bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 15
Deuteronomy 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
1
प्रत्येक सात वर्षको अन्तमा कर्जा-माफीको समय राख्नुपर्छ।
2
त्यो यसरी गरिनेछ: हरेक ऋणदाताले आफ्नो नाता-भाइ इस्राएलीलाई दिएको ऋण छोड़िदेओस्। त्यसले आफ्नो स्वदेशी दाजुभाइलाई ऋण फर्काउन बाध्य नगरोस्, किनकि परमप्रभुको कर्जा-माफीका समयको घोषणा भएको छ।
3
परदेशीलाई चाहिँ कर गरेर माग्न सक्छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ।
4
मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन,
5
किनभने तिमीहरूको अधिकारमा दिनुहुने देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त आशिष् दिनुहुनेछ।
6
आफ्नो प्रतिज्ञाअनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ, र तिमीहरूले अनेक जातिलाई कर्जा दिनेछौ, तर तिमीहरूले चाहिँ कर्जा लिनुपर्नेछैन। तिमीहरूले धेरै जातिलाई शासन गर्नेछौ, तर उनीहरूले तिमीहरूमाथि शासन गर्नेछैनन्।
7
यदि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्यस गरीब भाइप्रति निष्ठुर भएर आफ्नो मुट्ठी नबाँध्नू।
8
बरु आफ्नो मुट्ठी खोलेर त्यसको खाँचोअनुसार जे-जति चाहिन्छ सापट दिनू।
9
होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्यो भन्ने कुभावना मनमा राखेर आफ्नो गरीब दाजुभाइलाई गोहार गर्न इन्कार गर्यो, भने त्यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्नेछ।
10
तिमीहरूले त्यसलाई निस्सङ्कोच दिनू, त्यसलाई दिँदा तिमीहरूको मनमा कष्ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्वरले सबै काममा र तिमीहरूले हात हाल्ने हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
11
देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
12
यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्यसलाई मुक्त भएर जान दिनू।
13
त्यो मुक्त भएर जाँदा त्यसलाई रित्तै हात नपठाउनू,
14
तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार आफ्ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्तसँग दिएर त्यसलाई पठाउनू।
15
मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्झना गर। त्यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।
16
तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्नँ” भन्यो भने,
17
एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेड्नू, र त्यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्नी कमारीलाई पनि त्यसै गर्नू।
18
त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।
19
तिमीहरूका गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएको हरेक बाछो वा पाठो परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति अलग गर्नू। आफ्ना गाईबस्तुको पहिले बियाएकाबाट केही काम नलिनू, र आफ्ना पहिले बियाएका भेड़ाको ऊन नकत्रनू।
20
जुन स्थान परमप्रभुले चुन्नुहुन्छ त्यहाँ तिमीहरूले आफ्ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने त्यो खानू।
21
कुनै पशु लङ्गड़ा वा अन्धो भए, अथवा अरू कुनै प्रकारको खोट त्यसमा भए त्यसलाई परमप्रभु आफ्ना परमेश्वरको लागि बलि नगर्नू।
22
आफ्नो सहरमै त्यो खानू। हरिण वा मृगको मासु खाएझैँ विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्तिले त्यो खान सक्छ।
23
केवल त्यसको रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34