bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 14
Deuteronomy 14
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
1
तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।
2
किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
3
तिमीहरूले कुनै घृणित थोक नखानू।
4
तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्: गोरु, भेड़ा, बोका,
5
मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा।
6
पशुहरूमध्ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्छ।
7
तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्छन् तर यिनीहरूका खुर चिरिएका हुँदैनन्। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्।
8
सुँगुर पनि अशुद्ध हुन्छ, किनकि त्यसको खुर चिरिएको त हुन्छ तर त्यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।
9
पानीमा हुनेमध्ये पखेटा र कत्ला भएका तिमीहरूले खानु हुन्छ।
10
तर पखेटा र कत्ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्।
11
तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्छ।
12
तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्: गरुड, गिद्ध र कालो गिद्ध,
13
सबै थरीका रातो चील, र कालो चील,
14
सबै थरीका काग,
15
ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज,
16
सानो लाटोकोसेरो, भुल्का, सेतो लाटोकोसेरो,
17
मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा,
18
सारस, हरथरीका बकुल्ला, फाप्रेचरो र चमेरो।
19
बथान-बथानमा उड्ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्। ती नखानू।
20
तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्छ।
21
जे मरिसकेको भेट्टाउँछौ, त्यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्ने परदेशीलाई त्यो दिन सक्छौ, र त्यसले त्यो खाए हुन्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू।
22
हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्न नभुल्नू।
23
जुन स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुन्छ, त्यहीँ आफ्ना अन्न, दाखमद्य र तेलको दशांश र आफ्ना गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका बच्चा उहाँको सामुन्ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको भय सधैँ मान्न सिक्नेछौ।
24
तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ, र तिमीहरूले आफ्नो दशांश बोकेर लैजान सक्दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्नुभएको आफ्नो नाउँको वासस्थान साह्रै टाढ़ा छ भने,
25
आफ्नो दशांश बेची पैसा आफ्नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्वरले चुन्नुभएको स्थानमा जानू।
26
आफ्नो इच्छाअनुसार गाईबस्तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्यही पैसाले किनेर आफ्नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाएर आनन्द मनाउनू।
27
तिमीहरूका सहरमा बस्ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्ना केही हिस्सा वा अंश हुँदैन।
28
प्रत्येक तीन वर्षको अन्तमा वर्ष-वर्षको उब्जनीको सबै दशांश सहरको ढुकुटीमा थन्क्याउनू,
29
के तिमीहरूसित सहरमा बस्ने केही हिस्सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष् देऊन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34