bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 33
Deuteronomy 33
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 34 →
1
परमेश्वरका मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलीहरूलाई दिएको आशीर्वाद यही हो।
2
तिनले भने: “परमप्रभु सीनैबाट आउनुभयो, र सेइरबाट तिनीहरूमाथि उदय हुनुभयो। उहाँ पारान डाँड़ाबाट चम्कनुभयो। लाखौँ पवित्र जनहरूसँग दक्षिणबाट, आफ्ना पहाड़का भिरालो ठाउँबाट उहाँ आउनुभयो।
3
निश्चय नै तपाईं मानिसहरूलाई प्यारो गर्ने हुनुहुन्छ, सबै पवित्र जनहरू तपाईंकै हातमा छन्। तिनीहरू सबै तपाईंका पाउमा दण्डवत् गर्छन्, र तपाईंबाट अर्ती लिन्छन्—
4
मोशाले दिएको व्यवस्था, याकूबका समुदायको सम्पत्ति।
5
उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए।
6
“रूबेन बाँचिरहून्, र नमरून्, र तिनका मानिसहरू थोरै नहोऊन्।”
7
यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्, र तिनलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्। आफ्नै हातले तिनले आफ्नो रक्षा गर्दछन्। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्।”
8
लेवीको विषयमा तिनले भने: “तपाईंको ‘तुम्मीम’ र तपाईंको ‘ऊरीम’ तपाईंका कृपापात्रसित छन्, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाका पानीमा झगड़ा गर्नुभयो।
9
तिनले आफ्ना पिता र आफ्नी माताको विषयमा भने, ‘म उनीहरूको आदर गर्दिनँ’। तिनले आफ्ना दाजुभाइहरूलाई इन्कार गरे, आफ्नै बालबच्चालाई स्वीकार गरेनन्। तर तिनले तपाईंका वचनको रखवाली गरे, र तपाईंका करारको रक्षा गरे।
10
तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्, र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्।
11
हे परमप्रभु, तिनका सबै दक्षतामा आशिष् दिनुहोस्, र तिनका हातका काम ग्रहण गर्नुहोस्। तिनको विरुद्धमा उठ्ने सबैको कम्मरमा हिर्काउनुहोस्, फेरि उठ्न नसक्ने गरी तिनका शत्रुहरूलाई प्रहार गर्नुहोस्।”
12
बेन्यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्नुहुन्छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्छन्।
13
योसेफको विषयमा तिनले भने: माथि आकाशबाट आउने अमूल्य शीतले र तलका गहिराइका पानीले सिँचेर, परमप्रभुले तिनको देशलाई आशिष् देऊन्—
14
घामले उब्जाउने सबभन्दा उत्तम कुरा, र जूनले दिन सक्ने सबभन्दा असल कुरा,
15
प्राचीन पर्वतहरूका सबभन्दा मनपर्दा उपहारहरू, र अनन्तका डाँड़ाहरूका प्रचुरता,
16
पृथ्वी र त्यसको परिपूर्णताका उत्तम उपहारहरू, र बलिरहेको पोथ्रामा बस्नुहुनेको निगाह— यी सबै योसेफको शिरमाथि रहून्, आफ्ना दाजुभाइहरूमध्येका राजकुमारको आँखीभुइँमाथि।
17
प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्। यीद्वारा तिनले जातिहरूलाई, पृथ्वीको पल्लो छेउकाहरूलाई पनि हान्नेछन्। एफ्राइमका लाखौँ यस्तै हुन्छन्, मनश्शेका हजारौँ यस्तै हुन्छन्।”
18
जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।
19
तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्। तिनीहरूले समुद्रको प्रचुर सम्पत्ति र बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।”
20
गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्यको हो, गाद त्यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्छन्।
21
तिनले आफ्नो निम्ति सबभन्दा उत्तम जग्गा छाने, नायकको हिस्सा तिनको निम्ति छुट्ट्याइएको थियो। जब मानिसहरूका नेताहरू भेला भएका थिए, तिनले परमप्रभुको धार्मिक इच्छा र इस्राएलको सम्बन्धमा उहाँका इन्साफहरू पूरा गरे।
22
दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्दैआउने दान सिंहको डमरु हुन्।”
23
नप्तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्ततामा नप्ताली उहाँका आशिष्को भरपूर भएका छन्। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्।”
24
आशेरको विषयमा तिनले भने: “छोराहरूमध्ये सबैभन्दा आशिष् पाउने आशेर हुन्। तिनी आफ्ना दाजुभाइहरूको अति प्रिय होऊन्, अनि तिनको आफ्ना खुट्टा तेलले धोऊन्।
25
तिम्रा ढोकाका आग्ला फलाम र काँसाका हुनेछन्, जस्तो तिम्रा दिन त्यस्तै तिम्रो शक्ति हुनेछ।
26
“यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्छ, र आफ्नो प्रतापमा बादलमाथि।
27
अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन्। ‘त्यसलाई नाश गर’ भन्दै उहाँले तिमीहरूका सामुन्नेबाट तिमीहरूका शत्रुहरूलाई धपाउनुहुनेछ।
28
अन्न र नयाँ दाखमद्यको देशमा, जहाँ आकाशले शीत झार्छ, इस्राएल एकलै सुरक्षामा रहनेछ, याकूबको मूल सुरक्षित छ।
29
ए इस्राएल, तिमी धन्यका हौ, परमप्रभुद्वारा मुक्ति पाएको जाति, तिमीजस्तो को छ र? उहाँ तिम्रो ढाल र सहायक हुनुहुन्छ, र तिम्रो महिमित तरवार। तिम्रा शत्रुहरू तिम्रा अगि लुरूक्क परेर आउनेछन्, र तिमीले उनीहरूका अल्गा ठाउँहरूमा टेक्नेछौ।”
← Chapter 32
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 34 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34