bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 11
1 Chronicles 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 12 →
1
इस्राएलका सबै मानिसहरू हेब्रोनमा दाऊदकहाँ गएर तिनलाई भने, “हामी तपाईंका हाडनाता हौं।
2
बितेका समयमा शाऊल राजा हुँदा पनि तपाईंले इस्राएलका मानिसलाई लडाइँमा अगुवाइ गर्नुभएको हो र परमप्रभु तपाईंका परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो कि तपाईंले उहाँको प्रजालाई डोर्याउनुहुनेछ र तिनीहरूका राजा हुनुहुनेछ।”
3
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊद राजाकहाँ आए। तिनले तिनीहरूसँग एउटा पवित्र सन्धि गरे। तिनीहरूले दाऊदलाई अभिषेक गरे र जसरी परमपभुले शमूएलद्वारा प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी उनी इस्राएलका राजा भए।
4
दाऊद राजा र सबै इस्राएलीहरू गएर यरूशलेम सहरमाथि आक्रमण गरे। त्यस सहरलाई त्यति बेला यबूस भनिन्थ्यो र त्यस देशका आदिवासी यबूसीहरू त्यहीँ बास गरिरहेका थिए।
5
यबूसीहरूले दाऊदलाई तिमी यस सहरमा कहिल्यै पस्न सक्नेछैनौ भने तर दाऊदले तिनीहरूको सियोनको किल्ला कब्जा गरे र त्यो “दाऊदको सहर” भनी कहलाइन लाग्यो।
6
दाऊदले भने, “कुनै यबूसीलाई मार्ने पहिलो व्यक्ति सेनापति बनाइनेछ!” योआब, जसकी आमा सरूयाह थिइन्, लडाइँ गर्दै अघि बढे र सेनापति भए।
7
दाऊद गएर किल्लामा बसेका हुनाले त्यसलाई ‘दाऊदको सहर’ भन्न लागे।
8
डाँडाको पूर्वपट्टि माटो भरेर जमिन ठीक पारेको ठाउँमा सुरु गरी उनले सहर नयाँ बनाए। योआबले सहरको बाँकी भाग सुधारे।
9
दाऊद झन्-झन् शक्तिशाली हुँदैगए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
10
दाऊदका नाम चलेका सिपाहीहरू यिनीहरू हुन्। इस्राएलका बाँकी मानिसहरूसित मिलेर परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार तिनीहरूले उनलाई राजा हुन सघाए र उनको राज्य दरिलो बनाइराखे।
11
सबैभन्दा पहिला हक्मोनी गोत्रका याशोबाम, जो ‘तीन प्रख्यात’ का अगुवा कहलाउँथे। उनी एक्लै एउटा युद्धमा भाला लिएर तीन सय जनासँग लडे र सबैलाई मारे।
12
ती प्रसिद्ध ‘तीन प्रख्यात’ दोस्रो थिए— अहोही गोत्रका दोदैको छोरो एलाजार।
13
उनले पलिश्तीहरूसित पास-दम्मीमको लडाइँमा दाऊदपट्टि भएर लडे। इस्राएलीहरू भाग्न थाल्दा उनी एउटा जौ-बारीमा थिए।
14
बारीका बीचमा उनी र उनका सैनिकहरू खडा भए र पलिश्तीहरूसित लडे। परमप्रभुले उनलाई ठूलो विजय दिनुभयो।
15
एक दिन ‘तीस जना मुख्य’ सिपाहीहरूमध्ये तीन जना चट्टानमा गए, जहाँ अदुल्लामको गुफामा दाऊद बसेका थिए। पलिश्तीहरूको एक दल त्यस बेला रपाईको बेसीमा छाउनी हालेर बसेको थियो।
16
त्यस बेला दाऊद एउटा सुरक्षित डाँडामा थिए र एक दल पलिश्तीहरूले बेथलेहेम कब्जा गरेका थिए।
17
दाऊदलाई घरका मायाले सतायो र उनले भने, “आहा! मलाई कसैले बेथलेहेमको ढोका छेउको कुवाको पानी पिउन ल्याइदिए त कस्तो हुन्थ्यो!”
18
ती ‘तीन प्रख्यात’ सिपाहीहरू आफ्ना पाखुराका बलले पलिश्तीहरूका छाउनी बीचबाट छिरेर गए र त्यस कुवाबाट केही पानी उघाएर दाऊदकहाँ ल्याए। तर उनले पानी पिउन मानेनन् बरु त्यो परमप्रभुलाई भेटीस्वरूप चढाए
19
र भने, “म यो पानी कहिल्यै पिउन सक्दिनँ! यो पिउनु त यो लिनलाई आफ्ना प्राण खतरामा हाल्ने यी मानिसहरूको रगत पिएजस्तै हुनेछ!” यसकारण उनले पानी पिउन इन्कार गरे। ती ‘तीन प्रख्यात’ सिपाहीहरूका वीरताका काम यी हुन्।
20
योआबको भाइ अबीशै ‘तीस जना मुख्य’ का अगुवा थिए। उनले भाला लिएर तीन सय जनासँग लडे। तिनीहरू सबैलाई मारे र ‘तीस जना मुख्य’ का बीचमा प्रसिद्ध भए।
21
‘तीस जना मुख्य’ मध्ये उनी सबैभन्दा प्रसिद्ध थिए र तिनीहरूका अगुवा भए तर उनी ‘तीन प्रख्यात’ जतिचाहिँ प्रसिद्ध भएनन्।
22
कब्सेलका यहोयादाको छोरो बनायाह एउटा नामी योद्धा थिए। उनले वीरताका धेरै काम गरे, उनले दुई जना ठूला मोआबी योद्धाहरूलाई समेत मारेका थिए। एक चोटि हिउँ परेको दिनमा उनले एउटा खाडलभित्र पसेर एउटा सिंहलाई मारे।
23
उनले ठूलो जिउ भएको दुई मिटरभन्दा अग्लो एउटा मिश्रीलाई पनि मारे। त्यस मिश्रीका हातमा एउटा असाध्यै लामो भाला थियो। बनायाहले हातमा एउटा लाठो लिएर त्यसमाथि हमला गरे, मिश्रीका हातबाट भाला खोसे र त्यसैले त्यसलाई मारे।
24
बनायाहका वीरताका काम त्यस्ता थिए र उनी ‘तीस जना मुख्य’ मध्ये एक जना थिए।
25
‘तीस जना मुख्य’ मा उनी प्रमुख थिए तर ‘तीन प्रख्यात’ जति प्रसिद्ध थिएनन्। दाऊदले उनलाई आफ्ना अङ्गरक्षकहरूका कप्तान बनाए।
26
[26-47] अरू प्रमुख सिपाहीहरू यी नै थिए— योआबको भाइ असाहेल, बेथलेहेमका दोदैको छोरो एल्हानान, हारोरीको शम्मोत, पेलोनी हेलेस, तकोका इक्केशको छोरो ईरा, अनातोतको अबीएजेर, हूशातीको सिब्बकै अहोही ईलै, नतोपाती महरै, नतोपाका बानको छोरो हेलेद, बेन्यामीनका गिबाबाट रीबैको छोरो ईथै, पिरातोनी बनायाह, गाशका छेउका बेसीबाट हूरै, अर्बाती अबीएल, बहूरीमको अज्मावेत, शाल्बोनी एल्याहबा, गीजोनी हाशेम, हरारी शागेको छोरो जोनाथन, हरारी साकारको छोरो अहीआम, ऊरको छोरो एलीपाल, मकेराती हेपेर, पेलोनी अहियाह, कर्मेलको हेस्रो, एज्बैको छोरो नारै, नातानको भाइ योएल, हग्रीको छोरो मिभार, अम्मोनी सेलेक, बेरोती नहरै, योआबका हात-हतियार बोक्ने यित्रीका ईरा र गारेब, हित्ती उरियाह, अहलैको छोरो जाबाद, शीजाको छोरो अदीना (रूबेन कुलका एक जना मुखिया र उनका आफ्नै तीस सिपाहीको दल थियो), माकाको छोरो हानान, मित्नी योशापात, अस्तेराती उज्जीया, अरोएरका होतामका छोराहरू शमा र यीएल, तिजबाट शिम्रीका छोराहरू येदीएल र योहा, महाबी एलीएल, एल्नामका छोराहरू यरीबै र योशब्याह, मोआबी यित्मा, मेजोबी एलीएल, ओबेद र यासीएल।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29