bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 26
Deuteronomy 26
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
1
परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्यसलाई अधिकार गरी त्यसमा बसोबास गरेपछि
2
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्जने सबै किसिमका उब्जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुहुने ठाउँमा लैजाओ,
3
र त्यस बेला तत्कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्वरको अगि म स्वीकार गर्छु।”
4
तब पूजाहारीले तिमीहरूका हातबाट त्यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको अगि तिनले राखिदिनेछन्।
5
तब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने यसो भन्नू: “मेरा पुर्खा फिरन्ते अरामी थिए। उनी आफ्नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्य जाति उत्पन्न भयो।
6
तर मिश्रीहरूले निष्ठुर व्यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्वमा राखे।
7
तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं, र उहाँले हाम्रो सोर सुन्नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो।
8
यसकारण परमप्रभुले हामीलाई आफ्नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्याउनुभयो।
9
उहाँले हामीलाई यस ठाउँमा ल्याएर यो दूध र मह बग्ने देश दिनुभयो।
10
अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्याएको छु।” परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने त्यो डालो राखेर उहाँलाई दण्डवत् गर्नू।
11
तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्ने परदेशीहरूले पनि आनन्द मनाऊन्।
12
दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्ना सबै उब्जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्यो खाऊन् र तृप्त होऊन्।
13
त्यसपछि परमप्रभु आफ्ना परमेश्वरलाई यसो भन्नू: “मैले आफ्नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्लङ्घन गरेको छैनँ, न त तीमध्ये कुनै बिर्सेको छु।
14
शोक गर्ने बेलामा त्यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्यसबाट केही निकालेको छु, न त त्यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु।
15
आफ्नो पवित्र वासस्थान स्वर्गबाट हेरेर आफ्नो प्रजा इस्राएललाई आशिष् दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष् दिनुहोस्।”
16
यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्छ। तिमीहरूले ती आफ्नो सारा हृदय र सारा प्राणले ध्यानसित पालन गर।
17
“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, हामी उहाँका मार्गमा हिँड्नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्चय गरेका छौ।
18
आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्नै प्रजा र उहाँको अमूल्य सम्पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।
19
तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्दा बढ़ी प्रशंसा, सम्मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको निम्ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34