bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 23
Deuteronomy 23
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 24 →
1
लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा पस्नु निषेध छ।
2
निषेध गरिएको विवाहबाट जन्मेको मान्छे परमप्रभुको सभामा पस्नुहुँदैन। दश पुस्तासम्म त्यसको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन।
3
अम्मोनी वा मोआबी परमप्रभुको सभामा पस्न पाउनेछैन। दश पुस्तासम्म उनीहरूको कोही पनि सन्तान परमप्रभुको सभामा पस्न पाउनेछैन।
4
किनभने तिमीहरू मिश्रबाट आउँदा भोजन र पानी दिएर उनीहरूले तिमीहरूलाई स्वागत गरेनन्। उनीहरूले अराम-नाहारैमको पतोरमा बस्ने बओरका छोरा बालामलाई तिमीहरूलाई सराप्न भनी पैसा दिएर बोलाए।
5
तापनि परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन, तर उहाँले त्यो सरापलाई आशिष्मा परिवर्तन गर्नुभयो, किनभने उहाँले तिमीहरूलाई माया गर्नुहुन्छ।
6
तिमीहरूले बाँचुञ्जेल अम्मोनी र मोआबीहरूसँग मित्रताको सन्धि नबनाउनू।
7
कुनै एदोमीहरूलाई तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरू तिमीहरूका दाजुभाइ हुन्। कुनै मिश्रीलाई पनि तिमीहरूले तिरस्कार नगर्नू, किनभने उनीहरूको देशमा तिमीहरू प्रवासी थियौ।
8
उनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तान परमप्रभुको सभामा पस्न पाउनेछन्।
9
तिमीहरू आफ्ना शत्रुहरूसँग लड्न जाँदा छाउनीमा हरेक अशुद्ध कुराबाट जोगिएर बस।
10
कुनै पुरुष स्वप्न-दोषले अशुद्ध भएको छ भने, त्यो छाउनीबाट बाहिर जाओस् र त्यहीँ बसोस्।
11
साँझ हुँदैजाँदा नुहाएर सूर्यास्त भएपछि त्यो छाउनीभित्र आउन सक्छ।
12
दिसा गर्ने ठाउँ छाउनीको बाहिर तोक।
13
तिमीहरूका हतियारसँग खन्ने थोक पनि राख, र दिसा बसिसकेपछि त्यसैले खाल्डो खनेर दिसा पुरिदिनू।
14
किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न र शत्रुहरूलाई अधीन गराउन तिमीहरूको छाउनीमा हिँड्डुल गर्नुहुन्छ। तिमीहरूको छाउनी पवित्र हुनुपर्छ, कि परमप्रभुले तिमीहरूका बीचमा कुनै किसिमको फोहोर देख्नु नपरोस्, नत्रता उहाँ तिमीहरूदेखि फर्किजानुहुन्छ।
15
कुनै कमारा भागेर तिम्रो शरण पर्न आयो भने त्यसलाई त्यसको मालिककहाँ नसुम्प।
16
त्यसले मन पराएको सहरको कुनै भागमा त्यसलाई तिमीहरूका माझमा बस्न दिनू। तिमीहरूले त्यसमाथि अत्याचार नगर्नू।
17
कुनै इस्राएली पुरुष वा स्त्रीले मन्दिरका वेश्याको काम नगरोस्।
18
कुनै भाकल पूरा गर्न वेश्यागमन अथवा पुरुषगमनबाट कमाएर ल्याएको कुनै पैसा परमेश्वरको भवनमा नल्याउनू, किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दुवैलाई घृणा गर्नुहुन्छ।
19
ब्याज कमाउन सक्ने रुपियाँ, भोजन वा अरू कुनै कुरो ऋण दिँदा आफ्नो दाजुभाइबाट ब्याज नलिनू।
20
विदेशीबाट त तिमीहरू ब्याज लिन सक्छौ, तर आफ्ना दाजुभाइ इस्राएलीबाट त होइन, ताकि तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले गर्न लागेको काममा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् देऊन्।
21
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ। नत्रता तिमीहरूलाई पाप लाग्नेछ।
22
तर भाकलै गरेका छैनौ भने तिमीहरूलाई पाप लाग्नेछैन।
23
जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो।
24
तिम्रो छिमेकीको दाखबारीमा पस्यौ भने खान मन लागेको जति दाख खान सक्छौ, तर आफ्नो डालोमा केही नहाल।
25
तिम्रो छिमेकीको खेतबारीमा पस्यौ भने अन्नका बाला हातले टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया चलाउनुहुँदैन।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34