bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 1
Deuteronomy 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 2 →
1
सूपको सामुन्नेको अराबामा, पारान र तोफेल, लाबान, हसेरोत र दीसाहाबका बीचमा यर्दन पारि पूर्वपट्टिको उजाड़-स्थानमा समस्त इस्राएलीहरूलाई मोशाले भनेका वचन यी नै हुन्।
2
(सेइर पर्वतको बाटो भएर होरेबबाट कादेशबर्नेसम्म जान एघार दिन लाग्छ।)
3
चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिनमा जे-जे आज्ञा परमप्रभुले मोशालाई इस्राएलीहरूका निम्ति दिनुभएको थियो, ती सबै कुरा तिनीहरूलाई मोशाले भने।
4
हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई र एद्रईमा अस्तारोतमा राज्य गर्ने बाशानका राजा ओगलाई तिनले जितेपछि यो भएको थियो।
5
यर्दन पारि पूर्वपट्टि मोआब देशमा मोशाले यसो भनेर यस व्यवस्थाको विवरण गर्न लागे:
6
होरेबमा परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यसो भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेका धेरै दिन भइसक्यो।
7
अब तिमीहरूले शिविर तोड़ेर आफ्नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्म, लेबनानसम्म र महानदी यूफ्रेटिससम्मै जाओ।
8
हेर, यो देश मैले तिमीहरूलाई दिएको छु। त्यहाँ प्रवेश गरेर त्यो देश अधिकार गर, जुन देश परमप्रभुले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिनीहरू र तिनीहरूका भावी सन्तानलाई ‘म दिन्छु’ भनी प्रतिज्ञा गर्नुभएको थियो।”
9
त्यस बेला मैले तिमीहरूलाई भनें, “म एकलै तिमीहरूको भार उठाउन सक्दिनँ।
10
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई वृद्धि गर्नुभएको छ, र आज तिमीहरू आकाशका ताराझैँ असंख्य भएका छौ।
11
परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून् र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष् देऊन्!
12
तर म कसरी तिमीहरूका समस्याहरू, बोझहरू र झैँझगड़ाहरू एकलै बोक्न सक्छु र?
13
तिमीहरूको हरेक कुलबाट बुद्धिमान्, समझदार र अनुभवी मानिसहरू तिमीहरूले छान, अनि म तिनीहरूलाई तिमीहरूका नायक नियुक्त गर्नेछु।”
14
तिमीहरूले मलाई भन्यौ, “तपाईंले दिनुभएको सुझाव असल छ।”
15
यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्ति कुलनायकहरू पनि नियुक्त गरें।
16
त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ: “तिमीहरूका भाइहरूका बीच भएका झगड़ा सुन र ठीक-ठीक न्याय गर, चाहे त्यो झगड़ा इस्राएली भाइहरूको होस् अथवा तिनीहरूमध्ये एक जना र एक जना विदेशीको बीचमा होस्।
17
न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्छेसँग नडराओ, किनकि न्यायको फैसला त परमेश्वरको हातमा हुन्छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्याओ, र म त्यो सुन्नेछु।”
18
त्यस बेला तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले तिमीहरूलाई आज्ञा गरें।
19
त्यसपछि हामीहरू होरेबबाट हिँड़ेर परमप्रभु हाम्रा परमेश्वरको आज्ञाबमोजिम त्यो तिमीले देखेको विशाल र महाभयङ्कर उजाड़-स्थानबाट भएर एमोरीहरू बस्ने पहाड़ी देशतिर लाग्यौं। त्यसपछि हामी कादेश-बर्नेमा आइपुग्यौं।
20
अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ।
21
हेर, परमप्रभु तिमीहरूका परमेश्वरले त्यो देश तिमीहरूलाई सुम्पिदिनुभएको छ। परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले भन्नुभएझैँ गएर त्यो अधिकार गर। तिमीहरू नडराओ, निराश नहोओ।”
22
अनि तिमीहरू सबैले मकहाँ आएर भन्यौ, “भेद लिनलाई हाम्रा अगि मानिसहरू पठाऔं। त्यस देशमा हामी कुन बाटो जानुपर्ने हो र कुन-कुन सहरमा आइपुग्नेछौं भन्ने खबर तिनीहरूले हामीकहाँ ल्याउनेछन्।”
23
यो कुरो मलाई बेस लाग्यो। अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छानें।
24
तिनीहरू पहाड़तर्फ लागे र एश्कोलको बेँसीमा पुगेर त्यसको पूरा भ्रमण गरे।
25
तिनीहरूले त्यस देशका कतिपय फलफूल ल्याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्वरले दिनुहुने त्यो देश उत्तम रहेछ” भन्ने खबर तिनीहरूले दिए।
26
तर तिमीहरू त्यहाँ जान मानेनौ। परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्धमा तिमीहरू गयौ।
27
आफ्ना पालहरूमा गनगनाएर तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई तिरस्कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो।
28
हामी कता जान सक्छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा ठूला र अल्गा छन्। उनीहरूका सहरहरू ठूला छन् र आकाशसम्मै पर्खाल लाएका छन्। हामीहरूले त्यहाँ अनाकीहरूलाई पनि देख्यौं’।”
29
तब मैले तिमीहरूलाई भनें, “भयभीत नहोओ। उनीहरूसँग नडराओ।
30
तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका निम्ति लड्नुहुनेछ।
31
उजाड़-स्थानमा तिमीहरू हिँड़ेका सारा बाटोभरि बुबाले आफ्नो छोरालाई बोकेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू यहाँ आई नपुगुञ्जेलसम्म कसरी तिमीहरूलाई बोकेर ल्याउनुभएको थियो, सो तिमीहरूले त्यहाँ देखेका थियौ।”
32
त्यसो भए तापनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरमाथि भरोसा राखेनौ,
33
जो तिमीहरूका निम्ति डेरा हाल्ने ठाउँ खोज्न र तिमीहरू जानुपर्ने बाटो देखाउन राती आगो र दिउँसो बादलमा यात्राभरि अगिअगि जानुभयो।
34
तिमीहरूका गनगन सुनेर परमप्रभु क्रोधित हुनुभयो, अनि यसो भनेर प्रण गर्नुभयो,
35
“यस दूषित पुस्ताको एक जनाले पनि मैले तिमीहरूका पिता-पुर्खालाई दिन्छु भनी प्रतिज्ञा गरेको त्यो असल देश देख्नेछैन।
36
यपुन्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। त्यसले टेकेको भूमि म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु, किनकि त्यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”
37
तिमीहरूले गर्दा परमप्रभु मसित पनि रिसाएर भन्नुभयो, “तँ पनि त्यहाँ प्रवेश गर्न पाउनेछैनस्।
38
तर तेरो सहायक नूनको छोरो यहोशू त्यहाँ प्रवेश गर्नेछ। तैंले त्यसलाई उत्साह दिनू, किनकि त्यसले त्यस देशलाई इस्राएलीहरूको अधिकारमा पार्नेछ।
39
तिमीहरूका बालबच्चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्यौ, बरु ती असल र खराब नजान्ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्यहाँ प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र त्यो तिनीहरूले अधिकार गर्नेछन्।
40
तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिरै जाओ।”
41
तब तिमीहरूले मलाई भन्यौ, “हामीले परमप्रभुको विरुद्ध पाप गरेका छौं। परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार हामी गएर लड्नेछौं।” यस पहाड़ी देशमा उक्लनु सहज कुरो ठानेर तिमीहरू प्रत्येकले आ-आफ्ना हतियार भिर्यौ।
42
तर परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘उक्लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्ना शत्रुहरूका सामुन्ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”
43
यो कुरो मैले तिमीहरूलाई भनें, तर तिमीहरूले सुन्दै सुनेनौ। तिमीहरू परमप्रभुको आज्ञाको विरुद्धमा गयौ, र ढीट भएर पहाड़ी देशमा उक्ल्यौ।
44
अनि पहाड़मा बस्ने एमोरीहरूले तिमीहरूका मुकाबिला गरे, र मौरीको हूलले मानिसलाई खेदेझैँ तिमीहरूलाई खेदे, र सेइरदेखि होर्मासम्म उनीहरूले तिमीहरूलाई परास्त गरे।
45
अनि तिमीहरू फर्केर आई परमप्रभुको सामुन्ने रोयौ, तर उहाँले तिमीहरूको रोदन सुन्नुभएन, ध्यान पनि दिनुभएन।
46
यसकारण तिमीहरूले त्यहाँ कादेशमा धेरै दिन बिताउनुपर्यो।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
Recommended Reading
Commentary
Deuteronomy Commentaries
→
Devotional
Deuteronomy Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→