bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 6
Deuteronomy 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 7 →
1
तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्।
2
सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्।
3
हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्।
4
हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
5
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर।
6
मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख।
7
ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।
8
ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख।
9
ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख।
10
जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा,
11
जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ,
12
तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू।
13
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू।
14
तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू,
15
किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ।
16
मस्साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर।
17
परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान।
18
परमप्रभुको दृष्टिमा जुन-जुन कुरा ठीक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर,
19
र परमप्रभुले भन्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्नेबाट धपाओ।
20
भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला,
21
तब तिमीहरूले त्यसलाई भन्नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्नो बाहुबलले निकाली ल्याउनुभयो।
22
परमप्रभुले हाम्रा आँखाकै सामुन्ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्यन्तै भयानक अचम्मका चिन्ह र आश्चर्य कामहरू देखाउनुभयो।
23
हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो।
24
परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्तर हित होस्, र आज पर्यन्तझैँ हाम्रो जीवनको पनि रक्षा होस्।
25
उहाँका आदेशबमोजिम उहाँको दृष्टिमा परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होशियार भयौं भने, त्यही नै हाम्रो धार्मिकता हुनेछ।”
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34