bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 16
1 Kings 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
1
त्यसपछि बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको यो वचन आयो:
2
“मैले तँलाई धूलोबाट उठाएर मेरो प्रजा इस्राएलको अगुवा तुल्याएँ, तर यारोबामका चालमा हिँड़ेर तैंले मेरो प्रजा इस्राएललाई पाप गर्न लगाइस्, र तिनीहरूका पापहरूद्वारा मलाई रीस उठाइस्।
3
यसैले मैले बाशा र त्यसको घरानालाई भस्म पार्न आँटेको छु, र म तेरो घरानालाई नबातको छोरो यारोबामको घरानाजस्तै तुल्याउनेछु।
4
बाशाको घरानाका सहरमा मर्नेहरूलाई चाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पक्षीहरूले खानेछन्।”
5
बाशाको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र उपलब्धिहरू के इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
6
बाशा आफ्ना पित्रहरूसित सुते, र तिर्सामा गाड़िए। अनि तिनका छोरा एलाह तिनीपछि राजा भए।
7
त्यसबाहेक परमप्रभुको दृष्टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्तै भएको कारणले— अनि तिनले त्यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।
8
यहूदाका राजा आसाको छब्बीसौँ वर्षमा बाशाका छोरा एलाह इस्राएलका राजा भए, र तिनले तिर्सामा दुई वर्ष राज्य गरे।
9
तिनका अधिकारीहरूमध्येका एक जना आधा रथ-सेनाका सेनापति जिम्रीले तिनको विरुद्धमा षड्यन्त्र गरे। त्यस बेला एलाहले तिर्सामा आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए।
10
यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले भित्र पसेर तिनलाई हिर्काएर मारे। ती नै जिम्री तिनीपछि राजा भए।
11
जिम्री राजा भएर राज सुरु गर्ने बित्तिकै तिनले बाशाका परिवारका जम्मैलाई मारे। तिनले बाशाका कुटुम्ब र मित्रमध्येको एउटै पुरुषलाई पनि जिउँदो छोड़ेनन्।
12
परमप्रभुले येहू अगमवक्ताद्वारा बाशाको विरुद्धमा भन्नुभएअनुसार यसरी जिम्रीले बाशाका जम्मै परिवारलाई नाश गरे।
13
बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लाएका सबै पापहरूको कारण, र तिनीहरूले आफ्ना बेकामका मूर्तिहरूले गर्दा परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाएको कारण यो भएको थियो।
14
एलाहको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
15
यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले सात दिनसम्म तिर्सामा राज्य गरे। त्यस बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोन नजिकको छाउनीमा थिए।
16
छाउनीमा भएका इस्राएलीहरूले जिम्रीले षड्यन्त्र गरेर राजाको हत्या गरेका जब सुने, तब त्यही दिन छाउनीमा नै तिनीहरूले आफ्ना सेनापति ओम्रीलाई इस्राएलका राजा घोषणा गरे।
17
तब ओम्री र तिनीसँग भएका जम्मै इस्राएलीहरू गिब्बतोनबाट हटेर तिर्सालाई घेरे।
18
सहर लिएको देख्ने बित्तिकै जिम्री राजमहलको किल्लाभित्र पसे, र तिनले राजमहलमा आगो लगाइदिए। यसरी तिनी जलेर मरे।
19
तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरेर अनि यारोबामका चालमा र उनले गरेका पाप र उनले इस्राएललाई गर्न लाएका पापमा हिँड़ेर ती पापहरू गरेको कारण यो भएको थियो।
20
जिम्रीको शासनका अरू घटनाहरू र तिनले गरेको विद्रोह के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
21
त्यसपछि इस्राएलका मानिसहरू दुई दलमा विभक्त भए। मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउनलाई सहयोग गरे र आधाले चाहिँ ओम्रीलाई सहयोग गरे।
22
तर ओम्रीको पछि लाग्नेहरू गीनतका छोरा तिब्नीको पछि लाग्नेहरूभन्दा अझ शक्तिशाली थिए। यसैले तिब्नी मरे, र ओम्री राजा भए।
23
यहूदाका राजा आसाको एकतीसौँ वर्षमा ओम्री इस्राएलका राजा भए, र तिनले जम्मा बाह्र वर्ष राज्य गरे। तीमध्ये छ वर्षचाहिँ तिनले तिर्सामा राज्य गरे।
24
तिनले चाँदीका दुई तोड़ामा शेमेरको हातबाट सामरियाको डाँड़ा किनेर डाँड़ामा एउटा सहर बनाए, र त्यस डाँड़ाको पहिलो मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे।
25
तर ओम्रीले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे र तिनले आफूभन्दा अघिका सबै राजाहरूभन्दा अझ बढ़ी पाप गरे।
26
तिनी नबातका छोरा यारोबामका सारा चाल र उनको पापमा चले, जुन पाप उनले इस्राएललाई गर्न लाएका थिए, र जसले गर्दा तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूद्वारा परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाएका थिए।
27
ओम्रीको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्य र तिनका उपलब्धिहरू के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
28
ओम्री आफ्ना पित्रहरूसित सुते, र सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आहाब राजा भए।
29
यहूदाका राजा आसाको अठतीसौँ वर्षमा ओम्रीका छोरा आहाब इस्राएलका राजा भए, र तिनले सामरियामा इस्राएलमाथि बाईस वर्ष राज्य गरे।
30
ओम्रीका छोरा आहाबले आफ्ना अघिका सबै राजाहरूभन्दा परमप्रभुको दृष्टिमा अझ बढ़ी दुष्ट्याइँ गरे।
31
नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्यसलाई पुज्न लागे।
32
सामरियामा तिनले बनाएको बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए।
33
आहाबले अशेरा देवीको मूर्ति पनि खड़ा गरे, र तिनले आफ्ना अघिका इस्राएलका सबै राजाहरूभन्दा बढ़ी परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाउने काम गरे।
34
आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। त्यसको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो, र त्यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा भन्नुभएको वचन पूरा भयो।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22