bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 11
1 Kings 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
1
तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्त्रीहरू, मोआबी, अम्मोनी, एदोमी, सीदोनी र हित्ती स्त्रीहरूसित प्रेम गरे।
2
तिनीहरू ती जाति-जातिहरूका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीहरूले तिनीहरूसित पारस्परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरूले निश्चय नै तिमीहरूका हृदय तिनीहरूकै देवताहरूतिर बहकाउनेछन्।” तर पनि सोलोमन तिनीहरूप्रति प्रेममा ज्यादै मोहित भए।
3
तिनका सात सय राजकुमारी पत्नी र तीन सय उपपत्नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए।
4
सोलोमन वृद्ध हुँदा तिनका पत्नीहरूले तिनको मन अरू देवताहरूतर्फ फर्काइदिए, र तिनका आफ्ना पिता दाऊदझैँ सम्पूर्ण रूपले परमप्रभु आफ्ना परमेश्वरका भक्त भएनन्।
5
तिनी सीदोनीहरूकी अश्तोरेत देवी र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे।
6
यसरी सोलोमनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र आफ्ना पिता दाऊदले गरेझैँ तिनी परमप्रभुको पछि पूरा रूपमा लागेनन्।
7
सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको निम्ति यरूशलेमका पूर्वपट्टिको एउटा डाँड़ामा पूजा गर्ने अल्गो थान बनाए।
8
यसरी नै तिनले आफ्ना विदेशी पत्नीहरूका निम्ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आ-आफ्ना देवताहरूलाई होमबलि चढ़ाउँथे र धूप बाल्थे।
9
परमप्रभु सोलोमनसँग रिसाउनुभयो, किनभने तिनीकहाँ दुई पल्ट देखा पर्नुहुने परमप्रभु इस्राएलका परमेश्वरदेखि तिनको हृदय तर्केर गएको थियो।
10
यद्यपि उहाँले सोलोमनलाई अरू देवताहरूका पछि लाग्नदेखि मनाही गर्नुभएको थियो, तथापि सोलोमनले परमप्रभुको आज्ञापालन गरेनन्।
11
यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तेरो मन यस्तै भएको हुनाले र मेरो करार र मेरा विधिहरू, जो मैले तँलाई आज्ञा गरेको थिए, ती पालन नगरेको कारण म निश्चय नै यो राज्य तँबाट खोसेर तल्लो दर्जाको एक जनालाई दिनेछु।
12
तापनि तेरो पिता दाऊदको खातिर यो तेरै जीवनकालमा चाहिँ म गर्नेछैनँ। म यो राज्य तेरो छोराको हातबाट खोस्नेछु।
13
तापनि त्यसबाट सबै राज्य त खोसिनेछैन, तर मेरो दास दाऊदको र मैले छानेको सहर यरूशलेमको खातिर म एउटा कुल त्यसलाई दिनेछु।”
14
तब परमप्रभुले एउटा विरोधी, एदोमको राजकीय घरानाका एदोमी हददलाई सोलोमनको विरुद्धमा खड़ा गर्नुभयो।
15
सुरुमा दाऊदले एदोमीहरूसित लड़ाइँ गरिरहेको बेलामा तिनका सेनापति योआबले त्यहाँ मारिएकाहरूलाई गाड्न जाँदा त्यस देशका सबै पुरुषहरूलाई नाश गरेका थिए।
16
एदोमका सबै पुरुषहरूलाई सर्वनाश गरी नसकुञ्जेल योआब र सबै इस्राएलीहरू त्यहाँ छ महिनासम्म बसे।
17
तर हदद त्यस बेला सानै केटा थिए, र आफ्ना पिताको सेवा गर्ने कुनै-कुनै एदोमी अधिकारीहरूका साथ मिश्रदेशमा भागे।
18
उनीहरू मिद्यानबाट निस्केर पारानमा गए। पारानबाट केही मानिसहरू साथमा लिएर उनीहरू मिश्रदेशका राजा फारोकहाँ आए। उनले हददलाई एउटा घर र जग्गाजमिन अनि खाने-पिउने बन्दोबस्त जुटाइदिए।
19
हददसित फारो यति प्रसन्न भए कि उनले आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीलाई हददसँग विवाह गरिदिए।
20
तहपेनसकी बहिनीले हददबाट गनूबत नामक छोरो जन्माइन्, जसलाई तहपेनसले फारोको राजमहलमा हुर्काइन्। गनूबत त्यहाँ फारोका आफ्नै नानीहरूसँगै बढ़्यो।
21
मिश्रदेशमा छँदा हददले दाऊद आफ्ना पित्रहरूसँग सुतिसकेका र तिनका सेनापति योआब पनि मरेका खबर सुने। तब हददले फारोलाई भने, “मलाई आफ्नो देशमा फर्कने अनुमति दिनुहोस्।”
22
फारोले सोधे, “मेरो देशमा तिमीलाई केको अभाव भयो र तिमी आफ्नो देशमा फर्किजान चाहन्छौ?” हददले जवाफ दिए, “केही कुराको अभाव त छैन, तर बिन्ती छ, मलाई जान दिनुहोस्!”
23
अनि परमेश्वरले सोलोमनको विरुद्धमा अर्को एक जना विरोधी खड़ा गर्नुभयो, अर्थात् एल्यादाका छोरा रेसोन, जो आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेर गएका थिए।
24
जब दाऊदले सोबाको दललाई नष्ट गरे, तब उनले आफूतर्फ मानिसहरू भेला गरे, र उनी विद्रोहीहरूको दलका अगुवा भए। यी विद्रोहीहरू दमस्कसमा गए, जहाँ उनीहरू बसोबास गरे र त्यसलाई आफ्नो वशमा पारे।
25
सोलोमन बाँचुञ्जेल रेसोन इस्राएलका विरोधी भइरहे, र हददले गरेको हानिमा उनले हानि थपिदिए। अनि रेसोनले अराममा राज्य गरे, र उनले इस्राएलको विरोध गरिरहे।
26
नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए। तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एक एफ्राइमी थिए। तिनकी विधवा आमा सेरूआ थिइन्।
27
तिनी राजाको विरुद्धमा कसरी बागी भए त्यसको विवरण यहाँ दिइन्छ। सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरका पर्खालको चिरो बन्द गरिदिएका थिए।
28
यारोबामचाहिँ एक होनहार मानिस थिए, र ती जवान मानिसको परिश्रम देखेर सोलोमनले तिनलाई योसेफका घरानाको सारा बेगार काम गर्नेहरूका नाइके खटाइदिए।
29
त्यसै बेला यारोबाम यरूशलेमबाट बाहिर गइरहेका थिए, र बेलामा शीलोका अगमवक्ता अहियाहले तिनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढ़ेका थिए। बाटोमा तिनी दुई मात्र थिए।
30
आफूले ओढ़ेको नयाँ खास्टो फुकालेर अहियाहले त्यो च्यातेर बाह्र टुक्रा पारे।
31
तब उनले यारोबामलाई भने, “यसबाट दश टुक्रा तिम्रो निम्ति लेऊ, किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘हेर, म सोलोमनको हातबाट राज्य खोस्नेछु, र तँलाई दश कुल दिनेछु।
32
तर मेरो दास दाऊदको खातिर र इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर एउटा कुलचाहिँ त्यसको हुनेछ।
33
म यो गर्नेछु, किनभने तिनीहरूले मलाई त्यागेका छन्, र सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको देवता कमोश र अम्मोनीहरूको देवता मोलोखलाई पुजेका छन्, र मेरा मार्गमा तिनीहरू हिँड़ेका छैनन् न त मेरो दृष्टिमा जे ठीक छ त्यो गरेका छन्, न सोलोमनको पिता दाऊदले गरेझैँ मेरा धार्मिक विधिविधानहरू मानेका छन्।
34
“‘तर सोलोमनको हातबाट म जम्मै राज्य त लिनेछैनँ। मेरा आज्ञाहरू र धार्मिक-विधानहरू पालन गर्ने मैले चुनेको दास दाऊदको खातिर सोलोमन बाँचुञ्जेल त्यसलाई शासक बनाएको छु।
35
त्यसको छोराको हातबाट लिएर दश कुलको राज्यचाहिँ तँलाई दिनेछु।
36
मेरो नाउँ राख्नलाई चुनेको सहर यरूशलेममा मेरो सामुन्ने मेरो दास दाऊदको एउटा बत्ती बलिरहोस् भनेर एउटा कुलचाहिँ म त्यसको छोरालाई दिनेछु।
37
तैपनि तँलाई चाहिँ म लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैंले शासन गर्नेछस्। तँ इस्राएलको राजा हुनेछस्।
38
यदि मेरो दास दाऊदले गरेझैँ तैंले मेरा सबै आज्ञाहरू गरिस् र मेरा मार्गमा हिँड़िस् र मेरा धार्मिक-विधान र आज्ञाहरू पालन गरेर मेरो दृष्टिमा जे ठीक छ त्यो गरिस् भने, म तँसित हुनेछु। दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थायी बनाउनेछु, र इस्राएलचाहिँ म तँलाई दिनेछु।
39
यसैको कारण म दाऊदका सन्तानहरूलाई विनम्र तुल्याउनेछु, तर सधैँसम्म त होइन’।”
40
त्यसपछि सोलोमनले यारोबामलाई मार्न कोशिश गरे, तर यारोबाम मिश्रदेशमा शीशक राजाकहाँ भागेर गए र सोलोमनको मृत्यु नहोउञ्जेल त्यहीँ नै रहे।
41
सोलोमनको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू र तिनले प्रदर्शन गरेका सबै बुद्धि के ती कुरा सोलोमनका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
42
सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे।
43
त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा रहबाम राजा भए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22