bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 24
Deuteronomy 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 25 →
1
आफ्नो विवाह गरेकी स्त्रीमा केही खोट पाएर त्यससँग असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर कसैले आफ्नो घरबाट निकालिदियो भने,
2
र यदि घर छोड़ेपछि त्यो अर्को मानिसकी पत्नी भई
3
र दोस्रो पति पनि असन्तुष्ट भई त्यसलाई त्यागपत्र लेखिदिएर घरबाट निकालिदियो भने वा आफै मर्यो भने,
4
त्यो अशुद्ध भएकी हुनाले त्यसलाई त्याग्ने पहिलो पतिले फेरि त्यसलाई आफ्नो पत्नी तुल्याउन पाउनेछैन। परमप्रभुको नजरमा यो एक घृणित काम हो। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा पापको कलङ्क नल्याउनू।
5
नवविवाहित पुरुषलाई सेनामा नपठाउनू वा अन्य कुनै कामको अभिभारा त्यसलाई नदिनू। एक वर्षसम्म त्यो घरमा ढुक्कै बसोस् र आफूले ल्याएकी पत्नीलाई आनन्द देओस्।
6
ऋणको धितोको रूपमा जाँतोको दुई ढुङ्गाहरू वा माथिल्लो ढुङ्गा पनि नलिनू, किनभने त्यो मानिसको जीविका नै बन्धकमा लिएको जस्तो हुन्छ।
7
कसैले कुनै इस्राएली भाइलाई अपहरण गरेर त्यसलाई कमारो तुल्यायो अथवा बेच्यो भने, त्यस अपहरण गर्नेलाई मार्नुपर्छ। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ।
8
कुष्ठरोगको विषयमा चाहिँ लेवी पूजाहारीहरूले तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूले ठीक-ठीक गर्नुपर्छ। मैले तिनीहरूलाई दिएको आज्ञा तिमीहरूले राम्ररी पालन गर्नुपर्छ।
9
तिमीहरू मिश्रबाट आउँदा बाटोमा परमप्रभु तिमीहरूका परमेश्वरले मिरियमलाई गर्नुभएको कुरो याद राख!
10
आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा त्यसको धरौटी लिन तिमीहरू घरभित्र नपस।
11
तिमीहरू बाहिरै पर्ख, र असामीले नै धरौटी तिमीहरूकहाँ बाहिर ल्याइदेओस्।
12
त्यो मानिस गरीब छ भने त्यसको बन्धक राखेर तिमीहरू नसुत।
13
सूर्यास्तसम्ममा तिमीहरूले त्यो बन्धक फर्काइदिनू, र त्यो आफ्नो ओढ्नेमा सुतेर त्यसले तिमीहरूलाई आशीर्वाद देओस्। अनि परमप्रभु तिमीहरूका परमेश्वरको नजरमा यो तिमीहरूका निम्ति धार्मिकता ठहरिनेछ।
14
तिमीहरूको इस्राएली भाइ होस् वा तिमीहरूका सहरहरूमध्ये कुनै एकमा आई बसेको परदेशी होस्, कुनै गरीब र दरिद्र ज्यालादारी नोकरबाट नाजायज फाइदा नउठाओ।
15
सूर्यास्तअघि नै प्रतिदिन त्यसको ज्याला दिइहाल्नू, किनकि त्यो एक गरीब हो र त्यो आफ्नो ज्यालामा नै भर परेको हुन्छ। नत्रता त्यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्यो भने, तिमीहरूलाई पाप लाग्नेछ।
16
बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू। हरेक मानिस आफ्नै अपराधको लागि मरोस्।
17
परदेशी र टुहुरा-टुहुरीको न्याय दमन नगर। कुनै विधवाको ओढ्ने धितोमा नलेओ।
18
तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
19
खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्यौ भने, त्यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति त्यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् देऊन्।
20
भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्यसका फल झारेपछि फेरि दोस्रो पल्ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका चाहिँ छोड़िदिनू।
21
आफ्नो दाखबारीका दाख टिप्दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्ति ती उब्रेका छोड़िदिनू।
22
मिश्रमा तिमीहरू कमारा भएका कुरा सम्झना राख। यही कारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34