bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 21
Deuteronomy 21
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
1
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशको कुनै मैदानमा लाश फेला पर्यो र हत्याराको निधो भएन भने,
2
धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि कुनचाहिँ सहर निकटतम छ त्यो पत्ता लगाऊन्।
3
उक्त सहरका धर्म-गुरुहरूले काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिएर
4
त्यसलाई नजोतिएको र बीउ नछरेको उपत्यकामा कुनै खोलानेर लगेर त्यसको घाँटी भाँचिदिनुपर्छ।
5
तब परमप्रभु परमेश्वरको सेवा गर्न र उहाँको नाउँमा आशीर्वाद दिन र हरेक झैँझगड़ा मिलाइदिने कामको निम्ति उहाँले छान्नुभएको हुनाले लेवीका सन्तानका पूजाहारीहरू त्यहाँ आऊन्।
6
त्यस लाशको निकटतम सहरका सबै धर्म-गुरुहरूले खोलामा घाँटी भाँचेका कोरलीमाथि आफ्ना हात धोऊन्।
7
तिनीहरूले यसो भनून्, “यो हत्या हाम्रा हातले गरेको होइन, न त हाम्रा आँखाले त्यो हुँदैगरेको देखे।
8
हे परमप्रभु, तपाईंले छुटकारा दिनुभएको तपाईंको प्रजा इस्राएलको निम्ति यो प्रायश्चित ग्रहण गर्नुहोस्, र आफ्नो प्रजा इस्राएललाई यो निर्दोषका हत्याको दोष नलागोस्।” अनि यो हत्याको प्रायश्चित पूरा हुनेछ।
9
यसरी परमप्रभुको दृष्टिमा तिमीहरूले उचित काम गरेकाले आफ्ना बीचबाट त्यो निर्दोषका हत्याको दोष हटाउनेछौ।
10
तिमीहरूका शत्रुहरूका विरुद्धमा युद्धमा जाँदा परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका हातमा शत्रुहरू सुम्पेर उनीहरूलाई युद्धबन्दी बनाइ ल्याउँदा,
11
कैदीहरूमध्ये कुनै एउटी सुन्दरी स्त्रीलाई तिमीले देखेर मन परायौ भने, तिमीले त्यसलाई पत्नी बनाउन सक्छौ।
12
त्यसलाई आफ्नो घरमा लैजाऊ र त्यसलाई आफ्नो कपाल खौरन र नङ काट्न लगाऊ,
13
र कैदमा पर्दा त्यसले लगाएको लुगा फेर्न लगाऊ। तिम्रो घरमा बसी पूरा एक महिनासम्म त्यसले आफ्ना बुबा-आमाको निम्ति विलाप गरेपछि तिमी त्यसकहाँ जान सक्छौ र त्यसको पति बन्न सक्छौ, र त्यो तिम्री पत्नी हुन्छे।
14
पछि त्यो स्त्री तिमीलाई मन परेन भने, त्यसलाई जहाँ इच्छा लाग्छ जान देऊ। तिमीले त्यसलाई बेच्नुहुँदैन वा त्यसलाई कमारीलाई जस्तो गरी व्यवहार गर्नुहुँदैन, किनकि तिमीले त्यसको सतीत्व नष्ट पारेका छौ।
15
यदि कुनै मान्छेका दुई पत्नी छन्, एउटी प्रिय र अर्की अप्रिय र ती दुवैबाट छोरा हुँदा मन नपर्नेले चाहिँ जेठो जन्माई भने,
16
अंशबन्डा लाउँदा मन पर्नेको छोरा भनेर मन नपर्नेको खास जेठो छोरालाई उछिनेर बुबाले कान्छालाई अधिकार दिन पाउनेछैन।
17
तर त्यसले मन नपर्नेको छोरालाई नै आफ्ना सबै धन-सम्पत्तिको दोबर भाग दिएर जेठो हो भनी मान्यता देओस्, किनभने त्योचाहिँ त्यसको बाबुका शक्तिको पहिलो फल हो। जेठो अधिकार त्यसको नै हुनेछ।
18
आफ्ना आमा-बुबाको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताड़ना दिँदा पनि तिनीहरूको कुरा मान्दैन भने,
19
त्यसका आमा-बुबाले त्यसलाई समातेर सहरका धर्म-गुरुहरूकहाँ सहरको मूल ढोकामा लैजाऊन्।
20
तिनीहरूले सहरका धर्म-गुरुहरूलाई यसो भनून्, “यो हाम्रो छोरा ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।”
21
तब त्यस सहरका सबै पुरुषहरूले त्यसलाई मरुञ्जेल ढुङ्गाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्।
22
कुनै मानिसले प्राणदण्ड पाउने पाप गर्दा तिमीहरूले त्यसलाई मारेर त्यसको शरीर रूखमा झुण्ड्यायौ भने,
23
त्यसको लाश रातभरि रूखमा झुण्ड्याएर नराख्नू, तर त्यही दिन त्यसलाई गाड़िहाल्नू, किनभने जो झुण्ड्याइन्छ त्यो परमेश्वरबाट श्रापित हुन्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देश अशुद्ध नपार।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
Recommended Reading
Commentary
Deuteronomy Commentaries
→
Devotional
Deuteronomy Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→