bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 7
Deuteronomy 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 8 →
1
जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ,
2
अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।
3
उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनू,
4
किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ।
5
तिमीहरूले उनीहरूसित यस्तो वर्ताव गर्नू: उनीहरूका वेदी भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रै-टुक्रा पारिदिनू, उनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू, र उनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।
6
किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नुभएको छ।
7
तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको वा छान्नुभएको होइन, किनकि तिमीहरू त संख्यामा सबै जातिहरूभन्दा कम थियौ।
8
तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले, र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकाली ल्याउनुभयो, र मिश्रका राजा फारोको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो।
9
यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौँ पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ, र दया देखाउनुहुन्छ।
10
तर उहाँलाई तिरस्कार गर्नेहरूलाई उहाँले अवश्य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्ब गर्नुहुनेछैन।
11
यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होशियारीसाथ पालन गर।
12
तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।
13
उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ, र तिमीहरूलाई आशिष् दिनुभएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ। उहाँले तिमीहरूलाई दिन्छु भनेर तिमीहरूका पिता-पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल— अन्न, नयाँ दाखमद्य, तेल— गाईबस्तुका बाछा-बाछीमा र भेड़ाबाख्राका पाठाहरूमाथि पनि उहाँले आशिष् दिनुहुनेछ।
14
तिमीहरू अरू मानिसहरूभन्दा ज्यादै आशीर्वादी हुनेछौ। तिमीहरूका पुरुष वा स्त्रीहरूमध्ये कोही पनि निस्सन्तान हुनेछैन न त पशुहरूमध्ये कुनै पनि बैला हुनेछ।
15
अनि परमप्रभुले तिमीहरूलाई सबै रोग-बिमारीबाट स्वतन्त्र राख्नुहुनेछ। तिमीहरूले मिश्रमा देखेका भयानक रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन, तर तिमीहरूसँग वैरभाव राख्नेहरूमाथि ती ल्याउनुहुनेछ।
16
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनुहुने सबै जातिलाई तिमीहरूले नाश गर्नू, उनीहरूलाई नटिठ्याउनू। उनीहरूका देवताहरूको सेवा नगर्नू, किनभने त्यही नै तिमीहरूलाई फसाउने पासो हुनेछ।
17
“यी जाति हामीभन्दा बलिया छन्। हामी कसरी यिनीहरूलाई निकाल्न सकौंला?” भनी तिमीहरूले आफ्नो मनमा सम्झौला।
18
तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्यसको स्मरण गर।
19
ठूला-ठूला सङ्कष्टहरू, अचम्मका चिन्हहरू, आश्चर्यकर्म, र आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर तिमीहरूलाई निकाली ल्याउनुभएको त्यहाँ तिमीहरू आफैले देखेका थियौ— त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू अहिले डराएका ती सबै जातिसँग पनि गर्नुहुनेछ।
20
यसबाहेक परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्नेहरू नष्ट नहोउञ्जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ।
21
उनीहरूदेखि नडराओ, किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ। उहाँ महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।
22
अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई बिस्तार-बिस्तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकै चोटि नाश गर्न पाउनेछैनौ, नत्रता तिमीहरू वरिपरिका जङ्गली जनावरहरू धेरै संख्यामा बढ़िजानेछन्।
23
तर परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ, र उनीहरू नष्ट नहोउञ्जेल उनीहरूमा ज्यादै गोलमाल ल्याइदिनुहुनेछ।
24
अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्ने खड़ा रहन सक्नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ।
25
उनीहरूका देवताहरूका मूर्तिहरू तिमीहरूले आगोमा जलाइदिनू। मूर्तिमा भएका सुन र चाँदीको लालच गरेर आफ्नो निम्ति नलिनू, किनकि त्यही नै तिमीहरूका निम्ति फन्दा हुनेछ। किनभने परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति यो घृणित कुरो हो।
26
तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34