bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 16
Deuteronomy 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
1
आबीब महिनाको सम्झना राखेर परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़ मान्नू, किनभने आबीब महिनामै उहाँले तिमीहरूलाई राती मिश्रबाट निकाली ल्याउनुभयो।
2
जुन ठाउँ परमप्रभुले आफ्नो नाउँको निम्ति वासस्थान बनाउन छान्नुहुन्छ, त्यहीँ नै परमप्रभु आफ्ना परमेश्वरको निम्ति भेड़ाबाख्रा र गाईबस्तुबाट निस्तार-चाड़को बलि चढ़ाउनू।
3
खमिर हालेको रोटीसँग त्यो नखानू। सात दिनसम्म अखमिरी रोटी खानू। यो कष्टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्लेर आएको तिमीहरूले जीवनभरि सम्झना राख्नलाई यो खानुपरेको हो।
4
सात दिनसम्म तिमीहरूको देशभित्र आफूसँग भएका कुनै खमिर नभेटिओस्। तिमीहरूले पहिलो दिनको बेलुकी बलि चढ़ाएको पशुको मासु रातभरि राखेर बिहानसम्म नरहोस्।
5
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा निस्तार-चाड़को बलि नचढ़ाउनू।
6
तर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुने ठाउँमा नै सूर्यास्तको समयमा तिमीहरू मिश्रबाट प्रस्थान गरेको बेलामा निस्तार-चाड़को बलि चढ़ाउनू।
7
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यो पोलेर खानू, र बिहान फर्केर आ-आफ्नो पालमा जानू।
8
छ दिनसम्म अखमिरी रोटी खानू, अनि सातौँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति एउटा सभा राख्नू। त्यस दिन केही काम नगर्नू।
9
पाकेको बाली काट्न सुरु गर्ने समयदेखि सात साता गन्नू।
10
तब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार राजीखुशीको बलि चढ़ाएर परमप्रभु आफ्ना परमेश्वरको निम्ति साताहरूका चाड़ मान्नू।
11
परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थान बनाउन छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्ने विधवाहरू सबैले आफ्ना परमेश्वरको सामु आनन्द मनाउनू।
12
याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर।
13
आफ्नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड़ मान्नू।
14
तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्द मनाउनू।
15
परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा सात दिनसम्म उहाँको निम्ति चाड़ मान्नू, किनभने उहाँले नै तिमीहरूका उब्जनी र कामकाजमा तिमीहरूलाई आशिष् दिनुहुनेछ र तिमीहरूको आनन्द पूरा हुनेछ।
16
जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुनेछ, त्यहाँ वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुष उहाँको सामुन्ने देखा परून्: अखमिरी रोटीको चाड़मा, साताहरूको चाड़मा र छाप्रो-वासको चाड़मा। परमप्रभुको सामु कोही रित्तै हात देखा नपरोस्।
17
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्।
18
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्नो कुलअनुसार न्यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्पक्ष इन्साफ गर्नेछन्।
19
न्याय भ्रष्ट नगर, पक्षपात नगर। घूस नलेओ, किनकि घूसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ र धर्मी जनको वचन बङ्ग्याइदिन्छ।
20
न्यायलाई पछ्याओ, न्यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक।
21
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको निम्ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्बा खड़ा नगर्नू।
22
तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34