bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 22
Deuteronomy 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 23 →
1
आफ्नो दाजुभाइको गोरु वा भेड़ा यताउता लागेको देखेर पनि नदेखेको जस्तै नगर। त्यसलाई तिम्रो दाजुभाइकहाँ लगिदेऊ।
2
तर त्यो भाइ नजिक बस्दैन वा तिमीले त्यसलाई चिनेका छैनौ भने, त्यसको पशुलाई त्यो खोज्न नआएसम्म सो आफ्नो घरमा ल्याएर राख। त्यसपछि त्यो पशु भाइलाई फर्काई देऊ।
3
आफ्नो दाजुभाइको गधा वा लुगा वा त्यसले हराएको जेसुकै पायौ भने त्यसै गर्नू र चूप लागेर नबस्नू।
4
आफ्नो दाजुभाइको गधा वा गोरु बाटोमा लोटेको देखेर पनि नदेखेको जस्तै नगर। तर त्यसलाई उठाउन भाइलाई मदत गर।
5
पुरुषले लाउने लुगा स्त्रीले लाउनुहुँदैन, र स्त्रीको लुगा पनि पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
6
बाटोको छेउमा रूख अथवा भूइँमा कतै बचरा वा फुलमा माउ बसिरहेको गुँड़ भेट्यौ भने, बचरासँगै माउलाई नलैजाओ।
7
माउलाई छोड़ेर बचरा तिमीहरू लान सक्छौ। यसो गर्नु, ताकि तिमीहरूलाई कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
8
नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ, र त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछैन।
9
दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्जनीसमेत दुवै अशुद्ध हुनेछन्।
10
गोरु र गधा सँगै नारेर जोत्नुहुँदैन।
11
ऊन र सूती मिसाएर बुनेको लुगा लगाउनुहुँदैन।
12
तिमीहरूले लाउने लुगाको चारै कुनामा झुम्का लगाओ।
13
कसैले विवाह गरेर पत्नीकहाँ जाँदा त्यसलाई ठीक लागेन,
14
र बदनाम गराउने नियतले स्त्रीलाई कुकर्मको दोष लगाउनलाई “मैले ल्याएकी पत्नीसँग सुत्दा त्यसमा कन्ये-केटीको गुण पाइनँ” भनेछ भने,
15
त्यस कन्याका आमा-बुबाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ छोरीको कुमारीत्वको प्रमाण ल्याऊन्।
16
तब त्यस केटीको बुबाले धर्म-गुरुहरूलाई यसो भनोस्, ‘मैले मेरी छोरी यस मानिसलाई दिएँ, तर त्यसले यसलाई तिरस्कार गर्छ।
17
‘मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ’ भनेर यस मान्छेले अभियोग लगाउँदैछ, तर यसको कुमारीत्वको प्रमाण यहाँ छ।’ तब केटीका बुबाले धर्म-गुरुहरूका सामुन्ने त्यो लुगा फिँजाओस्।
18
अनि सहरकै धर्म-गुरुहरूले त्यसलाई लगेर सजाय देऊन्,
19
र इस्राएलको एक कन्यामाथि कलङ्क लगाएकोले त्यसले केटीको बुबालाई चाँदीका एक सय सिक्का जरिमाना तिरोस्, र केटीचाहिँ त्यसकी पत्नी भइरहोस्। त्यो बाँचुञ्जेल त्यसले त्यस केटीलाई त्याग्न पाउनेछैन।
20
तर यदि दोष सत्य ठहरियो र त्यस केटीमा कुमारीत्वको सबूत पाइएन भने,
21
बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्यसलाई बुबाकै घरको ढोकामा ल्याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्। तिमीहरूले तिमीहरूका मध्येबाट यस्तो खराबी हटाउनुपर्छ।
22
कोही पुरुष अर्काकी पत्नीसँग सम्भोग गरिरहेको फेला पर्यो भने, त्यससँग सुत्ने त्यो पुरुष र त्यो स्त्री दुवैलाई मार्नुपर्छ। तिमीहरूले इस्राएलबाट यस्तो खराबी हटाउनुपर्छ।
23
मगनी भएकी केटीलाई कुनै पुरुषले भेटेर सहरभित्रै त्यससँग सम्भोग गरेको फेला पर्यो भने,
24
ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्च्याएकीले त्यस स्त्रीलाई मार्नू, र आफ्नो दाजुभाइकी पत्नीको सतीत्व नष्ट पारेकोले त्यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्ना बीचबाट यस्तो खराबी हटाउनुपर्छ।
25
तर कुनै पुरुषले मगनी भएकी केटीलाई बाहिर निर्जन स्थानमा भेटाएर बलात्कार गर्यो भने त्यस पुरुषलाई मात्र मार्नू।
26
तर त्यस केटीलाई चाहिँ केही नगर्नू, किनभने मारिने योग्यको कुनै पाप त्यसले गरेकी होइन। किनभने योचाहिँ कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरेर मारेको जस्तै हो।
27
किनभने त्यस मगनी भएकी केटीले चिच्च्याउँदा पनि निर्जन स्थानमा बलात्कार हुँदा त्यसलाई बचाउने त्यहाँ कोही थिएन।
28
कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्कार गरेको फेला पर्यो भने,
29
त्यस पुरुषले त्यस केटीको बुबालाई चाँदीका पचास सिक्का दिनुपर्छ। त्यस पुरुषले त्यस केटीलाई बलात्कार गरेको हुनाले त्यसलाई आफ्नो पत्नी बनाउनुपर्छ, र त्यसलाई जीवनभरि त्याग्न पाउनेछैन।
30
कुनै मानिसले आफ्नो बुबाकी पत्नीलाई नराखोस्, र बुबाको ओछ्यानको अनादर नगरोस्।
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34