bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 18
1 Kings 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
1
धेरै समयपछि तेस्रो वर्षमा परमप्रभुको यो वचन एलियाकहाँ आयो: “गएर आहाबकहाँ तँ आफै उपस्थित हो, र म देशमा वृष्टि पठाउनेछु।”
2
यसैले एलिया आहाबकहाँ आफै उपस्थित हुनलाई गए। त्यस बेला सामरियामा घोर अनिकाल परेको थियो,
3
र आहाबले आफ्नो राजमहलका जिम्मावाल ओबदियालाई बोलाइपठाए। (ओबदिया परमप्रभुका एक भक्त विश्वासी थिए।
4
जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई हत्या गरिरहेकी थिइन्, तब ओबदियाले एक सय जनालाई लिएर तिनीहरूलाई अन्नपानी दिएर पचास-पचास गरी दुई ओड़ारमा लुकाइराखेका थिए।)
5
आहाबले ओबदियालाई भनेका थिए, “देशका चारैतिर सबै खोलानाला र बेँसीहरूतिर जाऊ। शायद हामीले घोड़ाहरू र खच्चरहरूलाई जीवित राख्न केही घाँस पाउन सक्छौं होला, र हामीले हाम्रा पशुहरूलाई मार्नुपर्नेछैन।”
6
यसैले तिनीहरू निरीक्षण गर्नलाई आपसमा देश बाँड़े, र आहाब एकलै एकातिर र ओबदिया अर्कोतिर लागे।
7
जब ओबदिया बाटोमा हिँड़िरहेका थिए, तब एलियाले उनलाई भेटे। ओबदियाले तिनलाई चिनेर भूइँसम्मै घोप्टो परेर भने, “हे मेरा प्रभु, के तपाईं साँच्चै एलिया नै हुनुहुन्छ कि?”
8
तिनले जवाफ दिए, “म नै हुँ। ‘एलिया यहाँ छ’ भनी गएर तिम्रा मालिकलाई भन।”
9
ओबदियाले सोधे, “मैले के गल्ती गरें” र “तपाईं आफ्नो दासलाई मार्न भनी आहाबको हातमा सुम्पँदैहुनुहुन्छ?
10
जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु, कि मेरा मालिकले तपाईंलाई खोज्न भनी कसैलाई नपठाउनुभएको कुनै जाति अथवा राज्य बाँकी छैन। अनि जब कुनै जाति वा राज्यले तपाईं त्यहाँ हुनुहुन्न भनी दाबी गरे, तब तिनले ‘हामी त्यसलाई पाउन सकेनौं’ भनी उनीहरूलाई शपथ खान लाए।
11
तर अब तपाईं मलाई भन्नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई एलिया यहाँ रहेछ भनी भन’।
12
मैले तपाईंलाई छोड्ने बित्तिकै परमप्रभुका आत्माले तपाईंलाई कहाँ लगिहाल्नुहोला? यदि मैले गएर आहाबलाई भनें र तिनले तपाईंलाई भेट्टाएनन् भने, मलाई नै मार्नेछन्। तापनि म तपाईंको दासले त मेरो बाल्यावस्थादेखि नै परमप्रभुको आराधना गर्दैआएको छु।
13
हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्नपानी जुटाइदिएँ।
14
अनि अब तपाईं मलाई भन्नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई एलिया यहाँ रहेछ भनी भन’। तिनले त मलाई मारिहाल्नेछन्।
15
एलियाले भने, “सर्वशक्तिमान् परमप्रभु जसको सेवा म गर्दछु, उहाँको जीवनमा शपथ खाएर म भन्दछु, म आज निश्चय नै आहाबकहाँ स्वयम् उपस्थित हुनेछु।”
16
तब ओबदिया आहाबलाई भेट्न गए, र तिनलाई भनिदिए, र आहाब एलियालाई भेट गर्न गए।
17
जब आहाबले एलियालाई देखे, तब तिनले एलियालाई भने, “इस्राएललाई कष्ट दिने तिमी नै हौ?”
18
एलियाले जवाफ दिए, “इस्राएललाई कष्ट मैले दिएको होइनँ, तर तपाईं र तपाईंका पिताका परिवारले पो हो। तपाईं परमप्रभुका आज्ञा त्यागी बाल देवताहरूको पछि लाग्नुभएको छ।
19
अब तपाईंले मलाई कर्मेल डाँड़ामा भेट गर्न इस्राएलबाट सारा मानिसहरूलाई बोलाउनुहोस्। अनि बालका ती चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्ता, जसले ईजेबेलको टेबिलमा बसेर खाने गर्दछन्, ती पनि ल्याएर आउनुहोस्।”
20
यसैले आहाबले समस्त इस्राएलीहरूमा समाचार पठाए, र सबै अगमवक्ताहरूलाई कर्मेल डाँड़ामा भेला गराए।
21
एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा बसिरहन्छौ? यदि परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्वर हो भने त्यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्।
22
तब एलियाले तिनीहरूलाई भने, “परमप्रभुका अगमवक्ताहरूमा त केवल म मात्र बाँकी रहेको छु, तर बालका त चार सय पचास अगमवक्ताहरू छन्।
23
अब हाम्रा निम्ति दुई वटा साँढ़े ल्याओ। उनीहरूले आफ्ना निम्ति एउटा छानेर टुक्रा-टुक्रा गरी काटेर आगो नलगाईकन दाउरामाथि राखून्। अनि मचाहिँ त्यो अर्कोलाई तयार गरेर आगो नलाईकन दाउरामाथि राख्नेछु।
24
तब तिमीहरू आफ्नो देवता पुकार, र म परमप्रभुको नाउँ पुकार्नेछु। त्यो देवता जसले आगोद्वारा जवाफ दिनुहुन्छ, त्यही नै परमेश्वर हुनुहुन्छ।” तब सबै मानिसहरूले भने, “तपाईंले भन्नुभएको कुरा असल हो।”
25
एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढ़े छान, र त्यसलाई पहिले तयार गर, किनभने तिमीहरू यति धेरै छौ। आफ्नो देवताको नाउँ पुकार, तर आगोचाहिँ नलगाओ।”
26
यसैले आफूहरूलाई दिएको साँढ़े उनीहरूले लिएर तयार गरे। तब बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्यान्हसम्म यसो भनेर पुकारे, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही प्रत्युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे।
27
मध्यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्चय नै त्यो त देवता हो! शायद ऊ घोर ध्यानमा मग्न होला, अथवा काममा व्यस्त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”
28
यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्तूरअनुसार तरवार र भालाले रगत नबगुञ्जेल आफैलाई चोट पारे।
29
मध्यदिन बित्यो, र साँझको बलिदान चढ़ाउने बेलासम्म उनीहरूले बरबराउँदै अगमवाणी कहँदैरहे। तर कुनै प्रत्युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्यान नै दिए।
30
तब एलियाले सबै मानिसहरूलाई भने, “यहाँ मकहाँ आओ।” तिनीहरू तिनीकहाँ आए। त्यसपछि परमप्रभुको भत्केको वेदीलाई तिनले मरम्मत गरे।
31
एलियाले बाह्र वटा ढुङ्गा लिए, प्रत्येक ढुङ्गा याकूबबाट आएको एक-एक कुलको निम्ति, जसकहाँ परमप्रभुको यसो भन्ने वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुनेछ।”
32
ती ढुङ्गाहरू लिएर तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए। तिनले त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बीउ जाने ठूलो खाड़ल खने।
33
तिनले दाउरा मिलाए र त्यस साँढ़ेलाई टुक्रा-टुक्रा काटेर दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ।”
34
तिनले भने, “फेरि त्यसै गर।” अनि तिनीहरूले फेरि त्यसै गरे। तिनले हुकुम गरे, “तेस्रो खेप पनि त्यसै गर।” तिनीहरूले तेस्रो खेप त्यसै गरे।
35
पानी वेदीका चारैतिर पोखिएर खाड़ल पनि भरियो।
36
बलिदानको बेलामा एलिया अगमवक्ताले अगि बढ़ेर प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस्।
37
मलाई जवाफ दिनुहोस्, हे परमप्रभु, जवाफ दिनुहोस्, र यी मानिसहरूले जानून्, कि तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र तपाईंले नै तिनीहरूका मन फर्काउँदैहुनुहुन्छ।”
38
तब परमप्रभुको आगो बर्स्यो र आगोले बलिदान, दाउरा, ढुङ्गाहरू र माटो भस्म पार्यो, र खाड़लको पानी पनि सुकाइदियो।
39
जब सबै मानिसहरूले यो देखे, तब तिनीहरू भूइँमा घोप्टो परी कराएर भने, “परमप्रभु उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ! परमप्रभु, उहाँ नै परमेश्वर हुनुहुँदोरहेछ!”
40
तब एलियाले तिनीहरूलाई हुकुम गरे, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि उम्कन नपाओस्।” तिनीहरूले उनीहरूलाई पक्रे, र एलियाले उनीहरूलाई तल कीशोन खोलामा ल्याउन लगाएर उनीहरूलाई मारे।
41
अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।”
42
तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो टाउको घुँड़ाहरूका बीचमा राखे।
43
तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने।
44
सातौँ पल्टमा चाकरले भन्यो, “मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ।” तब एलियाले त्यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्नेछ’।”
45
यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्यो र ठूलो पानी पर्न लाग्यो, र आहाब आफ्नो रथमा चढ़ेर यिजरेलमा गए।
46
परमप्रभुको शक्ति एलियामाथि पर्यो, र आफ्नो खास्टो पटुकामा लपेटेर तिनी यिजरेलसम्मै आहाबको अगिअगि बाटोमा कुदे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22