bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 17
Deuteronomy 17
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
1
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै खोट अथवा दाग लागेको गोरु अथवा भेड़ा बलि नगर्नू, किनभने उहाँको निम्ति त्यो घृणित हो।
2
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्ने कोही स्त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्वरको करार भङ्ग गरी
3
उहाँको नजरमा दुष्ट काम गरेको तिमीहरूले चाल पायौ भने,
4
तिमीहरूले त्यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्य रहेछ र यस्तो घृणित काम इस्राएलमा भएकै रहेछ भने,
5
यस्तो दुष्ट काम गर्ने पुरुष वा स्त्रीलाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू।
6
मारिने व्यक्तिलाई दुई वा तीन साक्षीको गवाहीमा मात्रै मार्नू। एउटै साक्षीको गवाहीमा कसैलाई नमार्नू।
7
त्यसलाई मार्न साक्षीहरूले नै सबैभन्दा पहिले हात उठाऊन्। त्यसपछि अरू मानिसहरूले हात उठाऊन्। तिमीहरूले आफ्ना बीचबाट दुष्टतालाई खतम गर्नुपर्छ।
8
कुनै हत्याकाण्ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्यो भने, परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जानू।
9
पूजाहारीहरूकहाँ जानू, जो लेवी हुन्, र तिनीहरूलाई सोध्नू, अनि तत्कालीन न्यायकर्ताकहाँ गएर परामर्श लिनू।
10
परमप्रभुले छान्नुहुने ठाउँमा तिनीहरूले तिमीहरूलाई दिएका निर्देशनअनुसार सबै कुरा गर्नलाई ध्यान दिनू।
11
तिनीहरूले सिकाएको व्यवस्था र दिएका निर्णयअनुसार तिमीहरूले गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुराहरूबाट दायाँबायाँ नलाग्नू।
12
शेखी गरेर त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरको सेवामा उपस्थित रहने पूजाहारी वा न्यायकर्ताको अपमान गर्ने मानिसलाई तिमीहरूले मार्नू। तिमीहरूले यसरी इस्राएलबाट खराबीलाई खतम गर्नुपर्छ।
13
सबै मानिसहरूले यो सुन्नेछन् र डराउनेछन्, अनि फेरि अपमान गर्नेछैनन्।
14
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा पुगेर त्यो अधिकार गरी त्यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्यौ भने,
15
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको व्यक्तिलाई नै तिमीहरूले निश्चय गरेर आफ्ना राजा मान्नू। तिनी तिमीहरूका दाजुभाइमध्येबाट एक जना हुनुपर्छ। एउटा विदेशीलाई तिमीहरूमाथि नखटाउनू, जोचाहिँ एउटा इस्राएली भाइ होइन।
16
ती राजाले असंख्य घोड़ाहरू नबटुलून्, वा अझ धेरै घोड़ाहरू ल्याउनलाई मानिसहरूलाई मिश्रमा फर्कन नलाऊन्, किनभने त्यो बाटो फेरि फर्केर नजानू भनी परमप्रभुले तिमीहरूलाई भन्नुभएको छ।
17
तिनले आफ्नो लागि धेरै पत्नीहरू जम्मा नगरून्, नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति सुनचाँदीको थुप्रो पनि नलगाऊन्।
18
जब तिनी आफ्नो राजसिंहासनमा बस्छन्, तब पूजाहारीहरू, जो लेवी हुन्, तिनीहरूसित भएको व्यवस्थाको एक प्रति नकल एउटा पुस्तकमा तिनले उतारून्।
19
त्यस व्यवस्थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्तक तिनीसँग रहोस् र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्ना परमेश्वरको डर मान्न सिकून्।
20
तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्ठ नठानून्, र व्यवस्थाबाट तर्केर दाहिने वा देब्रे नलागून्। यसरी तिनी र तिनका सन्तानले लामो समयसम्म इस्राएलमा तिनको राज्यमाथि शासन गर्नेछन्।
← Chapter 16
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 18 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34