bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 15
1 Kings 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
1
नबातका छोरा यारोबामका शासनकालको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए,
2
र तिनले यरूशलेममा तीन वर्ष राज्य गरे। तिनकी आमाको नाउँ माका थियो। तिनी अबीशालोमकी छोरी थिइन्।
3
तिनले पनि तिनीअघिका तिनका पिताले गरेका सबै पाप गरे। तिनको हृदय आफ्ना पिता-पुर्खा दाऊदको हृदयझैँ परमप्रभु आफ्ना परमेश्वरप्रति सम्पूर्ण रूपले भक्त भएन।
4
तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो।
5
किनकि हित्ती उरियाहको विषयमा बाहेक अरू कुरामा दाऊदले परमप्रभुको दृष्टिमा जे कुरा ठीक थियो त्यही गरेका थिए, र आफ्नो जीवन पर्यन्त उहाँको कुनै पनि आज्ञा उल्लङ्घन गरेका थिएनन्।
6
अबियाको जीवनकालभरि नै रहबाम र यारोबामका बीचमा युद्ध भइरह्यो।
7
अबियाको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? अबिया र यारोबामका बीचमा युद्ध भइरह्यो।
8
अनि अबिया आफ्ना पित्रहरूसित सुते, र तिनी दाऊदको सहरमा गाड़िए। अनि तिनका छोरा आसा तिनीपछि राजा भए।
9
इस्राएलका राजा यारोबामको बीसौँ वर्षमा आसा यहूदाका राजा भए,
10
र तिनले यरूशलेममा एकचालीस वर्ष राज्य गरे। तिनकी हजूरआमा अबीशालोमकी छोरी माका थिइन्।
11
आसाले आफ्ना पुर्खा दाऊदले गरेझैँ जे कुरा परमप्रभुको दृष्टिमा असल थियो त्यही गरे।
12
तिनले देवता-थानमा बस्ने पुरुष वेश्याहरूलाई देशबाट निकालिदिए, र तिनले आफ्ना पिता-पुर्खाहरूले बनाएका सबै मूर्तिहरूलाई हटाइदिए।
13
तिनले आफ्नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यो काटेर ढालिदिए, र किद्रोन खोल्सामा त्यो जलाइदिए।
14
तिनले डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरू नहटाए तापनि आसाको हृदय आफ्नो सारा जीवनभरि नै परमप्रभुमा सम्पूर्ण रूपले सुम्पेका थिए।
15
तिनले परमप्रभुको मन्दिरमा आफू र आफ्ना पिताले समर्पण गरेका सुन र चाँदी र सामानहरू ल्याए।
16
तिनीहरूका राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो।
17
इस्राएलका राजा बाशाले यहूदाको विरुद्धमा गएर आक्रमण गरे, र कसैलाई यहूदाका राजा आसाको इलाकाबाट छोड्न र भित्र पस्न नदिनलाई रामामा किल्ला बनाए।
18
तब आसाले परमप्रभुको मन्दिर र आफ्नै राजमहलका भण्डारहरूमा छोड़िएका सबै सुन र चाँदी लिए। तिनले आफ्ना अधिकारीहरूका हातमा सुम्पेर तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाए, जसले दमस्कसमा राज्य गर्दथे।
19
“मेरा पिता र तपाईंका पिताका बीचमा सन्धि भएझैँ म र तपाईंका बीचमा सन्धि होस्। हेर्नुहोस्, म सुन र चाँदीको यो कोसेली पठाउँदैछु। अब इस्राएलका राजा बाशासितका तपाईंको सन्धि तोड्नुहोस्, र तिनी मबाट फर्केर जाऊन्।”
20
आसासित बेन-हदद सहमत भए, र उनले आफ्ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीसमेत सबै किन्नरेत विजय गरे।
21
जब बाशाले यो कुरा सुने, तब तिनले रामालाई निर्माण गर्न छोड़िदिए, र तिर्सामा फर्केर गए।
22
तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्यामीनको गेबा र मिस्पालाई पनि निर्माण गरे।
23
आसाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्धिहरू, र तिनले गरेका सबै कार्यहरू र निर्माण गरेका सहरहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तापनि तिनको वृद्धावस्थामा बिरामीले गर्दा तिनका खुट्टा कूँजा भए।
24
तब आसा आफ्ना पित्रहरूसित सुते, र तिनका पुर्खा दाऊदको सहरमा तिनीहरूसँग तिनी गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोशापात राजा भए।
25
यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाब इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष राज्य गरे।
26
तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र इस्राएललाई तिनका पिताले गर्न लाएका पापमा चलेर तिनकै चालमा तिनी हिँड़े।
27
इस्साखारको घरानाका अहियाहका छोरा बाशाले तिनको विरुद्धमा षड्यन्त्र रचे, र नादाब र सबै इस्राएलले घेरिराखेको पलिश्तीहरूको सहर गिब्बतोनमा तिनलाई हिर्काएर मारे।
28
यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, र तिनीपछि राजा भए।
29
तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्मैलाई सर्वनाश गरे। यसरी आफ्ना दास शीलोका अहियाहद्वारा भन्नुभएको परमप्रभुको वचन पूरा भयो।
30
यारोबामले गरेका पापहरू र तिनले इस्राएललाई गर्न लाएका पापहरूको कारण, र तिनले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाएको कारण यो भएको थियो।
31
नादाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
32
आफ्ना सारा राजकालभरि नै आसा र इस्राएलका राजा बाशाका बीचमा युद्ध भइरह्यो।
33
यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशा तिर्सामा सारा इस्राएलका राजा भए, र तिनले चौबीस वर्ष राज्य गरे।
34
यारोबामकै चालहरूमा चलेर, र तिनले इस्राएलीहरूलाई गर्न लाएका पापहरू गरेर तिनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थिए ती गरे।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22