bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 10
1 Kings 10
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
1
जब शेबाकी रानीले सोलोमनको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे सुनिन्, गाह्रो-गाह्रो प्रश्नहरू लिएर सोलोमनको जाँच गर्नलाई तिनी आइन्।
2
तिनी एक साह्रै ठूलो लावालश्करसाथ यरूशलेममा आइन्— मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूका साथमा— तिनी सोलोमनकहाँ आइन्, र आफ्नो मनमा भएका सबै कुराहरूका विषयमा सोलोमनसित कुरा गरिन्।
3
सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन।
4
जब शेबाकी रानीले सोलोमनको सबै बुद्धि, तिनले निर्माण गरेको राजमहल
5
तिनको टेबिलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, आफ्ना उर्दीपोशाक लाएर सेवा-टहल गर्ने नोकर-चाकरहरू, तिनलाई मद्य पियाउनेहरू र परमप्रभुको मन्दिरमा तिनले चढ़ाउने गरेका होमबलिहरू देखिन्, तब तिनी अवाक् भइन्।
6
तिनले राजालाई भनिन्, “तपाईंका उपलब्धिहरू र बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरा साँचो रहेछ।
7
तर आएर आफ्नै आँखाले नदेखुञ्जेल मैले पत्याएकी थिइनँ। साँच्चै, यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र धन-सम्पत्ति मैले सुनेको कुराभन्दा त धेरै ज्यादा रहेछन्।
8
तपाईंका मानिसहरू कति खुशी होलान्! तपाईंको सामुन्ने निरन्तर उभिने र तपाईंको बुद्धि सुन्न पाउने यी तपाईंका अधिकारीहरू कति सुखी होलान्!
9
तपाईंसित प्रसन्न भएर इस्राएलको सिंहासनमा तपाईंलाई विराजमान गराउनुहुने परमप्रभु तपाईंका परमेश्वरलाई प्रशंसा होस्। इस्राएलको निम्ति उहाँको अनन्त प्रेम भएको हुनाले न्याय र धार्मिकता कायम राख्नलाई उहाँले तपाईंलाई राजा तुल्याउनुभएको छ।”
10
त्यसपछि तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन्। शेबाकी रानीले सोलोमन राजालाई दिएको जत्तिकै धेरै मसला फेरि कहिल्यै ल्याइएन।
11
हीरामका जहाजहरूले ओपीरबाट सुन ल्याउँथे। त्यहाँबाट तिनीहरूले चन्दनको काठ र बहुमूल्य पत्थरहरू जहाजमा पनि ल्याउँथे।
12
राजाले यी चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र तिनका राजमहलको निम्ति अड़्याउने खम्बाहरू बनाए, अनि गाउनेहरूका निम्ति वीणा र सारङ्गी यी नै काठका पनि बनाए। यति धेरै चन्दनको काठ कहिल्यै पैठारी गरिएका थिएनन्, र त्यस बेलादेखि यसो देखिएको पनि छैन।
13
सोलोमन राजाले शेबाकी रानीलाई राजाले आफ्नो राजकीय उदारताले दिएका सबै कुराहरूबाहेक तिनले इच्छा गरेर मागेका सबै कुरा दिए। त्यसपछि तिनी लावालश्करसाथ आफ्नो देशमा फर्किन्।
14
सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको तौल तेईस टन थियो।
15
त्यसबाहेक पैकारीहरू र व्यवसायीहरू र अरब देशका सबै राजाहरू र प्रादेशिक राज्यपालहरूबाट महसूलहरू आउँथे।
16
सोलोमन राजाले पिटेको सुनका दुई सय ठूला-ठूला ढालहरू बनाए। हरेक ढाल बनाउन साढ़े तीन किलोग्राम सुन लागेको थियो।
17
तिनले पिटेको सुनका तीन सय ससाना ढालहरू पनि बनाए। प्रत्येक ढालमा करीब डेढ़ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे।
18
तब राजाले हस्ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाए, र त्यसलाई कञ्चन सुनले मोहोरे।
19
सिंहासनमा उक्लने छ वटा खुट्किला थिए। त्यसको पछिल्तिर गोलाकार टुप्पो थियो। बस्ने आसनका दुवैपट्टि हात अड़्याउने बाहु थिए। छेउ-छेउमा खड़ा भएको एक-एक वटा सिंह थियो।
20
छ वटै खुट्किलाको एकएकपट्टि एउटा-एउटा सिंह उभिरहेको थियो। कुनै पनि राज्यको निम्ति यस्तो किसिमको सिंहासन कहिल्यै बनाइएको थिएन।
21
सोलोमनका पिउने सबै कचौराहरू सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका सबै सामानहरू कञ्चन सुनका थिए। चाँदीको केही बनाइएको थिएन, किनभने सोलोमनको समयमा चाँदीको मूल्य थोरै थियो।
22
हीरामका जहाजसाथै समुद्रमा सोलोमन राजाका व्यापारी जहाजहरूका एक बेड़ा थियो। तीन-तीन वर्षमा यी व्यापारीहरूले सुन, चाँदी, हस्ती-हाड़, ढेढुहरू र बाँदरहरू लिएर आउँथे।
23
सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजाहरूभन्दा श्रेष्ठ थिए।
24
परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्नलाई सारा संसारका मानिसहरू सोलोमनकहाँ दर्शन गर्न आउने गर्थे।
25
त्यसरी आउने हरेकले प्रतिवर्ष आफ्नो कोसेली, चाँदी, सुनका चीजहरू, लुगाहरू, हातहतियारहरू, मसलाहरू, घोड़ा र खच्चरहरू ल्याउँथे।
26
सोलोमनले रथहरू र घोड़ाहरू जम्मा गरे। तिनका चौध सय रथहरू र बाह्र हजार घोड़ाहरू थिए, जो तिनले रथहरू राख्ने सहरहरूमा र आफूसित यरूशलेममा पनि राखे।
27
राजाले यरूशलेममा चाँदी ढुङ्गैसरह र देवदारुचाहिँ पहाड़का जङ्गली अञ्जीरका बोटहरूसरह धेरै तुल्याए।
28
सोलोमनका घोड़ाहरू मिश्रदेश र क्यूएबाट पैठारी गरिएका हुन्थे। राजाका व्यापारीहरूले ती क्यूएबाट किनेर ल्याउँथे।
29
तिनीहरूले मिश्रदेशबाट चाँदीका छ सय सिक्का दामको एउटा रथ र चाँदीको डेढ़ सय सिक्का दामको एउटा घोड़ा पैठारी गर्थे। तिनीहरूले हित्तीहरूका र अरामीहरूका सबै राजाहरूकहाँ ती निकासी गर्थे।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22