bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 20
1 Kings 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 21 →
1
अब अरामका राजा बेन-हददले आफ्ना सबै फौज जम्मा गरे। उनले बत्तीस राजाहरू, उनीहरूका घोड़ाहरू र रथहरूसमेत साथमा लिएर माथि सामरियामा घेरा हालेर त्यसलाई आक्रमण गरे।
2
उनले सहरमा इस्राएलका राजा आहाबकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “बेन-हदद यसो भन्नुहुन्छ:
3
‘तिम्रा सुन र चाँदी मेरा हुन्, र तिम्रा राम्रा-राम्रा पत्नीहरू र छोराछोरीहरू मेरै हुन्’।”
4
इस्राएलका राजाले जवाफ दिए, “हे मेरा प्रभु महाराजा, तपाईंले भन्नुभएझैँ, म र मसँग भएका जति सबै तपाईंकै हुन्।”
5
ती समाचारवाहकहरूले फेरि आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ: ‘तिम्रा सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरू मकहाँ सुम्पिदिनलाई मैले मानिसहरू पठाएँ।
6
तर भोलि यही बेला म मेरा अधिकारीहरूलाई तिम्रो राजमहल र तिम्रा अधिकृतहरूका घरहरू तलाशी गर्न पठाउनेछु। उनीहरूले तिमीले मूल्यवान् सम्झेका सबै चीज खोसेर लैजानेछन्।”
7
इस्राएलका राजाले देशका सबै धर्म-गुरुहरूलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “तपाईंहरू देख्नुहुन्छ कि यो मानिसले त झगड़ाको निहुँ मात्र खोज्दैछ! त्यसले मेरा पत्नीहरू, मेरा छोराछोरीहरू र मेरा सुनचाँदीहरू दाबी गर्दा मैले इन्कार गरिनँ।”
8
सबै धर्म-गुरुहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्। तिनले मागेका कुरामा तपाईं सहमत नहुनुहोस्।”
9
यसैकारण तिनले बेन-हददका समाचारवाहकहरूलाई यो जवाफ दिए, “मेरा प्रभु महाराजालाई यसो भन, ‘महाराजाका पहिलो पल्टका मागहरू म सबै दिनेछु। तर यो माग म पूरा गर्न सक्दिनँ।” तिनीहरू गए, र बेन-हददलाई यो जवाफ दिए।
10
तब बेन-हददले आहाबलाई अर्को समाचार पठाए: “ध्वंस गरेको सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पनि पुग्यो भने, देवताहरूले मलाई त्यस्तै व्यवहार अथवा त्योभन्दा पनि कठोर व्यवहार गरून्।”
11
इस्राएलका राजाले जवाफ दिए, “तिनलाई भन्: ‘कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन है’।”
12
बेन-हदद र अरू राजाहरू आफ्ना पालहरूमा मद्य पिइरहेका थिए तब त्यो समाचार उनले सुने, र उनले आफ्ना मानिसहरूलाई “आक्रमण गर्नलाई तयार बस” भनी हुकुम दिए। अनि उनीहरूले त्यो सहर आक्रमण गर्न तयार गरे।
13
यसै बीचमा एक जना अगमवक्ता इस्राएलका राजा आहाबकहाँ आएर घोषणा गरे, “परमप्रभु यसो भन्नुहुन्छ: ‘के तैंले यो विशाल सेनालाई देख्दैछस्? आजै म त्यो तेरो हातमा सुम्पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्’।”
14
आहाबले सोधे, “तर त्यो कसले गर्छ त?” अगमवक्ताले जवाफ दिए, “परमप्रभु यसो भन्नुहुन्छ: प्रान्तका सेनापतिहरूका अधिकृतहरूले त्यो गर्नेछन्।” तिनले सोधे, “लड़ाइँ कसले सुरु गर्नेछ?” अगमवक्ताले जवाफ दिए, “तपाईंले।”
15
यसैकारण आहाबले ती प्रान्तका सेनापतिहरूका दुई सय बत्तीस जवान अधिकृतहरूलाई बोलाइपठाए। तब तिनले बाँकी इस्राएलीहरूलाई भेला गरे, सबै जम्मा सात हजार थिए।
16
मध्यदिनमा बेन-हदद र उनका मित्र-राष्ट्रका बत्तीस जना राजाहरू आ-आफ्नो पालमा मद्य पिएर मात्तिएका बेलामा यिनीहरू निस्के।
17
प्रान्तका सेनापतिहरूका ती जवान अधिकृतहरू पहिले निस्के। अब बेन-हददले चेवा गर्नेहरू पठाएका थिए, जसले आएर भने, “मानिसहरू सामरियाबाट अगि बढ़िरहेका छन्।”
18
उनले भने, “यदि तिनीहरू शान्तिको निम्ति आएका हुन् भने, तिनीहरूलाई जिउँदै पक्र। यदि युद्ध गर्न आएका रहेछन् भने पनि तिनीहरूलाई जिउँदै पक्र।”
19
प्रान्तका सेनापतिहरूका ती जवान अधिकृतहरू तिनीहरूका पछिपछि लाग्ने सेनासँग सहरबाट बाहिर निस्के,
20
र हरेकले आ-आफ्नो विरोधीलाई मारे। त्यसो हुँदा अरामीहरू भागे र इस्राएलीहरूले उनीहरूलाई खेदे। तर अरामका राजा बेन-हदद घोड़ामा चढ़ेर आफ्नो केही घोड़चढ़ीहरूका साथमा उम्के।
21
इस्राएलका राजा अगि बढ़े, र घोड़ाहरू र रथहरूलाई जिते, र अरामीहरूको ठूलो नाश गरे।
22
त्यसपछि ती अगमवक्ता इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “तपाईंको स्थान सुदृढ़ पारिराख्नुहोस्, र के गर्नुपर्छ सो विचार गर्नुहोस्, किनभने आउँदो बसन्त ऋतुमा अरामका राजाले तपाईंलाई फेरि आक्रमण गर्नेछन्।”
23
यसै बीचमा अरामका राजाका अधिकारीहरूले उनलाई यो सल्लाह दिए, “तिनीहरूका ईश्वरहरू त पहाड़हरूका ईश्वरहरू हुन्। यसैकारण तिनीहरू हामीहरूका निम्ति साह्रै शक्तिशाली थिए। तर यदि हामीले तिनीहरूसित मैदानमा लड़ाइँ गर्यौं भने, हामी तिनीहरूभन्दा अझ शक्तिशाली हुनेछौं।
24
तपाईंले यसो गर्नुहोस्: सबै राजाहरूलाई सेनाका नायकका पदबाट हटाइदिनुहोस्, र उनीहरूका सट्टामा अरू अधिकृतहरू नियुक्त गर्नुहोस्।
25
अघि हारेको सेनाजस्तै अर्को एउटा सेना खड़ा गर्नुहोस्— घोड़ाको लागि घोड़ा र रथको लागि रथ— र इस्राएलीहरूसित हामी मैदानमा यसरी लड्न सकौं। तब हामी निश्चय नै तिनीहरूभन्दा शक्तिशाली हुनेछौं।” उनी उनीहरूसित सहमत भए र त्यसैबमोजिम गरे।
26
आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई लड़ाइँको निम्ति भेला गरे, र इस्राएलीहरूसँग लड्न अपेकतर्फ लागे।
27
इस्राएलीहरू पनि भेला भए, र तिनीहरूलाई खाने सामग्री आदि दिइएपछि तिनीहरू दल-दल गरी उनीहरूसित भिड्नलाई निस्के। इस्राएलीहरूले उनीहरूको विपरीत छाउनी बनाए। इस्राएलीहरू बाख्राका दुई ससाना बगालजस्तै थिए, तर अरामीहरूचाहिँ मैदानका चारैतिर फैलिएर बसे।
28
परमेश्वरका जन इस्राएलका राजाकहाँ आएर तिनलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘अरामीहरूले परमप्रभु त डाँड़ाहरूका ईश्वर हुन्, बेँसीका ईश्वर होइनन् भनी सम्झन्छन्। यसकारण म यस विशाल सेनालाई तेरो हातमा सुम्पिदिनेछु, र तैंले म नै परमप्रभु हुँ भनी जान्नेछस्’।”
29
तिनीहरू एक-अर्काको विपरीत सात दिनसम्म छाउनीमा नै बसिरहे। सातौँ दिनमा लड़ाइँ सुरु भयो। इस्राएलीहरूले एक दिनमा अरामी पैदल सेनाका एक लाखलाई घाइते बनाए।
30
उनीहरूमध्येका बाँचेकाहरू अपेक सहरमा भागे, जहाँ सहरको पर्खाल भत्केर सत्ताईस हजारमाथि ढल्यो। अनि बेन-हददचाहिँ सहरमा भागे, र भित्री कोठामा गएर लुके।
31
उनका अधिकारीहरूले उनलाई भने, “सुन्नुहोस्, इस्राएलको घरानाका राजाहरू त कृपालु मानिसहरू छन् भन्ने हामीले सुनेका छौं। यसकारण हामी आ-आफ्नो कम्मरमा भाङ्ग्रा लगाऔं, र टाउकोमा डोरी बाँधेर इस्राएलका राजाकहाँ जाऔं। शायद तिनले तपाईंको प्राण जोगाइदिनेछन्।”
32
यसैकारण आफ्ना कम्मरमा भाङ्ग्रा ओढ़ेर र टाउकोमा डोरी बाँधेर उनीहरूले इस्राएलका राजाकहाँ गएर भने, “हजूरका दास बेन-हदद भन्दछन्: ‘कृपा गरी मलाई बाँच्न दिनुहोस्’।” राजाले जवाफ दिए, “के उनी अझै जीवित छन्? उनी त मेरा दाज्यै हुन्।”
33
ती मानिसहरूले राजाको यस कुरालाई शुभ लक्षण सम्झेर झट्टै त्यही कुरा साँचो ठानेर भने, “ज्यू, हजूरको दाइ बेन-हदद।” राजाले भने, “गएर उनलाई ल्याओ।” जब बेन-हदद बाहिर निस्केर आए, तब आहाबले उनलाई आफ्नो रथमा चढ़ाए।
34
बेन-हददले तिनलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिएका सहरहरू म तपाईंलाई फिर्ता गरिदिनेछु। अनि मेरा पिताले सामरियामा गरेझैँ तपाईंले पनि दमस्कसमा व्यापारका बजारहरू स्थापित गर्न सक्नुहुन्छ।” आहाबले भने, “सन्धि गरेर ती शर्तहरूमा म तिमीलाई छोड़िदिनेछु।” यसैले तिनले बेन-हददसँग एउटा सन्धि गरे र उनलाई छोड़िदिए।
35
परमप्रभुको वचनद्वारा अगमवक्ताका छोराहरूमध्येका एक जनाले आफ्नो कुनै एउटा साथीलाई भने, “मलाई तिम्रो हतियारले हिर्काऊ।” तर त्यस मानिसले इन्कार गर्यो।
36
तब ती अगमवक्ताले भने, “तिमीले परमप्रभुको आज्ञा नमानेका हुनाले, मलाई छोड़ेर जाने बित्तिकै तिमीलाई एउटा सिंहले मार्नेछ।” अनि जब त्यो मानिस गइहाल्यो, तब एउटा सिंहले भेटेर त्यसलाई मार्यो।
37
ती अगमवक्ताले अर्को एक जना मानिसलाई भेटे, र भने, “कृपा गरी मलाई हिर्काउनुहोस्।” यसकारण त्यसले तिनलाई हिर्काएर घाइते बनायो।
38
तब ती अगमवक्ता गएर बाटोमा राजालाई पर्खिबसे। तिनले आफ्ना आँखामा फेटा बाँधेर गुप्त भेष बनाए।
39
जसै राजा छेउबाट गए, तब ती अगमवक्ताले बोलाएर भने, “हजूर, म तपाईंको दास लड़ाइँको मुखैमा परेको थिएँ, र कसैले कोही एक जना कैदी लिएर मकहाँ आएर मलाई भन्यो, ‘यस मानिसलाई रक्षा गरिराख्। कथम्कदाचित् यो मानिस भाग्यो भने, कि त तेरो ज्यान जानेछ कि एक तोड़ा चाँदी तैंले तिर्नुपर्नेछ’।
40
जब म कुनै काममा यताउता व्यस्त थिएँ, तब हजूर, त्यो मानिस त अल्पियो।” इस्राएलका राजाले तिनलाई भने, “तैंले त आफ्नो इन्साफ आफै गरिस्। त्यही नै तेरो इन्साफ हो।”
41
तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो फेटा फुकाले, र इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूका एक जना रहेछन् भनी चिनिहाले।
42
तिनले राजालाई भने, “परमप्रभु यसो भन्नुहुन्छ: मैले मार्न निश्चय गरेको मानिसलाई तैंले छोड़िदिइस्। यसकारण त्यसको प्राणको साटो तेरो प्राण र त्यसको प्रजाको साटो तेरो प्रजा हुनेछ।”
43
इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो राजमहलमा गए।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22