bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Kings 7
1 Kings 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 8 →
1
तर सोलोमनलाई आफ्नो महल निर्माण गर्न तेह्र वर्ष लाग्यो।
2
तिनले सय हात लामो, पचास हात चौड़ा, तीस हात अल्गो, चार लहर देवदारुका स्तम्भ भएको, तिनका माथि देवदारुकै सत्तरी भएको लेबनानको वन भनिने महल बनाए।
3
स्तम्भमा अड़िएका ती सत्तरीहरूमाथि देवदारुको छत लगाइयो— प्रत्येक लहरमा पन्ध्र वटा सत्तरी गरी जम्मै पैँतालीस वटा सत्तरी थिए।
4
त्यसका झ्यालका तीन लहरहरूमा अल्गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए।
5
सबै ढोकाका आयतकार चौकोसहरू थिए। ती अगाड़िपट्टि तीन-तीन वटाका पङ्क्तिमा एक-अर्कोतिर फर्केका थिए।
6
तिनले पचास हात लामो र तीस हात चौड़ा स्तम्भहरूले घेरिएको चोक बनाए। त्यसको अगि एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू र एउटा बाहिर निस्केको छत थियो।
7
तिनले न्याय भवन, अर्थात् सिंहासन भवन बनाए। त्यहीँ नै तिनले न्याय गर्थे। तिनले भूइँदेखि दलिनसम्म त्यसलाई देवदारुले छोपे।
8
तिनले आफ्नै बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए। तिनले विवाह गरेर ल्याएकी फारोकी छोरीको निम्ति पनि त्यहीजस्तो महल बनाए।
9
यी सबै भवनहरू बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म करौँतीले ठीक परिमाणमा भित्री र बाहिरी मोहड़ामा काटिएका उच्च स्तरीय ढुङ्गाहरूले बनाइएका थिए।
10
जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए।
11
तिनको माथि उच्च स्तरीय ढुङ्गाहरू ठीक नापमा काटेर मिलाइएका र देवदारुका सत्तरी थिए।
12
ठूलो चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिए, र देवदारुका सत्तरीहरूको एक लहर थियो। परमप्रभुका मन्दिरको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।
13
सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाइपठाए,
14
जसकी आमा नप्ताली कुलकी एउटी विधवा थिइन् र जसका पिताचाहिँ टुरोसवासी काँसाका निपुण कारीगर थिए। हुराम काँसाका सबै किसिमका काम गर्ने अत्यन्तै निपुण र अनुभवी मानिस थिए। तिनी सोलोमन राजाकहाँ आए र तिनलाई सुम्पिएका सबै कामहरू गरे।
15
तिनले दुई वटा काँसाका स्तम्भहरू ढाले, नापमा प्रत्येकको अल्गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो।
16
तिनले स्तम्भहरूमाथि शिर राख्नलाई ढालेका काँसाका दुई वटा स्तम्भ-शिर पनि बनाए। प्रत्येक स्तम्भ-शिर पाँच हात अल्गो थियो।
17
तिनले हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जाली स्वरूप सात वटा झुण्डिएका सिक्री बनाए।
18
स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई हरेक सिक्रीको जालीका चारैपट्टि तिनले दुई लहर बुट्टादार दारिमहरू बनाए। तिनले हरेक स्तम्भ-शिरमा पनि त्यस्तै गरे।
19
दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फूलको आकारका चार हात अल्गा थिए।
20
दुवै स्तम्भका स्तम्भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्तम्भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए।
21
तिनले मन्दिरका दलानका अगाड़ि ती दुई स्तम्भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्तम्भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे।
22
तिनका स्तम्भ-शिर लिली फूलका आकारका थिए। यसरी स्तम्भहरूको काम सिद्धियो।
23
तिनले साँचोमा ढालेर बनाइएको धातुको एउटा गोलाकार विशाल खड्कुँलो बनाए। त्यसको बिट एक किनारदेखि अर्को किनारसम्म दश हात थियो, र त्यो पाँच हात अल्गो थियो। त्यसको वरिपरि फेरो नाप्नलाई तीस हातको नाप्ने फित्ता चाहिन्थ्यो।
24
त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि लौका, एक हातमा दश वटा, दुई लहरका थिए। खड्कुँलो र लौका एउटै टुक्रा धातुबाट बनिएका थिए।
25
त्यो खड्कुँलो बाह्र वटा साँढ़ेहरूमाथि राखिएको थियो— तीन वटा उत्तरतिर फर्केका, तीन वटा पश्चिमतिर फर्केका, तीन वटा दक्षिणतिर फर्केका र तीन वटा पूर्वतिर फर्केका थिए। तिनका पछिल्ला भाग भित्रपट्टि फर्केका थिए। त्यो खड्कुँलोचाहिँ तिनीहरू माथि थियो।
26
त्यसको चौड़ाइ चार अङ्गुल थियो, र त्यसको बिटचाहिँ कचौराको बिटजस्तै फक्रेको लिली फूलजस्तै थियो। त्यसमा प्राय: चवालीस हजार लिटर पानी अटाउँथ्यो।
27
तिनले काँसाका दश वटा आधारहरू पनि बनाए। प्रत्येक चार हात लामो, चार हात चौड़ा र तीन हात अल्गो थियो।
28
ती गुड्ने आधारहरू यसरी बनाइएका थिए: तिनका वरिपरिका पाटाहरू ठाड़ा फ्रेममा जोड़िएका थिए।
29
ती पाटाहरू र फ्रेमहरूमा पनि सिंहहरू, साँढ़ेहरू र करूबहरू थिए— फ्रेममाथि पनि।
30
प्रत्येक गुड्ने टेकामा काँसाका धुरा भएका चार वटा काँसाका चक्काहरू थिए। हरेकमा चार टेकामा अड़ेको एक बाटा थियो, जसका वरिपरि ढलौटे मालाहरू थिए।
31
गुड्ने आधारभित्र खुला भाग थियो, जसको गोलाकार एक हात गहिरो गोला फ्रेम थियो। यसको खुला भाग गोलाकार थियो, र यसको तल्लो भागसमेत डेढ़ हात चौड़ा थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गुड्ने आधारका पाटाहरू गोला होइन तर वर्गाकार थिए।
32
ती चारै वटा चक्काहरू पाटाहरूका मुन्तिर थिए। चक्काहरूका धुराहरू गुड्ने आधारसँगै गाँसिएका थिए। हरेक चक्काको उचाइ डेढ़ हात थियो।
33
चक्काहरू रथका चक्काजस्तै बनाइएका थिए। तिनका धुरा, बिट, सुइरा र नाभिहरू सबै ढालेर बनाइएका धातुका थिए।
34
प्रत्येक गुड्ने आधारका चार वटा समात्ने बीँड़हरूचाहिँ एक-एक कुनामा थिए। ती गुड्ने आधारबाट बाहिर निस्केका थिए।
35
हरेक गुड्ने आधारका वरिपरि टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो। गुड्ने आधारका टेकाहरू र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए।
36
पाटाहरूमा जहाँ-जहाँ खाली ठाउँ थिए, त्यहाँ-त्यहाँ तिनले करूबहरू, सिंहहरू र खजूरका बोटहरू र त्यसका वरिपरि मालाहरू कुँदेर बनाए।
37
यसरी नै तिनले ती दश वटा गुड्ने आधारहरू बनाए। ती सबै एउटै नाप र एउटै आकार भएका साँचोमा ढालेर बनाइएका थिए।
38
त्यसपछि तिनले काँसाका दश वटा बाटाहरू बनाए। प्रत्येक आठ सय असी लिटर पानी अटाउने र नापमा चार हात बराबर थियो। ती दशै वटा गुड्ने आधारका निम्ति एउटा-एउटा बाटा थियो।
39
तिनले पाँच वटा गुड्ने आधारहरू मन्दिरको दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। अनि पानीको खड्कुँलोचाहिँ मन्दिरको दक्षिणतिर, दक्षिण-पूर्वको कुनामा राखे।
40
तिनले बाटा र बेल्चाहरू र अरू विशेष छर्कने बाटाहरू बनाए। यसरी हुरामले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि आफ्नो जिम्मामा लिएका सबै काम सिद्ध्याए:
41
दुई स्तम्भहरू, स्तम्भका टुप्पामा कचौराको आकारका दुई स्तम्भ-शिर स्तम्भमाथिका स्तम्भ-शिरहरू सजाउने दुई बुट्टादार जालीहरू,
42
दुई जालीहरूका निम्ति चार सय दारिमहरू (दुई स्तम्भहरूका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई लहर दारिमहरू),
43
दश वटा गुड्ने आधारहरू, तिनका दश वटा बाटाहरूसमेत,
44
एउटा विशाल खड्कुँलो र त्यसको मुन्तिर बाह्र वटा साँढ़ेहरू,
45
भाँड़ाहरू, बेल्चाहरू र छर्कने बाटाहरू। यी सबै चीजहरू, जो हुरामले परमप्रभुका मन्दिरको निम्ति सोलोमन राजाको लागि बनाएका थिए, टल्काइएका काँसाका थिए।
46
राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बीचमा साँचाहरूमा ढालेर बनाउन लगाएका थिए।
47
सोलोमनले यति धेरै चीजहरू बनाए कि ती नजोखी नै राखे। ती बनाउनलाई प्रयोग गरिएका काँसाको ओजन निधो गरिएन।
48
सोलोमनले परमप्रभुको मन्दिरका जम्मै सजाउने सामानहरू पनि बनाए: सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबिल,
49
कञ्चन सुनका सामदान भित्री पवित्रस्थानको सामु दाहिनेपट्टि पाँच वटा र देब्रेपट्टि पाँच वटा, फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू,
50
कञ्चन सुनका भाँड़ाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्दा भित्री कोठा, अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका लागि र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्टाहरू।
51
जब सोलोमन राजाले परमप्रभुका मन्दिरको निम्ति सबै काम गरेर सके, तब तिनले आफ्ना पिता दाऊदले समर्पण गरेका थोकहरू, अर्थात् चाँदी, सुन र सजाउने सामानहरू ल्याएर परमप्रभुका मन्दिरको भण्डारमा राखे।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22