bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 4
1 Kings 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
1
यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्य गरे।
2
तिनका मुख्य-मुख्य अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह— पूजाहारी,
3
शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,
4
यहोयादाका छोरा बनायाह— मुख्य सेनापति, सादोक र अबियाथार— पूजाहारीहरू,
5
नातानका छोरा अजर्याह— जिल्ला-जिल्लाका अधिकृतहरूमाथिका जिम्मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्यक्तिगत सल्लाहकार,
6
अहीशार— राजमहलका जिम्मावाल, अब्दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्मावाल।
7
सारा इस्राएलमाथि सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापालहरू थिए, जसले राजा तथा राजघरानालाई खानेकुरा जुटाउँथे। प्रत्येकले वर्षमा एक-एक महिनाको खानेकुरा जुटाउनुपर्थ्यो।
8
तिनीहरूका नाउँ यी नै हुन्: एफ्राइमका पहाड़ी देशमा— बेन-हूर।
9
माकाज, शाल्बीम, बेथ-शेमेश र एलोन-बेथहानानमा— बेन-देकेर,
10
अरूब्बोतमा— बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरको सबै देश थिए।),
11
डोरको लेकमा— बेन-अबीनादाब, (सोलोमनकी छोरी ताफातलाई तिनले विवाह गरेका थिए),
12
तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा— अहीलूदका छोरा बाना,
13
रामोत-गिलादमा— बेन-गेबेर (जसको जिम्मामा गिलादमा भएका मनश्शेका छोरा याईरका बस्तीहरू र बाशानमा भएको अर्गोबको जिल्ला अनि मूल ढोकामा काँसाका बार भएका पर्खालले घेरेका साठी वटा ठूला-ठूला सहरहरू पनि थिए),
14
महनोममा— इद्दोका छोरा अहीनादाब।
15
नप्तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए),
16
आशेर र आलोतमा— हूशैका छोरा बाना,
17
इस्साखारमा— पारूहका छोरा यहोशापात,
18
बेन्यामीनमा— एलाका छोरा शिमी,
19
गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्यस जिल्लाका एक जना मात्र जिल्लापाल थिए।
20
यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र सुखसित रहन्थे।
21
यूफ्रेटिस नदीदेखि पलिश्तीहरूको देश र मिश्रको सिमानासम्मैका सबै राज्यहरूमाथि सोलोमनले शासन गर्थे। ती देशहरूले तिनलाई कर तिर्थे र तिनको सारा जीवनकालभरि नै उनीहरू तिनका प्रजा भएर बसे।
22
सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्न,
23
गोठमा पालेका दश वटा गाई-गोरुहरू, खर्कमा पालेका बीस वटा गाई-गोरुहरू, एक सय भेड़ा र बाख्रा, अनि मृग, हरिण, बराँठ र कुखुराहरू थिए।
24
किनकि तिनले यूफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश, अर्थात् तिफसादेखि गाजासम्म राज्य गर्थे।
25
सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्मै यहूदा र इस्राएल शान्तिसित रहन्थे, हरेक मानिस आ-आफ्नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्थ्यो।
26
सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।
27
जिल्ला-जिल्लाका अधिकृतहरूले हरेक महिना पालैपालो सोलोमन र तिनका टेबिलमा बसेर खानेहरू सबैका निम्ति खानेकुरा जुटाउँथे। यसरी ल्याउँदा केही कुराको घटी नहोस् भनी तिनीहरूले हेर-विचार गर्थे।
28
रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्ति पनि तिनीहरूले तोकिएका आ-आफ्ना जौ र परालका हिस्सा ल्याउँथे।
29
परमेश्वरले सोलोमनलाई बुद्धि र अति अन्तर्दृष्टि र समुद्रको बालुवाजत्तिकै अनगिन्ती समझशक्ति दिनुभयो।
30
सोलोमनको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्रदेशका सबै मानिसहरूको बुद्धिभन्दा ज्यादै बढ़ी थियो।
31
तिनी अरू सबै मानिसहरूभन्दा बुद्धिमान् थिए— एज्री एतान, अनि माहोलका छोराहरू हेमान, कलकोल र दर्दाभन्दा पनि तिनी बढ़ी बुद्धिमान् थिए। अनि तिनको ख्याति वरिपरिका सबै जाति-जातिहरूका बीचमा फैलियो।
32
तिनले तीन हजार हितोपदेश रचे, र तिनका गीतहरूको संख्या एक हजार पाँच वटा थियो।
33
तिनले रूखहरूका जीवनको विषयमा, लेबनानका देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका वर्णन गरे। तिनले पशुहरू, पक्षीहरू, घस्रने जन्तुहरू र माछाहरूका विषयमा पनि सिकाए।
34
सोलोमनका बुद्धिको बारे थाहा पाएका संसारका सबै राजाहरूबाट पठाइएका सबै जातिका मानिसहरू तिनको बुद्धि सुन्न तिनीकहाँ आउँथे।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22