bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 31
Deuteronomy 31
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 32 →
1
तब मोशाले बाहिर गएर सारा इस्राएललाई यी वचनहरू सुनाए:
2
“आज म एक सय बीस वर्ष पुगें। अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिनँ। ‘तँ यर्दन पारि जानेछैनस्’ भनी परमप्रभुले मलाई भन्नुभएको छ।
3
परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अगि पारि जानुहुनेछ। उहाँले तिमीहरूका सामुन्नेबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ, र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभुले भन्नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि पारि जानेछन्।
4
एमोरीहरूका राजाहरू सीहोन र ओगलाई उनीहरूको देशसमेत नाश गर्नुभएझैँ परमप्रभुले उनीहरूलाई पनि नाश गर्नुहुनेछ।
5
परमप्रभुले उनीहरूलाई तिमीहरूको अधीनमा सुम्पिदिनुहुनेछ, र मैले तिमीहरूलाई गरेका सबै आदेशअनुसार तिमीहरूले यिनीहरूसित गर।
6
बलिया र साहसी होओ! यिनीहरूसित नडराओ र त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ।”
7
तब मोशाले यहोशूलाई बोलाएर सारा इस्राएलीहरूका सामुन्ने तिनलाई भने, “बलिया र साहसी होऊ! किनकि परमप्रभुले तिनीहरूका पिता-पुर्खासित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ, र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँड़िदिनुपर्छ।
8
परमप्रभु आफै तिम्रो अगि जानुहुन्छ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन न त त्याग्नुहुनेछ। नडराऊ, निरुत्साह नहोऊ।”
9
अनि मोशाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दूक बोक्ने, लेवी वंशका पूजाहारीहरू र इस्राएलका सबै धर्म-गुरुहरूलाई दिए।
10
तब मोशाले तिनीहरूलाई यस्तो आदेश दिए: “प्रत्येक सात वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा, छाप्रो-वासको चाड़मा,
11
उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इस्राएलीहरू देखा पर्नलाई आउँछन्, तब सारा इस्राएलका अगि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नू।
12
पुरुष र स्त्री, बालक र तिमीहरूका सहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर, र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होशियारीसाथ पालन गर्न सिकून्।
13
यर्दन पारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नुपर्नेछ।
14
अनि परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, तेरो मृत्युको दिन नजिक आइपुग्यो। यसकारण यहोशूलाई बोला, र भेट हुने पालमा तिमीहरू हाजिर होओ। त्यहाँ म त्यसलाई कार्यभार सुम्पनेछु।” तब मोशा र यहोशू गएर भेट हुने पालमा हाजिर भए।
15
तब परमप्रभु पालमा एउटा बादलको खामोमा देखा पर्नुभयो, र त्यो बादल पालको ढोकामाथि स्थिर भयो।
16
अनि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरा पिता-पुर्खाहरूजस्तै तँ मर्न लागेको छस्। तँ मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँड़ै विदेशी देवताहरूसँग लागी आत्मिक व्यभिचारझैँ गर्नेछन्। मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन्।
17
त्यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ र म तिनीहरूलाई त्याग्नेछु, र आफ्नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्ट हुनेछन्। धेरै आपत्विपद्हरू र कठिनाइहरू तिनीहरूमाथि आइपर्नेछन्। तब त्यस दिन तिनीहरूले भन्नेछन्, ‘हाम्रा परमेश्वर हाम्रा बीचमा नभएर नै हामीमाथि यस्ता विपत्तिहरू आएका होइनन् र?’
18
अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले गर्दा त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु।
19
“यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर इस्राएलीहरूलाई सिकाओ र तिनीहरूलाई गाउन लगाओ। तिनीहरूका विरुद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस्।
20
तिनीहरूका पिता-पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको, दूध र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि, तिनीहरू खाई-पिई मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् र यिनीहरूलाई पुज्नेछन्, अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लङ्घन गर्नेछन्।
21
धेरै आपत्-विपत् र कठिनाइहरू तिनीहरूमाथि आएपछि यो भजन तिनीहरूका विरुद्धमा गवाहझैँ हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिल्यै बिर्सनेछैनन्। तिनीहरूलाई प्रतिज्ञामा दिन्छु भनेको देशमा पुर्याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु।”
22
तब मोशाले त्यसै दिन यो भजन लेखेर इस्राएलीहरूलाई सिकाए।
23
परमप्रभुले नूनको छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो र साहसी हो! किनकि मैले दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा तैंले नै इस्राएलीहरूलाई पुर्याउनेछस्, र म आफै तँसँग हुनेछु।”
24
मोशाले यस व्यवस्थाका वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसिद्ध्याएपछि
25
परमप्रभुका करारको सन्दूक बोक्ने लेवीहरूलाई यो आज्ञा गरे:
26
“व्यवस्थाको यो पुस्तक परमप्रभु तिमीहरूका परमेश्वरका करारको सन्दूकको छेउमा राख, र त्यो तिमीहरूका विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहोस्।
27
किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूसँग छँदै तिमीहरू परमप्रभुको विरुद्धमा उठेका छौ भने, मेरो मृत्युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ!
28
तिमीहरूका कुलका सबै धर्म-गुरुहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई मकहाँ भेला गराओ, र म यी वचन तिनीहरूलाई सुनाउनेछु, र तिनीहरूका विरुद्ध आकाश र धरती साक्षी राख्नेछु।
29
किनकि मलाई थाहा छ कि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्टिमा दुष्ट काम गरेकाले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रीस उठाएकाले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।”
30
अनि मोशाले यस भजनका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए—
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 32 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34