मलाई तिम्रो दाखबारी मेरो सागबारी बनाउन देऊ, किनभने त्यो मेरो राजमहलको छेउमा नै छ। त्यसको बदलीमा म तिमीलाई एउटा अर्को त्योभन्दा राम्रो दाखबारी दिनेछु, अथवा तिम्रो इच्छा भए त्यसको जति दाम लाग्छ म दिनेछु।”
3
तर नाबोतले जवाफ दिए, “परमप्रभुले यस्तो हुन नदेऊन् कि मेरो पैतृक सम्पत्ति तपाईंलाई दिऊँ।”
4
यसैले आहाब ठुस्स परी रिसाएर घर गए, किनभने यिजरेली नाबोतले भनेका थिए, “तपाईंलाई म आफ्नो पैतृक-सम्पत्ति दिनेछैनँ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुतिरहे र खान इन्कार गरे।
5
तिनकी पत्नी ईजेबेल तिनीकहाँ आएर तिनलाई सोधिन्, “तपाईं किन यसरी ठुस्किनु भएको? तपाईं किन केही खानुहुन्न?”
6
तिनले ईजेबेललाई भने, “मैले यिजरेली नाबोतलाई भने, ‘तिम्रो दाखबारी मलाई बेच, अथवा तिमीलाई मन लागे त्यसको सट्टामा अर्को दाखबारी म तिमीलाई दिनेछु’। तर त्यसले भन्यो, ‘म तपाईंलाई मेरो दाखबारी दिनेछैनँ’।”
7
तिनकी पत्नी ईजेबेलले भनिन्, “इस्राएलमाथि राजा हुने तपाईं यसरी काम गर्नुहुन्छ? उठेर खानपान गर्नुहोस्। खुशी हुनुहोस्। यिजरेली नाबोतको दाखबारी म तपाईंलाई दिनेछु।”
8
तब ईजेबेलले आहाबको नाउँमा चिट्ठीहरू लेखिन्, त्यसमा राजाको मोहोर लगाइन्, र नाबोतको सहरमा तिनीसँग बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन्।
9
यी चिट्ठीहरूमा तिनले यसो भनेर लेखिन्: “उपवासको एक दिन घोषणा गर, र नाबोतलाई मानिसहरूका बीचमा इज्जतको स्थानमा बसाओ।
10
तर दुई जना नीच मानिसलाई त्यसको विपरीत बसाएर त्यसले परमेश्वर र राजालाई सरापेको छ भनी प्रमाण गर्न लाओ। त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार।”
11
तब ईजेबेलले तिनीहरूलाई लेखेका चिट्ठीहरूमा आदेश दिएबमोजिम नाबोतको सहरमा बस्ने धर्म-गुरुहरू र भारदारहरूले गरे।
12
तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूका बीचमा इज्जतको स्थानमा बसाले।
13
तब ती दुई नीच मानिस आएर तिनको विपरीत बसे, र परमेश्वर र राजालाई तिनले सरापेका छन् भनी मानिसहरूका सामुन्ने तिनलाई खुल्लमखुल्ला अभियोग लाए। यसकारण तिनीहरूले नाबोतलाई सहरबाहिर लगेर ढुङ्गाले हानेर मारे।
14
तब तिनीहरूले ईजेबेललाई यो खबर पठाइदिए, “नाबोत ढुङ्गाले हानेर मारियो।”
15
नाबोत ढुङ्गाले हानेर मारिए भन्ने कुरा ईजेबेलले सुन्ने बित्तिकै तिनले आहाबलाई भनिन्, “उठेर यिजरेली नाबोतले तपाईंलाई बेच्न इन्कार गरेको दाखबारी दखल गर्नुहोस्। त्यो अब जीवित छैन, तर मर्यो।”
16
नाबोत मर्यो भनी जब आहाबले सुने तब तिनी उठेर नाबोतको दाखबारी दखल गर्न गए।
17
तब परमप्रभुको यो वचन तिश्बी एलियाकहाँ आयो:
18
“सामरियामा शासन गर्ने इस्राएलको राजा आहाबलाई भेट गर्न तल जा। नाबोतको दाखबारीमा अधिकार गर्न त्यो त्यहाँ गएको छ।
19
त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: के तैंले एक जना मानिसको हत्या गरेर त्यसको सम्पत्ति कब्जा गरेको छैनस् र?’ तब त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले चाट्नेछन्— हो, तेरै रगत’!”
20
आहाबले एलियालाई भने, “ए मेरो शत्रु, तैंले मलाई फेला पारिस् त?” तिनले जवाफ दिए, “हो, मैले तँलाई फेला पारें, किनभने तैंले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न आफैलाई बेचिस्।
21
‘अब म तँमाथि सर्वनाश ल्याइरहेछु। म तेरो साख-सन्तानलाई भस्म पार्नेछु र इस्राएलमा आहाबका घरानाको हरेक पुरुषलाई नाश गर्नेछु— कमारा होस्, कि फुक्का होस्।
22
तैंले मलाई रीस उठाएको र इस्राएललाई पाप गर्न लगाएको कारण म तेरो घरानालाई नबातको छोरा यारोबाम र अहियाहको छोरो बाशालाई गरेझैँ गर्नेछु।
23
“ईजेबेलको विषयमा चाहिँ परमप्रभु भन्नुहुन्छ: “यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले खानेछन्।’
24
“आहाबको घरानाका सहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई आकाशका पक्षीहरूले खानेछन्।”
25
आफ्नी पत्नी ईजेबेलले उक्साएकीले गर्दा परमप्रभुको दृष्टिमा खराब काम गर्नलाई आफूलाई बेच्ने आहाबझैँ कुनै मानिस कहिल्यै भएन।
26
झूटा देवताहरूलाई पछ्याएर इस्राएलको सामु परमप्रभुले धपाउनुभएका एमोरीहरूले जस्तै तिनले सबैभन्दा घृणित व्यवहार गरे।
27
जब आहाबले यी कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा ओढ़े, र उपवास बसे। तिनी भाङ्ग्रा लाएरै सुते, र विनम्र भएर हिँड़े।
28
तब परमप्रभुको यो वचन तिश्बी एलियाकहाँ आयो:
29
“आहाबले मेरो सामुन्ने आफूलाई दीन तुल्याएको के तैंले ध्यान दिइस्? त्यसले आफूलाई दीन तुल्याएकोले गर्दा म त्यसको समयमा यो सर्वनाश ल्याउनेछैनँ, तर त्यसको छोराको पालोमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22