bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 14
1 Kings 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
1
त्यस बेला यारोबामको छोरो अबिया बिरामी भयो,
2
र यारोबामले आफ्नी पत्नीलाई भने, “तिमी यारोबामकी पत्नी हो भनी मानिसहरूले नचिन्नलाई तिम्रो भेष बदली गर। तब शीलोमा जाऊ। मलाई ‘यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्ने अहियाह अगमवक्ता त्यहाँ छन्।
3
तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक सानो घैँटो मह लिएर तिनीकहाँ जाऊ। बालकलाई के हुन्छ सो तिनले तिमीलाई बताइदिनेछन्।”
4
यसैले यारोबामकी पत्नीले तिनले भनेझैँ गरिन्, र तिनी शीलोमा अहियाहको घरमा गइन्। त्यस बेला अहियाहले देख्न सक्दैनथिए, किनभने वृद्धावस्थाले गर्दा तिनका आँखा धमिलिएका थिए।
5
तर परमप्रभुले तिनलाई भन्नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा तँसित सोध्न आउँदैछे, किनकि त्यो बिरामी छ, अनि तैंले यस्तो जवाफ दिनू।
6
जब त्यो आइपुग्छे तब अरू कोही हुँ भनी त्यसले बहाना गर्नेछे। जब अहियाहले ढोकामा तिनका खुट्टाको आवाज सुने, तब तिनले भने, “ए यारोबामकी पत्नी, भित्र आऊ। किन यो बहाना गरेकी? खराब समाचार लिन म तिमीकहाँ पठाइएको छु।
7
गएर यारोबामलाई भन, परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “मैले तँलाई मानिसहरूबाट खड़ा गरें, र मेरा प्रजा इस्राएलमाथि एउटा अगुवा तुल्याएँ।
8
मैले दाऊदको घरानादेखि राज्य खोसेर तँलाई दिएँ। तर तँचाहिँ मेरो दास दाऊदजस्तै भएको छैनस्, जसले मेरो दृष्टिमा जे असल छ त्यही मात्रै गर्दै मेरा आज्ञा पालन गर्यो र आफ्नो सारा हृदयले मलाई पछ्यायो।
9
तँभन्दा अघि बाँचेकाहरू सबैभन्दा अझ बढ़ी तैंले दुष्ट काम गरेको छस्। तैंले आफ्नो निम्ति अरू देवताहरू, ढालेर बनाएका धातुका मूर्तिहरू बनाएर तैंले मलाई रीस उठाएको छस् र मलाई तेरो पीठपछि राखेको छस्।
10
“‘यसैकारण म यारोबामको घरानामाथि सर्वनाश ल्याउनेछु। म इस्राएलमा भएको यारोबामका घरानाको हरेक पुरुष, कमारा वा फुक्का दुवैलाई खतम पारिदिनेछु। त्यो खतम नहोउञ्जेल यारोबामको घरानालाई गोबर जलाएझैँ म जलाइदिनेछु।
11
यारोबामको घरानाका सहरमा मर्नेहरूलाईचाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पक्षीहरूले खानेछन्। परमप्रभुले भन्नुभएको छ!”
12
“तिमीचाहिँ अब घर फर्केर जाऊ। जब तिमीले आफ्नो सहरमा पाइला हाल्नेछौ, तब त्यो बालक मर्नेछ।
13
त्यसको निम्ति सबै इस्राएलले विलाप गरेर त्यसलाई गाड्नेछन्, किनभने परमप्रभु इस्राएलका परमेश्वरले त्यसमा मात्रै केही असल कुरो भेट्टाउनुभएकोले यारोबामको घरानामा त्यो मात्र गाड़िनेछ।
14
परमप्रभुले इस्राएलमाथि एक जना राजा खड़ा गर्नुहुनेछ, जसले यारोबामको घरानालाई बहिष्कृत पार्नेछ। त्यो दिन आजै हो! हो, अहिले नै हो।
15
पानीमा निगालो यताउता हल्लेझैँ परमप्रभुले इस्राएललाई त्यस्तै हल्लने गरी हिर्काउनुहुनेछ। तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उहाँले इस्राएललाई जरैसमेत उखेल्नुहुनेछ, र तिनीहरूलाई यूफ्रेटिस नदी पारि तितरबितर पार्नुहुनेछ, किनभने तिनीहरूले अशेराका मूर्तिहरू बनाएर परमप्रभुलाई रीस उठाए।
16
अनि यारोबामले गरेका र इस्राएललाई गर्न लाएका पापहरूको कारण उहाँले इस्राएललाई त्याग्नुहुनेछ।”
17
तब यारोबामकी पत्नी उठिन् र तिर्सामा गइन्। तिनी आफ्नो घरको सँघार नाघ्ने बित्तिकै त्यो केटो मर्यो।
18
परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएझैँ तिनीहरूले त्यसलाई गाड़े र सारा इस्राएलले त्यसको निम्ति विलाप गरे।
19
यारोबामको राजकालका अरू घटनाहरू र तिनका युद्धहरू र तिनले कसरी राज्य गरे ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
20
तिनले बाईस वर्ष राज्य गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते। अनि तिनीपछि तिनका छोरा नादाब राजा भए।
21
सोलोमनका छोरा रहबामले यहूदामा राज्य गरे। तिनी एकचालीस वर्षको उमेरमा राजा भए। इस्राएलका सबै कुलबाट आफ्नो नाउँ राख्नलाई परमप्रभुले चुन्नुभएको सहर, यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्।
22
परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो, त्यही यहूदाले गरे। तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापहरूभन्दा बढ़ी पाप गरेर तिनीहरूले उहाँलाई क्रोधित तुल्याए।
23
तिनीहरूले आफ्ना निम्ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्गो डाँड़ामा र झ्याम्म परेको हरेक रूखमुनि खड़ा गरे।
24
देशमा पुरुष वेश्याहरू पनि थिए। परमप्रभुले इस्राएलकै सामुबाट निकाल्नुभएका जाति-जातिहरूका घिनलाग्दा कार्यहरू मानिसहरूले गर्न लागे।
25
रहबामका राजकालको पाँचौँ वर्षमा मिश्रदेशका राजा शीशकले यरूशलेममा आक्रमण गरे।
26
उनले परमप्रभुको मन्दिर र राजाको राजमहलका दामी-दामी चीजहरू लुटेर लगे। उनले सोलोमनले बनाएका सुनका ढालहरूसमेत जम्मै कुरा लगे।
27
यसैले राजा रहबामले तिनका सट्टामा काँसाका ढालहरू बनाएर राजमहलको मूल ढोका रक्षा गर्ने रक्षकहरूका अधिकृतहरूका जिम्मामा दिए।
28
जहिले-जहिले राजा परमप्रभुको मन्दिरमा पस्थे, तहिले-तहिले ती रक्षकहरूले ती ढालहरू बोक्थे, र त्यसपछि तिनीहरूले रक्षक बस्ने कोठामा ती फेरि राख्थे।
29
रहबामका राजकालका अरू घटनाहरू र तिनका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
30
रहबाम र यारोबामका बीचमा निरन्तर युद्ध भइरह्यो।
31
रहबाम आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसित तिनी दाऊदको सहरमा गाड़िए। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबिया राजा भए।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22