bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 6
1 Kings 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
1
इस्राएलीहरू मिश्रदेशबाट निस्केर आएका चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलीमाथि राज्य गरेका चौथो वर्षको जीभ, अर्थात् दोस्रो महिनामा तिनले परमप्रभुको मन्दिर बनाउन सुरु गरे।
2
परमप्रभुको निम्ति सोलोमन राजाले बनाएको मन्दिरको लमाइ साठी हात, चौड़ाइ बीस हात र उचाइ तीस हात थियो।
3
मन्दिरको मुख्य सभाकक्षको सामुको दलान मन्दिरको चौड़ाइभरि फैलिएको थियो, अर्थात् बीस हात चौड़ा थियो। मन्दिरको अघिल्तिर त्यो दश हातसम्म निस्केको थियो।
4
तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए।
5
मुख्य सभाकक्ष र भित्री पवित्रस्थानको विपरीत तिनको भवनका चारैपट्टि भित्तासँगै गाँसेका कोठाहरू बनाए।
6
सबैभन्दा मुनिका तलाको चौड़ाइ पाँच हात थियो। बीचका तलाको चौड़ाइ छ हात र तेस्रो तलाको चाहिँ सात हात थियो। तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू बनाए।
7
मन्दिर बनाउँदा ढुङ्गाको खानिमै तयार गरिएका टुक्राहरू मात्र प्रयोग गरिए। घन वा छिनु वा कुनै किसिमका फलामका औजारको आवाज पनि मन्दिर निर्माण गर्ने ठाउँमा सुनिएन।
8
सबैभन्दा तल्लो तलाको द्वार मन्दिरको दक्षिणपट्टि थियो। त्यहाँबाट बीचको र माथिल्लो तलामा जानलाई सिँढ़ी थियो।
9
यसरी दलिन र देवदारुका फल्याकहरूबाट त्यसको छाना बनाएर तिनले मन्दिर सिद्ध्याए।
10
तिनले मन्दिरका चारैतिर ससाना कोठाहरू बनाए। प्रत्येक कोठा पाँच हात अग्लो थियो, र मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोड़िएका थिए।
11
तब परमप्रभुको यो वचन सोलोमनकहाँ आयो:
12
“तैंले बनाइरहेको यस मन्दिरको विषयमा चाहिँ यसो हुन्छ, यदि तैंले मेरा उर्दीहरू पालन गरिस् र मेरा विधिहरूबमोजिम गरिस् भने, र मेरा सबै आज्ञाहरू पालन गरिस् भने, मेरो त्यो प्रतिज्ञा तँद्वारा म पूरा गर्नेछु, जो मैले तेरो पिता दाऊदसँग गरेको थिएँ।
13
र म इस्राएलको बीचमा रहनेछु, र मेरो प्रजा इस्राएललाई म त्याग्नेछैनँ।”
14
यसरी सोलोमनले परमप्रभुको मन्दिर बनाएर सिद्ध्याए।
15
तिनले मन्दिरको भूइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ता देवदारुका फलेकहरूले मिलाएर भरिदिए।
16
मन्दिरभित्र पछाड़िपट्टि तिनले भूइँदेखि दलिनसम्म देवदारुका फलेकहरू मिलाएर बीस हात लामो भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थान बनाए।
17
त्यसको अगिल्तिरको मुख्य सभाकक्ष चालीस हात लामो थियो।
18
मन्दिरका भित्रपट्टिको देवदारुको काठमा चाहिँ फक्रेका फूल र लौकाका बुट्टा कुँदिएका थिए। ती सबै देवदारुका थिए। ढुङ्गा एउटै पनि देखिँदैनथ्यो।
19
मन्दिरको भित्रपट्टि परमप्रभुका करारको सन्दूक राख्नलाई तिनले त्यो भित्री पवित्रस्थान तयार पारे।
20
यो भित्री पवित्रस्थान बीस हात लामो, बीस हात चौड़ा र बीस हात अल्गो थियो। तिनले त्यसलाई कञ्चन सुनले मोहोरे र देवदारुको वेदी पनि मोहोरे।
21
सोलोमनले मन्दिरको भित्री भाग कञ्चन सुनले ढाके, र सुनले मोहोरिएको भित्री पवित्रस्थानको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याएर बढ़ाए।
22
यसरी तिनले भित्री भाग जम्मै सुनले मोहोरे। भित्री पवित्रस्थानमा भएको वेदी पनि तिनले सुनले मोहोरे।
23
भित्री पवित्रस्थानमा तिनले भद्राक्षको काठबाट दुई वटा करूब बनाए। प्रत्येक करूब दश हात अल्गो थियो।
24
पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो र अर्को पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दश हात थियो।
25
दोस्रो करूबको नाप पनि दश हात थियो, किनकि ती दुई करूबहरू कद र आकारमा एकै थिए।
26
प्रत्येक करूबको उचाइ दश हात थियो।
27
तिनले ती करूबहरूलाई मन्दिरको भित्री कोठामा राखे। तिनीहरूका पखेटाचाहिँ बाहिरतिर फैलिएका थिए। एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्थे, र तिनीहरूका अर्का पखेटाहरूचाहिँ कोठाको बीचमा छुन्थे।
28
तिनले ती करूबहरूलाई सुनले मोहोरे।
29
मन्दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्ताहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए।
30
तिनले मन्दिरका भित्री र बाहिरी दुवै कोठाहरूका भूइँ पनि सुनले मोहोरे।
31
भित्री पवित्रस्थानको द्वारको निम्ति तिनले पाँच पट्टिका थाम भएका भद्राक्षको काठका ढोकाहरू बनाए।
32
अनि ढोकाहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र करूबहरू र खजूरका बोटहरूचाहिँ पिटेका सुनले मोहोरे।
33
त्यस्तै गरी तिनले मन्दिरको मुख्य सभाकक्षका द्वारको निम्ति भद्राक्षको काठका चार पट्टिका थामहरू बनाए।
34
तिनले खोपिल्टामा घुम्ने दुई खापा भएका सल्लाका दुई वटा ढोका बनाए।
35
तिनले तिनमा करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र ती बुट्टा सुनले बराबर मोहोरे।
36
अनि तिनले भित्री चोक काटेका ढुङ्गाका तीन लहर गरी र देवदारुका काठका सत्तरीको एक लहर गरी बनाए।
37
चौथो वर्षका जीभ महिनामा परमप्रभुका मन्दिरको जग बसालियो।
38
एघारौँ वर्षको बूल महिना, अर्थात् आठौँ महिनामा त्यसको निर्देशअनुसार सबै विवरणबमोजिम मन्दिर बनाइसिद्ध्याइयो। त्यो निर्माण गर्न तिनलाई सात वर्ष लाग्यो।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22