bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 5
1 Kings 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
1
सोलोमन आफ्ना पिताको सट्टामा राजा अभिषिक्त भएका छन् भनी जब टुरोसका राजा हीरामले सुने, तब उनले सोलोमनकहाँ राजदूतहरू पठाए, किनभने उनी सधैँ दाऊदसँग मित्रभावमा बसेका थिए।
2
सोलोमनले हीरामकहाँ यो खबर पठाए:
3
“तपाईंलाई थाहा छ कि मेरा पिता दाऊदको विरुद्धमा चारैतिरबाट लड़ाइँहरू भएकाले, परमप्रभुले उहाँका शत्रुहरूलाई खुट्टामुनि नपारुञ्जेल परमप्रभु उहाँका परमेश्वरका नाउँको निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन।
4
तर अब परमप्रभु मेरा परमेश्वरले मलाई चारैतिर विश्राम दिनुभएको छ, र मेरा विरोधी अथवा विपत्ति छैन।
5
यसकारण मेरा पिता दाऊदलाई परमप्रभुले भन्नुभएबमोजिम परमेश्वरका नाउँको निम्ति एउटा मन्दिर बनाउने मैले निश्चय गरेको छु। परमेश्वरले दाऊदलाई यसो भन्नुभएको थियो, “तेरो छोरो, जसलाई म तेरो सट्टामा सिंहासनमा बसाल्नेछु, त्यसैले नै मेरो नाउँको निम्ति त्यो मन्दिर बनाउनेछ।”
6
“यसकारण मेरो निम्ति लेबनानबाट देवदारुका रूख काट्ने हुकुम दिनुहोस्। मेरा मानिसहरूले तपाईंका मानिसहरूसँग मिलेर काम गर्नेछन्, र तपाईंले जे ज्याला तोक्नुहुन्छ म तपाईंका मानिसहरूलाई दिनेछु। तपाईं जान्नुहुन्छ, सीदोनीहरूजस्तै रूखहरू ढाल्ने सिपालु हाम्रा कुनै मानिस छैन।”
7
जब हीरामले सोलोमनको समाचार सुने, तब उनी अत्यन्तै खुशी भएर भने, “आज परमप्रभुको प्रशंसा होस्, किनकि उहाँले दाऊदलाई यस ठूलो प्रजामाथि शासन गर्नलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”
8
उनले सोलोमनलाई यो समाचार पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्लाका काठको विषयमा तपाईंले माग्नुभएबमोजिम म सबै जुटाइदिनेछु।
9
मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्यहाँ ती खोल्न लाउनेछु, र तपाईंले ती लैजान सक्नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्छा पूरा गरिदिनुहोस्।”
10
यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्लाका मूढ़ाहरू हीरामले पठाइदिए,
11
र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्छे हीरामलाई पठाइदिए।
12
आफूले प्रतिज्ञा गर्नुभएबमोजिम परमप्रभुले सोलोमनलाई बुद्धि दिनुभयो। हीराम र सोलोमनका बीचमा शान्तिको सम्बन्ध थियो, र ती दुवैले सन्धि बाँधे।
13
सोलोमन राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्मा गरे।
14
तिनले तिनीहरूलाई प्रत्येक महिना दश-दश हजार गरी पालैपालो लेबनानमा पठाउँथे, र यसरी मानिसहरू एक महिना लेबनानमा र दुई महिना घरमा बस्थे। बेगार काम गर्नेहरूलाई खटाउने जिम्मावाल अदोनीराम थिए।
15
सोलोमनका सत्तरी हजार भरियाहरू र पहाड़मा असी हजार ढुङ्गा काट्ने मानिसहरू थिए।
16
मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए।
17
राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्दिरको निम्ति काटेका ढुङ्गाको जग बसाल्नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले।
18
सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्दिर बनाउनका निम्ति काठ र ढुङ्गाहरू काटेर तयार गरे।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22