bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Deuteronomy 20
Deuteronomy 20
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 21 →
1
तिमीहरू युद्धमा जाँदा शत्रुहरूसँग तिमीहरूकाभन्दा असंख्य घोड़ा, रथ र विशाल सेना देखेर उनीहरूसँग नडराओ, किनभने तिमीहरूलाई मिश्रबाट निकाली ल्याउनुहुने परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
2
युद्धमा जान अघि पूजाहारीले सेनाको सामु गएर यसो भन्नुपर्छ,
3
“हे इस्राएली हो, सुन। आज तिमीहरू तिमीहरूका शत्रुका विरुद्धमा लड़ाइँ गर्न जाँदैछौ। फितलो मन नगर, नडराओ, नआत्तिओ। उनीहरूका सामुन्ने भयभीत नहोओ।
4
किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका शत्रुका विरुद्धमा तिमीहरूका निम्ति लड़ेर तिमीहरूलाई विजयी तुल्याउन साथसाथै जानुहुन्छ।”
5
तब अधिकृतहरूले मानिसहरूलाई भनून्, “घर निर्माण गरेर अर्पण गर्न नपाएको यहाँ कोही छ भने, त्यो आफ्नो घरमा फर्केर जाओस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यसको घर अर्पण गर्नेछ।
6
दाखबारी लगाएर त्यसको फल उपभोग गर्न नपाएको यहाँ कोही छ भने, त्यो घर फर्कोस्। त्यो लड़ाइँमा मारियो भने, अर्को मानिसले त्यो उपभोग गर्नेछ।
7
कसैले भर्खर मगनी गरेकी केटीलाई भित्र्याउन पाएको छैन भने, त्यो आफ्नो घरमा फर्कोस्। त्यो लड़ाइँमा मारियो भने अर्को मान्छेले त्यसलाई लैजाला।”
8
अनि अधिकृतहरूले मानिसहरूलाई यसो पनि भनून्, “यहाँ कोही डरपोक र कातर छ भने, त्यो आफ्नो घर फर्कोस्। किनभने त्यसको कारणले त्यसका दाजुभाइहरूले हरेस खानेछन्।”
9
अधिकृतहरूले मानिसहरूलाई सम्बोधन गरिसकेपछि तिनीहरूले मानिसहरूका सेनानायकहरू नियुक्त गरून्।
10
लड़ाइँ गर्न कुनै सहरको नजिक पुगेपछि पहिले तिमीहरूले त्यसका मानिसहरूका अगि शान्तिको प्रस्तावना राख्नू।
11
यदि उनीहरूले शान्ति प्रस्तावना स्वीकार गरेर उनीहरूका मूल ढोकाहरू खोलिदिए भने, त्यसमा भएका सबै मानिसहरूलाई बेगार काममा लगाउनू र उनीहरूले तिमीहरूका निम्ति काम गर्नुपर्छ।
12
तर उनीहरूले तिमीहरूसित शान्तिसम्बन्ध नराखेर लड़ाइँ गर्ने नै इच्छा गर्छन् भने, त्यस सहरलाई घेर।
13
परमप्रभु तिमीहरूका परमेश्वरले त्यो सहर तिमीहरूलाई सुम्पिदिनुभएपछि त्यहाँका सबै पुरुषहरूलाई तरवारले काटेर मार।
14
तर स्त्री, केटाकेटी, गाईबस्तु र त्यस सहरमा भएका अरू सारा थोक तिमीहरूका जीतका माल स्वरूप लिन सक्छौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुबाट दिनुभएका लूटका माल तिमीहरूले उपभोग गर्न सक्छौ।
15
तिमीहरूदेखि टाढ़ा रहेका सबै सहरहरूलाई मात्र त्यसो गर्नू, छेउछाउका जातिहरूका सहरहरूलाई होइन।
16
तर परमप्रभु तिमीहरूका परमेश्वरले उत्तराधिकार स्वरूप दिनुहुने यी जातिका सहरहरूमा चाहिँ कुनै प्राणीलाई जीवित नछोड्नू।
17
तर परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएबमोजिम हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूले बिलकुलै नाश गर्नू।
18
नत्रता उनीहरूले आफ्ना देवताहरूको पूजामा गर्ने सबै घृणित काम तिमीहरूलाई सिकाउनेछन्, र परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा तिमीहरूले पाप गर्नेछौ।
19
जब तिमीहरू कुनै सहर लिन त्यसको विरुद्धमा लड़ाइँ गरेर त्यस सहरलाई धेरै दिनसम्म घेरिराख्छौ, तब तिमीहरूले त्यसका रूखहरू नकाट्नू, किनकि तिमीहरूले तिनका फल खान सक्नेछौ। यसकारण ती काटेर नढाल्नू। के जङ्गलका रूखहरू मानिसहरू हुन् र तिमीहरू ती घेरेर नष्ट गर्छौ?
20
तर फल दिने रूख होइन रहेछ भनेर थाहा पाएपछि मात्र तिमीहरूले ती रूख ढाल्न सक्छौ। तिमीहरूसित युद्ध गर्ने सहर परास्त नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ।
← Chapter 19
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 21 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
Recommended Reading
Commentary
Deuteronomy Commentaries
→
Devotional
Deuteronomy Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→