bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 5
Deuteronomy 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 6 →
1
मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।
2
परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो।
3
परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो।
4
परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्निबाट आमनेसामने कुरा गर्नुभयो।
5
(त्यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्लेनौ।) अनि उहाँले भन्नुभयो:
6
“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
7
“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू।
8
“आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
9
तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
10
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
11
“परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
12
“परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू।
13
छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
14
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्यसमा तिमीहरूले केही काम नगर्नू— आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्।
15
तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण परमप्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
16
परमप्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्यहाँ तिमीहरूको भलो होस्।
17
“हत्या नगर्नू।
18
“व्यभिचार नगर्नू।
19
“चोरी नगर्नू।
20
“आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
21
“आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
22
यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।
23
जब तिमीहरूले अन्धकारको बीचबाट सोर सुन्यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।
24
अनि तिमीहरूले भन्यौ, “परमप्रभु हाम्रा परमेश्वरले आफ्नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्निबाट सुन्यौ। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं।
25
अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्नेछौं!
26
अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला?
27
तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौं।”
28
तिमीहरू मसित बोलेका परमप्रभुले सुन्नुभयो, र उहाँले मलाई भन्नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्।
29
मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।
30
“‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्।
31
तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।”
32
यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग।
33
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34