bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 13
1 Kings 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
1
जसै यारोबाम वेदीको नजिक बलिदान चढ़ाउनलाई उभिरहेका थिए, तब परमेश्वरका एक जन परमप्रभुको वचन लिएर यहूदाबाट बेथेलमा आए।
2
उनले परमप्रभुको वचनद्वारा त्यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! परमप्रभु यसो भन्नुहुन्छ: ‘दाऊदको घरानामा योशियाह नाउँ भएको एक जना छोरो जन्मनेछ। त्यसले यहाँ बलिदान चढ़ाउने डाँड़ा-डाँड़ाका थानका पूजाहारीहरूलाई तँमाथि नै बलिदान चढ़ाउनेछ, र तँमाथि मानिसका हड्डी जलाइनेछन्’।”
3
त्यही दिन परमेश्वरका जनले एउटा यस्तो चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: वेदी दुई फ्याक गरी भत्कनेछ, र त्यसमाथि भएको खरानीचाहिँ बाहिर खन्याइनेछ।”
4
जब परमेश्वरका जनले बेथेलका वेदीको विरुद्धमा कराएर भनेको कुरा राजा यारोबामले सुने, तब तिनले वेदीबाट आफ्नो हात पसारेर भने, “त्यसलाई पक्र!” तर उनीतिर पसारेको यारोबामको हात झट्टै सुकिहाल्यो, र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन्।
5
परमप्रभुको वचनद्वारा परमेश्वरका जनले दिएको चिन्हअनुसार वेदी पनि दुई फ्याक गरी भत्कियो र खरानी बाहिर खन्याइयो।
6
तब राजाले परमेश्वरका जनलाई भने, “परमप्रभु तपाईंका परमेश्वरलाई मेरो हात फेरि ज्यूँका त्यूँ पारिदिन अन्तर्बिन्ती गरिदिनुहोस्।” यसैले तिनले चाहेझैँ परमेश्वरका जनले परमप्रभुलाई अन्तर्बिन्ती चढ़ाए, र राजाको हात अघिजस्तै ज्यूँका त्यूँ भयो।
7
राजाले परमेश्वरका जनलाई भने, “मसँग मेरो घरमा आउनुहोस्, र केही खानुहोस्, र म तपाईंलाई केही कोसेली टक्र्याउनेछु।”
8
तर परमेश्वरका जनले राजालाई जवाफ दिए, “तपाईंले मलाई आफ्नो आधै सम्पत्ति दिनुभए तापनि म तपाईंसित जानेछैनँ, न त यहाँ रोटी खानेछु वा पानी पिउनेछु।
9
किनभने परमप्रभुको वचनले मलाई यो आज्ञा गरेको छ, “तैंले त्यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो फर्केर नजानू।”
10
यसकारण उनी अर्कै बाटो भएर गए, र उनी बेथेलमा आएको बाटो भएर फर्केनन्।
11
त्यस बेला बेथेलमा एक जना वृद्ध अगमवक्ता थिए। तिनका छोराहरू आएर बेथेलमा त्यस दिन परमेश्वरका जनले गरेका सबै कुरा तिनलाई सुनाइदिए। उनले राजालाई भनेका कुरा पनि तिनीहरूले आफ्ना बुबालाई सुनाइदिए।
12
तिनीहरूका बुबाले तिनीहरूलाई सोधे, “उनी कुन बाटो लागे?” तिनका छोराहरूले यहूदाबाट आएका ती परमेश्वरका जन गएको बाटो तिनलाई देखाइदिए।
13
यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा जीन-लगाम कसिदेओ।” जब तिनीहरूले गधामा जीनकाठी कसिदिए, तब तिनी त्यसमा चढ़ेर
14
ती परमेश्वरका जनलाई पहिल्याउन गए। तिनले उनलाई एउटा फलाँटको रूखमुनि बसिरहेका भेट्टाए, र तिनले भने, “यहूदाबाट आएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” उनले भने, “ज्यू, म नै हुँ।”
15
यसैले ती अगमवक्ताले उनलाई भने, “मसँग आएर केही खानपान गर्नुहोस्।”
16
परमेश्वरका जनले भने, “म तपाईंसँग फर्केर जान सक्दिनँ, न त म यस ठाउँमा तपाईंसँग रोटी अथवा पानी नै खान सक्छु।
17
परमप्रभुको वचनले मलाई भनेको छ, ‘तैंले त्यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो नफर्कनू’।”
18
ती वृद्ध अगमवक्ताले जवाफ दिए, “म पनि तपाईंजस्तै एक जना अगमवक्ता हुँ। परमप्रभुको वचनद्वारा मसँग खान र पिउन तपाईंलाई मेरो घरमा ल्याउनू भनी एउटा स्वर्गदूतले मलाई भन्नुभएको हो।” (तर तिनले त उनलाई भनेको यो कुरा झूटो थियो।)
19
यसकारण परमेश्वरका ती जन फर्केर तिनीसँग गए, र तिनको घरमा खानपान गरे।
20
जब तिनीहरू टेबिलमा खानपान गर्दैथिए, तब उनलाई फर्काएर ल्याउने ती वृद्ध अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।
21
तिनले यहूदाबाट आएका ती परमेश्वरका जनलाई कराएर भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘तैंले आफ्ना परमप्रभुको वचनलाई तुच्छ ठानेको छस्, र परमप्रभु तेरा परमेश्वरले तँलाई दिनुभएको आज्ञालाई मानेको छैनस्।
22
उहाँले मनाही गर्नुभएको ठाउँमा रोटी खान र पानी पिउन तँ फर्केर आइस्। यसकारण तेरो मृत-शरीर तेरा पिता-पुर्खाहरूको चिहानमा गाड़िनेछैन’।”
23
जब ती परमेश्वरका जनले खानपान गरिसके, तब उनलाई फर्काएर ल्याएका ती अगमवक्ताले उनको निम्ति आफ्नो गधामा जीनकाठी कसिदिए।
24
जब उनी गइरहेका थिए तब एउटा सिंहले उनलाई बाटोमा भेट्टाएर मार्यो, र उनको लाश बाटैमा पड़िरह्यो। गधा र सिंहचाहिँ दुवै छेउमा उभिरहेका थिए।
25
त्यही बाटो भएर जाने कोही मानिसहरूले त्यो लाश बाटैमा फ्याँकिएको र त्यस सिंहलाई लाशकै छेउमा उभिरहेको देखे, र गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो समाचार सुनाइदिए।
26
जब उनलाई यात्राबाट फर्काएर ल्याएका ती अगमवक्ताले त्यो कुरा सुने, तब तिनले भने, “उनी त त्यही परमेश्वरका जन हुन्, जसले परमप्रभुको वचनलाई टेरेका थिएनन्। परमप्रभुले उनलाई सिंहको मुखमा पर्न दिनुभएछ, र परमप्रभुको वचनले चेताउनी दिएझैँ त्यस सिंहले उनलाई फहराएर मारेछ।”
27
ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा जीनकाठी कसिदेओ।” तब तिनीहरूले कसिदिए।
28
अनि तिनी गएर त्यस लाशलाई बाटोमै पड़िरहेको र गधा र सिंह छेउमा नै उभिरहेका भेट्टाए। त्यस सिंहले त्यस लाशलाई खाएको थिएन, र गधालाई पनि फहराएको थिएन।
29
यसैले ती अगमवक्ताले परमेश्वरका जनको लाशलाई उठाएर गधामा राखे, र उनको निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
30
तब तिनले त्यस लाशलाई आफ्नै चिहानमा गाड़े, र तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
31
उनलाई गाड़िसकेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई पनि यी परमेश्वरका मानिस गाड़िएकै चिहानमा गाड़िदिनू है। मेरा हड्डीहरू उनकै छेउमा रहून्।
32
किनकि बेथेलमा भएको वेदी र सबै सामरियाका नगरहरूका डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरूका विरुद्धमा परमेश्वरको वचनद्वारा उनले घोषणा गरेको समाचार निश्चय नै पूरा हुनेछ।”
33
त्यसपछि पनि यारोबामले आफ्ना दुष्ट चालहरू त्यागेनन्, तर डाँड़ा-डाँड़ाहरूमा भएका पूजा गर्ने थानहरूका निम्ति तिनले सबै थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई डाँड़ाका थानहरूका निम्ति तिनले नियुक्त गर्थे।
34
यारोबामको घरानाको पाप यही थियो, जसले गर्दा त्यसको पतन भयो, र पृथ्वीबाट त्यसको सर्वनाश भयो।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22