bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 22
1 Chronicles 22
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 23 →
1
यसकारण दाऊदले भने, “यस ठाउँमा परमप्रभु परमेश्वरको मन्दिर हुनुपर्नेछ, यहाँ वेदी पनि रहनेछ, त्यहाँ इस्राएलका मानिसहरूले होमबलि चढाउनेछन्।”
2
दाऊद राजाले इस्राएल देशमा रहेका सबै विदेशीहरूलाई एकसाथ भेला हुने आज्ञा गरे र तिनीहरूलाई काम गर्न लाए। तिनीहरूमध्ये कतिले मन्दिर बनाउन ढुङ्गाका टुक्राहरू तयार पारे।
3
उनले काठका ढोकाहरूको निम्ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्न नसक्ने गरी उनले काँसा दिए।
4
उनले टुरोस र सीदोनका मानिसहरूबाट प्रशस्त मात्रामा देवदारुका मूढाहरू ल्याउने प्रबन्ध गरे।
5
दाऊदले मनमा सोचे, “मेरो छोरो सोलोमनले बनाउने मन्दिर गौरवशाली र सारा जगत्मा प्रसिद्ध हुनुपर्छ। तर त्यो कलिलै र अन्जान छ र मैले नै त्यसको लागि तयार गर्नुपर्छ।” त्यसो भनेर आफू मर्नुअघि दाऊदले प्रशस्त सामान जगेडा गरिदिए।
6
उनले आफ्नो छोरो सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्वरको निम्ति एउटा मन्दिर बनाउने आज्ञा दिए।
7
दाऊदले आफ्नो छोरोलाई भने, “छोरो, परमप्रभु मेरा परमेश्वरको आदरमा म एउटा मन्दिर बनाउन चाहन्थें।
8
तर परमप्रभुले मलाई भन्नुभयो, ‘तैँले धेरै युद्ध गरिस् र मानिसहरूलाई मारिस्।’ यसरी मैले धेरै रगत बगाउने काम गरेको हुनाले उहाँले आफ्नो लागि मेरो हातले मन्दिर बनाउन दिनुभएन।
9
तर उहाँले मसित एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो, ‘तेरो एउटा छोरो हुनेछ। त्यसले शान्तिमा राज्य गर्नेछ किनभने म त्यसलाई त्यसका सबै शत्रुहरूबाट शान्ति दिनेछु। त्यसको नाम सोलोमन हुनेछ किनभने त्यसका राज्यकालमा म इस्राएललाई शान्ति-सुरक्षामा राख्नेछु।
10
त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ, त्यो मेरो छोरो हुनेछ र म त्यसको बुबा हुनेछु। त्यसको वंशले सदाकाल इस्राएलमा राज्य गर्नेछ’।”
11
दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्वर तिमीसित होऊन् र उहाँको निम्ति एउटा मन्दिर बनाउन तिमीलाई सफल तुल्याउने उहाँको प्रतिज्ञा पूरा गरून्।
12
अनि परमप्रभु तिम्रा परमेश्वरले उहाँका नियमअनुसार इस्राएलमाथि राज्य गर्ने बुद्धि र अन्तर्दृष्टि तिमीलाई देऊन्।
13
परमप्रभुले इस्राएलका निम्ति मोशाद्वारा दिनुभएका सबै नियमहरू तिमीले पालन गर्यौ भने तिमी सफल हुनेछौ। सङ्कल्प गर र भरोसा राख र केही कुराको डर नमान।
14
मन्दिरको कुराचाहिँ मैले आफ्नो मेहनतले मन्दिर बनाउनलाई ३,४०० टन सुन र ३४,००० टन चाँदी बटुलेको छु। त्यसबाहेक प्रशस्त काँसा र फलाम बटुलेको छु। मैले काठ र ढुङ्गा पनि तयार गरेको छु तर तिमीले अझै जोहो गर्नुपर्नेछ।
15
तिमीसित काम गर्ने मानिसहरू धेरै छन्। ढुङ्गाको खानिमा काम गर्नेहरू, सिकर्मी, डकर्मीहरू र हरेक प्रकारका कारिगरहरू धेरै सङ्ख्यामा छन्।
16
सुन र चाँदी, काँसा र फलामका काम गर्ने कारिगरहरू धेरै छन्। अब काम सुरु गर र परमप्रभु तिमीसित रहून्।”
17
दाऊदले सोलोमनलाई सघाउने आज्ञा इस्राएलका सबै अगुवाहरूलाई दिए।
18
उनले भने, “परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित रहनुभएको छ र सबैतिर तिमीहरूलाई शान्ति दिनुभएको छ। यस देशमा बास गर्ने सबै मानिसहरूमाथि उहाँले मलाई विजय दिनुभयो र अब तिनीहरू तिमीहरू र परमप्रभुको अधीनमा भएका छन्।
19
अब आफ्ना सारा मन र प्राणले परमप्रभु आफ्ना परमेश्वरको सेवा गर। मन्दिर बनाउन सुरु गर र त्यसमा परमप्रभुको करारको सन्दुक र उहाँलाई पुज्दा प्रयोग गरिने सबै पवित्र थोकहरू राख।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29