bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 22
1 Kings 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
1
तीन वर्षसम्म अराम र इस्राएलका बीचमा युद्ध भएन।
2
तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजासित भेट गर्नलाई तल झरे।
3
इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “रामोत-गिलाद हाम्रो हो भनी तिमीहरूलाई थाहा छैन, र पनि अरामका राजाबाट त्यो फिर्ता लिन हामी केही गर्दैनौं?”
4
यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्तै हुन्।”
5
तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।”
6
यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमप्रभुले राजाको हातमा त्यो दिनुहुनेछ।”
7
तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्न सक्छौं?”
8
इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सोध्नलाई एक जना त छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्ति असल अगमवचन कहँदैनन्, तर सधैँ खराबी मात्र। तिनी यिम्लाका छोरा मीकाया हुन्।” यहोशापातले जवाफ दिए, “राजाले यस्तो भन्नुहुन्न।”
9
तब इस्राएलका राजाले आफ्ना अधिकारीहरूमध्ये एक जनालाई बोलाएर भने, “यिम्लाका छोरा मीकायालाई तुरुन्तै ल्याऊ।”
10
इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए।
11
केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।”
12
अरू सबै अगमवक्ताहरूले त्यस्तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।”
13
मीकायालाई बोलाएर ल्याउनलाई गएको समाचारवाहकले तिनलाई भन्यो, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, राम्रो कुरा भन्नुहोस्।”
14
तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्दछु, परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
15
जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔँ, कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस्। किनकि परमप्रभुले त्यो राजाको हातमा सुम्पिदिनुहुनेछ।”
16
राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्ट शपथ खान लगाऊँ?”
17
तब मीकायाले जवाफ दिए, “मैले त सबै इस्राएललाई गोठाला नभएका भेड़ाहरूझैँ डाँड़ाहरूतिर तितरबितर भएका देखें, र परमप्रभुले यसो भन्नुभयो, ‘यी मानिसहरूका मालिक छैनन्। हरेक शान्तिसित घर जाओस्’।”
18
इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो निम्ति खराबबाहेक असल अगमवाणी कहँदैनन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”
19
मीकायाले अझै भने, “यसैकारण परमप्रभुको यो वचन सुन्नुहोस्: मैले परमप्रभुलाई स्वर्गका आफ्ना सबै सेना उहाँका दाहिने र देब्रेपट्टि भई आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखें।
20
अनि परमप्रभुले भन्नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ त्यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’ “एउटाले यस्तो र अर्काले अर्को सल्लाह दियो।
21
आखिरमा एउटा आत्मा अगि आएर परमप्रभुको सामुन्ने उभिएर भन्यो, ‘म त्यसलाई बहकाउनेछु’।
22
“परमप्रभुले सोध्नुभयो, ‘कसरी?’ “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने एउटा आत्मा हुनेछु’। “परमप्रभुले भन्नुभयो, ‘त्यसलाई बहकाउन तँ सफल हुनेछस्। जा, गएर त्यसै गर्।’
23
“यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। परमप्रभुले तपाईंका सर्वनाशको उर्दी दिइसक्नुभएको छ।”
24
तब केनानाका छोरा सिदकियाह माथि आएर मीकायाको मुखमा थप्पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?”
25
मीकायाले जवाफ दिए, “त्यो त तिमी आफै भित्री कोठामा लुक्न गएको दिन पो तिमीले थाहा पाउनेछौ।”
26
तब इस्राएलका राजाले हुकुम दिए, “मीकायालाई पक्र, र सहरका शासक अमोन र राजकुमार योआशको जिम्मामा सुम्पिदेओ, र भन,
27
‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई कैदखानामा राख र म कुशलसित नआउञ्जेल त्यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।”
28
मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्यान देओ!”
29
तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात रामोत-गिलादमा उक्लेर गए।
30
इस्राएलका राजाले यहोशापातलाई भने, “म गुप्त भेषमा लड़ाइँमा पस्नेछु, तर तपाईं आफ्नो राजसी पोशाक नै लाउनुहोस्।” अनि इस्राएलका राजा गुप्त भेषमा लड़ाइँमा गए।
31
अरामका राजाले चाहिँ आफ्ना रथहरूका बत्तीस जना सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “राजाबाहेक अरू साना-ठूला कुनैसित लड़ाइँ नगर्नू।”
32
जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले ठाने, “निश्चय नै इस्राएलका राजा यिनी नै हुन्।” उनीहरू तिनलाई आक्रमण गर्न फनक्क फर्के, तर जब यहोशापात चर्को सोरले कराए,
33
तब ती रथहरूका सेनापतिहरूले तिनी त इस्राएलका राजा होइन रहेछन् भनी देखे, र उनीहरूले तिनलाई खेद्न छोड़िदिए।
34
तर कसैले आफ्नो धनु तानेर जथाभाबी काँड़ हाने, र त्यस काँड़ले इस्राएलका राजालाई कवचको जोर्नीमा लाग्यो। राजाले आफ्नो सारथिलाई भने, “रथ घुमाएर मलाई लड़ाइँबाट बाहिर लैजा। मलाई चोट लागेको छ।”
35
लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहे। तिनको चोटबाट निस्केको रगतचाहिँ रथभित्रै बगिरहेको थियो, र त्यही साँझमा तिनी मरे।
36
सूर्यास्त हुँदा सेनामा यस्तो आवाज फिँजियो, “हरेक मानिस आ-आफ्नो नगर र हरेक आ-आफ्नो बस्तीमा जाऊ।”
37
यसरी राजा मरे, र तिनलाई सामरियामा ल्याएर तिनीहरूले तिनलाई त्यहीँ गाड़े।
38
तिनीहरूले त्यो रथ सामरियाको एउटा तलाउमा धोए, जहाँ वेश्याहरूले नुहाइधुवाइ गर्थे, र परमप्रभुको वचनले घोषणा गरेबमोजिम कुकुरहरूले तिनको रगत चाटे।
39
आहाबको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, र तिनले बनाएको हस्ती-हाड़ले मोहोरेको राजमहल, र तिनले किल्लाले घेर्न लगाएका सहरहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
40
आहाब आफ्ना पित्रहरूसित सुते, र तिनका छोरा अहज्याह तिनीपछि राजा भए।
41
इस्राएलका राजा आहाबको चौथो वर्षमा आसाका छोरा यहोशापात यहूदाका राजा भए।
42
जब उनी राजा भए यहोशापात पैँतीस वर्षका थिए, र तिनले यरूशलेममा पच्चीस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अजूबा थियो, र तिनी शिल्हीकी छोरी थिइन्।
43
सबै कुरामा तिनी आफ्ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्। परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे। तापनि डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले त्यहाँ अझै बलिदान चढ़ाउँदै र धूप बाल्दैरहे।
44
यहोशापात इस्राएलका राजासित पनि शान्तिमा रहे।
45
यहोशापातको राजकालका अरू घटनाहरू र तिनले गरेका उपलब्धिहरू र तिनका सैनिक सफलताहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
46
तिनका पिता आसाको राजकालपछि त्यहाँ अझै रहेका पुरुष वेश्याहरूबाट देशलाई तिनले मुक्त गरे।
47
त्यस बेला एदोममा कुनै राजा थिएनन्। अधिकार पाएका कुनै एक जना सहायकले शासन गर्थे।
48
ओपीरबाट सुन ल्याउनलाई यहोशापातले व्यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्केको कारण ती समुद्रमै जान पाएनन्।
49
त्यस बेला आहाबका छोरा अहज्याहले यहोशापातलाई भने, “तपाईंका मानिसहरूसँग मेरा मानिसहरूलाई जहाजमा जान दिनुहोस्।” तर यहोशापातले इन्कार गरे।
50
त्यसपछि यहोशापात आफ्ना पित्रहरूसित सुते, र तिनका पिता दाऊदको सहरमा तिनीहरूसितै गाड़िए। अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए।
51
यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याह सामरियामा इस्राएलका राजा भए, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे।
52
तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, किनभने आफ्ना पिता र माताका अनि नबातका छोरा इस्राएललाई पाप गर्न लाउने यारोबामका चालमा तिनी हिँड़े।
53
तिनले बाल देवताको सेवा गरे र त्यसलाई पुजे, र तिनका पिताले गरेझैँ परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22