bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 29
Deuteronomy 29
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 30 →
1
होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको करारका शर्त यी नै हुन्।
2
मोशाले सारा इस्राएलीहरूलाई बोलाएर भने: परमप्रभुले मिश्रदेशमा फारो, उनका सबै अधिकारीहरू र उनका सारा देशमाथि तिमीहरूकै सामुन्ने गर्नुभएका सबै कार्यहरू तिमीहरूले देखेका छौ।
3
ठूला-ठूला कष्टहरू, आश्चर्य चिन्हहरू र ती महान् अचम्मका कामहरू आफ्ना आँखाले देख्यौ।
4
तर आजसम्म परमप्रभुले तिमीहरूलाई बुझ्ने मन, देख्ने आँखा र सुन्ने कान दिनुभएको छैन।
5
मैले चालीस वर्षसम्म तिमीहरूलाई उजाड़-स्थानमा डोर्याउँदा तिमीहरूका शरीरका लुगा पुराना भएनन्, र तिमीहरूका खुट्टाका जुत्ता पनि पुराना भएनन्।
6
तिमीहरूले रोटी खाएनौ र दाखमद्य वा अरू मद्य पनि खाएनौ। म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले बुझ्न सक भनेर मैले यसो गरें।
7
तिमीहरू यस ठाउँमा आइपुग्दा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग हाम्रा विरुद्धमा लड्नलाई निस्केर आए, र हामीले उनीहरूलाई परास्त गर्यौं।
8
अनि हामीले उनीहरूका देश लिएर रूबेनी, गादी र मनश्शेका आधा कुललाई त्यो अंशको रूपमा दियौं।
9
यसकारण यस करारका वचन होशियारीसाथ पालन गर, ताकि जे तिमीहरू गर्छौ ती सबैमा सफल होओ।
10
आज तिमीहरू सबै परमप्रभु तिमीहरूका परमेश्वरको अगि खड़ा छौ— तिमीहरूका नायकहरू र मुखियाहरू, धर्म-गुरुहरू र अधिकारीहरू, र अरू सारा इस्राएलीहरू,
11
तिमीहरूका बालबच्चा र पत्नीहरू र तिमीहरूका छाउनीमा भएका प्रवासी दाउरे र पनेर्नीसमेत।
12
परमप्रभु तिमीहरूका परमेश्वरसँग एउटा करारमा बाँधिनलाई तिमीहरू यहाँ उभिएका छौ, जुन करार परमप्रभुले तिमीहरूसँग आज बाँध्दैहुनुहुन्छ र शपथद्वारा दृढ़ गर्दैहुनुहुन्छ।
13
जसरी उहाँले तिमीहरूलाई प्रतिज्ञा गर्नुभयो र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसँग शपथ खानुभएको थियो, त्यसरी नै उहाँ तिमीहरूका परमेश्वर बन्नलाई र तिमीहरूलाई चाहिँ उहाँको आफ्नै प्रजा हुनलाई परमप्रभुले पक्का गर्दैहुनुहुन्छ।
14
म यो शपथसहितको करार तिमीहरू आज परमप्रभु हाम्रा परमेश्वरको सामु हामीसँग खड़ा हुनेसँग मात्र बाँध्दिनँ,
15
तर आज अब हामीसँग यहाँ नहुनेहरूसित पनि म बाँध्दछु।
16
हामी कसरी मिश्रदेशमा बस्यौं, र यहाँ आइपुग्न हामी अरू देशहरूबाट भएर कसरी पार गर्यौं सो तिमीहरू जान्दछौ।
17
उनीहरूका बीचमा भएका उनीहरूका घृणित काठ, ढुङ्गा, चाँदी र सुनका मूर्तिहरू तिमीहरूले देख्यौ।
18
होशियार! तिमीहरूमध्येका कोही पुरुष वा स्त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होश गर, तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कुनै जरो नहोस्।
19
जब त्यस्तो मानिसले यस शपथका वचनहरू सुन्छ, तब त्यसले आफैलाई आशिष् दिन्छ र सोच्छ, “म आफ्नै बाटो हिँड़िरहे पनि म सुरक्षित रहनेछु।” यसले पानीले सिँचेको जमिनसाथै सुक्खा जमिनमाथि पनि विपत्ति ल्याउँछ।
20
त्यसलाई क्षमा गर्नलाई परमप्रभुले कहिल्यै मन गर्नुहुनेछैन, तर उहाँको रीस र डाहको ज्वाला त्यस मानिसमाथि पर्नेछ। यस पुस्तकमा लेखिएका सबै सराप त्यसमाथि ओइरिनेछन्, र परमप्रभुले त्यसको नाउँ आकाशमुनिबाट मेट्नुहुनेछ।
21
व्यवस्थाको यस पुस्तकमा लेखिएको करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलीहरूका सबै कुलबाट विनाशको निम्ति छुट्ट्याउनुहुनेछ।
22
तिमीहरूका पछि आउने सन्तान र सुदूर देशहरूबाट आएका परदेशीहरूले तिमीहरूको देशमाथि आएका विपत्तिहरू र परमप्रभुले त्यसमाथि ल्याउनुभएका रोगहरू देख्नेछन्।
23
परमप्रभुले आफ्नो डरलाग्दो रीसमा सदोम र गमोरा, अदमा र सबोयीमलाई ध्वंस गर्नुभएको जस्तै समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुनेछ। त्यो केही नरोपेको, केही नउम्रेको र रूखो घाँससम्म पनि नउम्रने बाँझो हुनेछ।
24
सबै जातिहरूले सोध्नेछन्, “परमप्रभुले यस देशलाई किन यसो गर्नुभयो? यो भयानक दन्किने क्रोध किन?”
25
तब जवाफ आउनेछ: “तिनीहरूलाई मिश्रबाट ल्याउनुहुँदा परमप्रभु तिनीहरूका पुर्खाका परमेश्वरले तिनीहरूसँग बाँध्नुभएको करार तिनीहरूले त्यागेकाले हो।
26
तिनीहरू गएर अरू देवताहरूलाई पुजेथे र यिनीहरूका अगि दण्डवत् गरेथे, ती देवताहरू जो तिनीहरूले चिन्दैनथे, जो उहाँले तिनीहरूलाई दिनुभएको थिएन।
27
यसकारण परमप्रभुको क्रोध यस देशमाथि दन्कियो, र यस पुस्तकमा लेखिएका सबै श्रापहरू उहाँले यस देशमाथि खन्याउनुभयो।
28
परमप्रभुले डरलाग्दो रीस र ठूलो क्रोधमा तिनीहरूलाई तिनीहरूको देशबाट उखेल्नुभयो, र अर्को देशमा फालिदिनुभयो, जस्तो आज भएको छ।”
29
प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्। तर हामीले यस व्यवस्थाका सम्पूर्ण वचन पालन गर्नलाई प्रकट भएका कुराहरू हाम्रा र हाम्रा सन्तानका लागि सदाको निम्ति हुन्।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 30 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34