bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 3
Deuteronomy 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 4 →
1
त्यसपछि हामीहरू बाशानतिर लाग्यौं। एद्रईमा बाशानका राजा ओग आफ्ना सबै फौज लिई हामीसित लड़ाइँ गर्न आए।
2
परमप्रभुले मलाई भन्नुभयो, “त्यससँग नडराओ, किनकि त्यसलाई, त्यसका सबै फौज र त्यसको देशसमेत, मैले तिमीहरूका हातमा सुम्पिदिएको छु। तिमीहरूले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनलाई जसो गर्यौ त्यसलाई पनि त्यसै गर।”
3
अनि परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओग र उनका सबै फौजलाई हाम्रा हातमा सुम्पिदिनुभयो। हामीले एउटै पनि नछोड़ी सबैलाई मार्यौं।
4
त्यसै बेला हामीले एउटै नछोड़ी उनका सबै साठी सहरहरू कब्जा गर्यौं, बाशानमा ओगको राज्य अर्गोबको सम्पूर्ण इलाकासमेत।
5
यी सबै सहरहरू अग्ला-अग्ला पर्खालले घेरिएका, आग्लाहरू र मूल ढोकाहरू भएका थिए। यीबाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए।
6
अनि हेश्बोनका राजा सीहोनलाई गरेझैँ उनीहरूका सबै सहर, पुरुष, स्त्री र बालकहरूलाई सम्पूर्ण रूपले हामीले नाश गर्यौं।
7
तर सबै गाईबस्तु र सहरका धनमालहरू हामीले जीतका सम्पत्ति स्वरूप आफ्नै निम्ति लग्यौं।
8
हामीले त्यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्म यर्दनको पूर्वपट्टिको देश लियौं।
9
(हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्।)
10
तराईका जम्मै सहर र सबै गिलाद र सम्पूर्ण बाशान, बाशानमा भएका ओगका राज्यका सलका र एद्रई सहरहरूसम्मै हामीले लियौं।
11
(रपाईहरूमा बाशानका राजा ओग मात्र जीवित थिए। उनको पलङ्ग फलामको थियो। यो पलङ्ग अझसम्म अम्मोनीहरूको सहर रब्बामा छ। हातको नापअनुसार यो नौ हात लामो र चार हात चौड़ा थियो।)
12
त्यस बेला हामीले त्यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरोएरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा, त्यहाँका सहरहरूसमेत मैले रूबेनी र गादीहरूलाई दिएँ।
13
गिलादको बाँकी भाग र ओगका राज्यको सम्पूर्ण बाशान मैले मनश्शेको आधा कुललाई दिएँ। (बाशानमा भएको अर्गोबको सबै क्षेत्र रपाईहरूको देश भनिन्थ्यो।)
14
मनश्शेका सन्तान याईरले गशूरी र माकातीहरूको सिमानासम्म अर्गोबको सबै इलाका लिए र त्यसलाई आफ्नै नाउँ दिए। यसैले आजसम्म पनि बाशानलाई हब्बात-याईर भनिन्छ।
15
अनि मैले गिलादचाहिँ माकीरलाई दिएँ।
16
तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्म (खोलाको मध्यभाग त्यसको सिमाना थियो), र अम्मोनीहरूको सिमाना, यब्बोक नदीसम्म दिएँ।
17
त्यसको पश्चिमी सिमाना अराबाको यर्दन, किन्नरेतदेखि पिसगाको भीरमुनि रहेको अराबाको समुद्र, अर्थात् खारा समुद्रसम्म थियो।
18
त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरें: “परमप्रभु तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ। तापनि तिमीहरूमध्ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इस्राएली दाजुभाइहरूका अगि जानुपर्छ।
19
तर तिमीहरूका पत्नीहरू, बालबच्चाहरू र पशुहरू मैले दिएका सहरहरूमा रहनेछन्। (तिमीहरूका धेरै पशुहरू छन् भनी मलाई थाहा छ।)
20
परमप्रभुले तिमीहरूलाई झैँ तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्म, र तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन पारि तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्म, तिमीहरूले यसो गर्नू। त्यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्छ।”
21
मैले त्यस बेला यहोशूलाई यस्तो आज्ञा दिएँ: “परमप्रभु तिमीहरूका परमेश्वरले यी दुई राजालाई जसो गर्नुभयो ती सबै तिमीले आफ्ना आँखाले देखेका छौ। अब तिमीहरू पारि जाँदा ती सबै राज्यहरूलाई पनि परमप्रभुले त्यसै गर्नुहुनेछ।
22
उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूका निम्ति लड्नुहुनेछ।”
23
अनि त्यस बेला मैले परमप्रभुलाई यसरी बिन्ती चढ़ाएँ:
24
“हे परमप्रभु परमेश्वर, तपाईंले आफ्नो दासलाई आफ्नो महानता र आफ्नो पराक्रम देखाउन लाग्नुभएको छ, किनभने स्वर्ग र पृथ्वीमा कुन ईश्वर छ, जसले तपाईंका जस्तै काम र प्रतापी कार्य गर्न सक्छ?
25
मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्यो असल भूमि, त्यो सुन्दर पहाड़ी देश र लेबनान म देख्न पाऊँ।”
26
तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभएको थियो, र उहाँले मेरो कुरा सुन्नुभएन। परमप्रभुले मलाई भन्नुभयो, “भयो,” अब यस विषयमा मसँग अरू कुरा नगर्!
27
पिसगाको टाकुरामा उक्ली, अनि उत्तर, दक्षिण, पूर्व, पश्चिम चारैतिर हेर्! आफ्ना आँखाले त्यो देश हेर्, किनकि तैंले यर्दन पार गर्न पाउनेछैनस्।
28
तर यहोशूलाई आज्ञा दे, र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारि लैजानेछ र तैंले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ।”
29
यसकारण हामीहरू बेथ-पोरनेरको बेँसीमा बस्यौं।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34