bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 17
1 Kings 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
1
अब गिलादको तिश्बेका तिश्बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।”
2
तब परमप्रभुको यो वचन एलियाकहाँ आयो:
3
“यो ठाउँ छोड़ेर पूर्वतिर लाग्, र यर्दनको पूर्वतिर भएको करीतको खोल्सामा गएर लुकिबस्।
4
तैंले खोलाको पानी पिउनू, र तँलाई त्यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”
5
यसैले परमप्रभुले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्सामा गएर बसे।
6
त्यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्याइदिए, र तिनले खोलाको पानी पिए।
7
केही समयपछि देशमा पानी नपरेकोले त्यो खोलाको पानी सुक्यो।
8
तब परमप्रभुको यो वचन तिनीकहाँ आयो:
9
“अब झट्टै सीदोनका सारपतमा गएर त्यहाँ बस्। तँलाई खुवाउन मैले त्यस ठाउँमा एउटी विधवालाई आज्ञा गरेको छु।”
10
यसैले तिनी सारपतमा गए। जब तिनी सारपतको मूल ढोकामा आइपुगे, तब तिनले एउटी विधवालाई दाउरा बटुलिरहेकी देखे। तिनले हपारेर त्यसलाई भने, “कृपा गरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ।”
11
त्यो विधवा पानी ल्याउनलाई जाँदाजाँदै तिनले फेरि हपारेर त्यसलाई भने, “कृपा गरी एक टुक्रा रोटी मलाई ल्याइदेऊ।”
12
त्यस विधवाले जवाफ दिई “जीवित परमप्रभु तपाईंका परमेश्वरको नाउँमा शपथ खाएर म भन्छु, कि भाँड़ामा एक मुट्ठी पीठो र ढुङ्ग्रोमा अलिकता तेलबाहेक मसित केही रोटी छैन। म आफै र मेरो छोराको निम्ति खानेकुरा बनाएर खाई मर्नलाई घरमा केही झिँजामिजा लानलाई खोज्दैछु।”
13
एलियाले त्यसलाई भने, “नडराऊ, घर गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसित जे छ त्यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्याऊ, र त्यसपछि तिमी र तिम्रो छोराको निम्ति केही बनाऊ।
14
किनकि परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘देशमा परमप्रभुले पानी नपठाउञ्जेल भाँड़ाको पीठो सिद्धिनेछैन र ढुङ्ग्रोको तेल रित्तिनेछैन’।”
15
त्यो विधवा गएर एलियाले भनेझैँ गरी। यसैले एलियाको निम्ति र त्यो र त्यसका परिवारको निम्ति दिनहुँ खानेकुरा भयो।
16
किनकि एलियाद्वारा परमप्रभुले भन्नुभएझैँ भाँड़ाको पीठो सिद्धिएन, र ढुङ्ग्रोको तेल पनि रित्तिएन।
17
केही समयपछि त्यो स्त्री, त्यस घरकी मालिक्नीको छोरो बिरामी पर्यो, र त्यो झन्-झन् सिकिस्त हुँदैगयो, अनि आखिरमा त्यसले सास फेर्न पनि छोड़्यो।
18
तब त्यस स्त्रीले एलियालाई भनी, “हे परमेश्वरका जन, तपाईंको मेरो विरुद्धमा के छ? के तपाईं यहाँ मेरो पाप सम्झाएर मेरो छोरालाई मार्न आउनुभएको हो?”
19
एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे, र त्यसलाई आफ्नो ओछ्यानमा राखे।
20
त्यसपछि तिनले परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्वर, के म जसकहाँ बसेको छु त्यसको छोरालाई मारेर त्यस विधवामाथि यो विपत्ति तपाईंले ल्याउनुभएको हो?”
21
तब तिनी तीन पल्ट त्यस बालकमाथि लमतन्न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्।”
22
परमप्रभुले एलियाको पुकारा सुन्नुभयो, र त्यसमा जीवन फर्क्यो र त्यो बाँच्यो।
23
एलियाले बालकलाई उठाएर कोठाबाट तल घरमा लगे। त्यसकी आमालाई तिनले दिएर यसो भने, “हेर त, तिम्रो छोरो जिउँदैछ।”
24
तब त्यस विधवाले एलियालाई भनी, “अब मलाई यो थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ, र तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22