bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 4
Deuteronomy 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 5 →
1
अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ।
2
मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ़ नगर्नू, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नू।
3
बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्वरले तिमीहरूका मध्येबाट नाश गर्नुभयो।
4
तर परमप्रभु तिमीहरूका परमेश्वरसित लागिरहने तिमीहरूमध्येको प्रत्येक आजसम्म जीवित छ।
5
हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु।
6
तिमीहरूले ती मान र पालन गर, किनकि यसैबाट अरू जातिहरूका अगि तिमीहरूका बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर उनीहरूले भन्नेछन्, “अवश्य यस महान् जातिका मानिसहरू खूबै बुद्धिमान् र समझदार रहेछन्”
7
हामीले उहाँलाई पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्वर हाम्रो जति नजिक हुनुभएझैँ ईश्वर यति नजिक भएको अरू कुनचाहिँ यति महान् जाति छ?
8
मैले तिमीहरूलाई आज दिने यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको अरू कुनचाहिँ यति महान् जाति छ?
9
तर होशियार बस र आफ्नो मनलाई सचेत राख, ताकि तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्स र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूको मनदेखि नहटून्। ती तिमीहरूका छोराछोरीहरू र नाति-नातिनाहरूलाई सिकाओ।
10
होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने उभिएको दिनको सम्झना गर, जब उहाँले मलाई भन्नुभयो, “मेरा वचन सुन्नलाई मानिसहरूलाई मेरो सामु भेला गर्, र त्यस देशमा बाँचुञ्जेल तिनीहरूले मेरो डर मान्न सिकून् अनि ती वचन आफ्ना छोराछोरीहरूलाई पनि सिकाऊन्।”
11
पर्वतमा आगो दन्केर आकाशसम्मै पुग्यो, र बाक्लो बादल आएर त्यहाँ घोर अन्धकार भएको बेलामा तिमीहरू आएर पर्वतको फेदीमा उभियौ।
12
तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्नुभयो। त्यस बेला तिमीहरूले शब्दको आवाज मात्र सुन्यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्यौ।
13
उहाँले आफ्नो करार, आफ्ना दश आज्ञा तिमीहरूले पालन गर्न भनी दिनुभयो, र उहाँले दुई वटा शिला-पाटीमा ती लेखिदिनुभयो।
14
यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्यस बेला मलाई दिनुभयो।
15
होरेबमा अग्निको माझदेखि परमप्रभु बोल्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ।
16
सावधान बस! नत्रता तिमीहरूले आफ्ना निम्ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा,
17
अथवा पृथ्वीको कुनै पशुको वा आकाशमा उड्ने कुनै पक्षीको,
18
जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्ट हुनेछौ।
19
आकाशमा परमप्रभु तिमीहरूका परमेश्वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्दा तीप्रति आकृष्ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।
20
तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्नो निज उत्तराधिकारी बनाउन निकाली ल्याउनुभयो।
21
तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनुभयो, अनि मलाई यर्दन पारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार दिनुहुने त्यस असल देशमा पस्न नपाउने भनी कठोर प्रण गर्नुभयो।
22
मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्यो असल देश अधिकार गर्न आँटेका छौ।
23
सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ।
24
किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाह गर्नुहुने परमेश्वर हुनुहुन्छ।
25
तिमीहरूले छोराछोरी र नातिनातिना जन्माइसकेर त्यही देशमा धेरै वर्ष बसिसकेपछि पनि भ्रष्ट भएर कुनै वस्तुको आकृतिअनुसार प्रतिमा खोपेर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा कुकर्म गरेर उहाँलाई क्रोधित तुल्यायौ भने,
26
म आजको दिन स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्यस देशदेखि तिमीहरू चाँड़ै सम्पूर्ण नष्ट हुनेछौ, र धेरै दिन बस्न पाउनेछैनौ तर बिलकुलै नष्ट हुनेछौ।
27
परमप्रभुले तिमीहरूलाई जाति-जातिका माझमा तितरबितर पार्नुहुनेछ, र उहाँले तिमीहरूलाई धपाउनुभएको देशमा अन्यजातिहरूका माझमा तिमीहरू अल्पसंख्यक हुनेछौ।
28
त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्न नसक्ने, सुन्न नसक्ने, खान नसक्ने, सुँघ्न नसक्ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ।
29
तर यदि त्यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले खोज्यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
30
पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ।
31
उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन, नाश गर्नुहुनेछैन। तिमीहरूका पिता-पुर्खासित उहाँले बाँध्नुभएको शपथद्वारा पक्का गर्नुभएको करार उहाँले भुल्नुहुनेछैन, किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ।
32
यस्तो महान् घटना अघि कहिल्यै घटेको वा सुनिएको थियो? पृथ्वीमा परमेश्वरले मान्छे सृष्टि गर्नुभएको आदिकालको विषयमा सोध-खोज गर। आकाशको वल्लो छेउदेखि पल्लो छेउसम्म पनि यही कुराको निधो गर।
33
के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्नुहुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ?
34
परमप्रभुले मिश्रमा तिमीहरूका आँखाका अगि जाँच गरेर उदेकका चिन्हहरू र आश्चर्यकर्महरू देखाई युद्ध लड़ेर, आफ्नै बाहुबल र फैलिएको पाखुरा प्रयोग गरेर, भयानक आतङ्कद्वारा अर्को जातिबाट आफ्नो निम्ति एक जाति निर्माण गर्नुभएझैँ अर्को कुन ईश्वरले यस्तै गर्न प्रयत्न गर्नुभएको छ?
35
परमप्रभु नै परमेश्वर हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन भनी बुझाउनलाई ती तिमीहरूलाई देखाइएका हुन्।
36
तिमीहरूलाई अनुशासनमा राख्न उहाँले आकाशदेखि आफ्नो सोर सुनाउनुभयो, र पृथ्वीमा आफ्नो ठूलो अग्नि तिमीहरूलाई देखाउनुभयो। तिमीहरूले अग्निबाट उहाँका शब्दहरू सुन्यौ।
37
उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्नुभएकोले, उहाँले आफ्नो उपस्थितिद्वारा र आफ्नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्नुभयो।
38
तिमीहरूले आफूभन्दा महान् र शक्तिशाली जातिहरूको देशमा प्रवेश गरी अधिकार गर भनेर आज उहाँले उनीहरूलाई धपाइदिनुभएको छ।
39
परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख।
40
आज मैले तिमीहरूलाई दिन लागेका उहाँका विधि र आज्ञाहरू पालन गर, र तिमीहरू र तिमीहरूका पछिका वंशको भलो होस्, र परमप्रभु तिमीहरूका परमेश्वरले अनन्त कालसम्म दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्।
41
तब मोशाले यर्दनको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।
42
त्यहाँ दुश्मनी नभएका र अजान अवस्थामा कसैलाई मार्ने ज्यानमाराले ती सहरहरूमध्ये एउटामा भागेर आफ्नो ज्यान बचाउन सक्थ्यो।
43
ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्शेका सन्तानका लागि बाशानको गोलान।
44
मोशाले इस्राएलीहरूलाई दिएको व्यवस्था यही हो।
45
मिश्रबाट निस्केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्।
46
यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्नेको बेँसी हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्केर आउँदैगर्दा हराए।
47
इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए।
48
अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात् हेर्मोन) डाँड़ासम्म,
49
र यर्दनको पूर्वपट्टि पिसगाको भीरमुनि रहेको अराबाको समुद्रसम्म इस्राएलीहरू सबै अराबाका अधिकारी भए।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34