bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 5
1 Chronicles 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
1
याकूबको जेठो छोरो रूबेनका सन्तान यी हुन्। (उनी आफ्ना बुबाका रखौटीहरूमध्ये एउटीसित सुतेका हुनाले उनले ज्येष्ठ अधिकार गुमाए र ती अधिकार योसेफलाई दिइयो।
2
यहूदा कुल सबैभन्दा बलियो भयो र यसैले सारा कुलको निम्ति एउटा राजा उत्पन्न गर्यो।
3
याकूबका जेठा छोरा रूबेनका चार छोराहरू थिए— हानोक, पल्लु, हेस्रोन र कर्मी।
4
[4-6] योएलका सन्तानका वंशहरू यी हुन्— शमायाह, गोग, शिमी, मीका, रायाह, बाल र बीरह। अश्शूरका महाराजा तिग्लत-पिलेसेरले बीरहलाई, जो कुलका प्रधान थिए, कैद गरेर लगे र देशबाट बाहिर निकालिदिए।
7
वंशावलीमा रूबेन कुलका गोत्रहरूका प्रधान यी हुन् भनी लेखिएको छ— यीएल, जकरिया र बेला।
8
बेलाचाहिँ योएल गोत्रका अजाजका छोरा, शेमाका नाति थिए। यो गोत्र अरोएरमा र त्यहाँबाट उत्तरमा नेबो र बाल-मोनका इलाकासम्म बास गर्थ्यो।
9
गिलादमा तिनीहरूका गाई-वस्तुका ठूल्ठूला बथान थिए। तिनीहरूले त्यो देशको पूर्वपट्टि मरुभूमिसम्म आफ्ना हातमा लिए। मरुभूमि यूफ्रेटिस नदीसम्म फैलिएर गएको थियो।
10
शाऊल राजाको समयमा रूबेन कुलले हग्रीहरूमाथि हमला गरे, लडाइँमा तिनीहरूलाई मारे र गिलादको पूर्वको तिनीहरूको देश आफ्नो हातमा लिए।
11
रूबेन कुलको उत्तरमा बाशान देशमा पूर्वमा सलकासम्म फैलिएर गाद कुल बसेको थियो।
12
मुख्य गोत्र योएलले बसालेका थिए, दर्जामा दोस्रो गोत्र शापामले बसालेका थिए। यानै र शाफातले बाशानमा अरू गोत्रहरू बसालेका थिए।
13
कुलका अरू मानिसहरू यी सात गोत्रमा बाँडिएका थिए— मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर।
14
तिनीहरू हूरीको छोरो अबीहेलका सन्तान थिए। हूरीका पुर्खाहरू खोजी गरी यसरी निकालिएका थिए— अबीहेल, हूरी, यारोह, गिलाद, मिखाएल, यशीशै, यहदो, बूज।
15
अब्दीएलको छोरो गुनीको नाति अही ती गोत्रहरूका प्रधान थिए।
16
तिनीहरू गिलाद र बाशानका इलाकामा त्यहाँका सहरहरू र शारोनका सबै चरनहरूमा बसेका थिए।
17
यी वंशहरू यहूदाका राजा योताम र इस्राएलका राजा यारोबामका राज्यकालको वंश-सूचीमा थपिएका थिए।
18
रूबेन, गाद र पूर्व-मनश्शेका कुलमा ढाल, तरवार र धनु-काँड चलाउन राम्रो तालिम पाएका ४४,७६० सिपाहीहरू थिए।
19
तिनीहरूले यतूर, नापीश र नोदाबका हग्री कुलहरूसित लडाइँ गरे।
20
तिनीहरूले परमेश्वरमा भरोसा राखे र सहायताको निम्ति उहाँलाई बिन्ती-प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थनाको उत्तर दिनुभयो र तिनीहरूलाई हग्री र तिनका मित्र देशहरूमाथि विजय दिनुभयो।
21
शत्रुहरूबाट तिनीहरूले ५०,००० ऊँट, २,५०,००० भेडा र २,००० गधा कब्जा गरे र १,००,००० मानिसहरूलाई कैद गरे।
22
तिनीहरूले धेरै शत्रुहरूलाई मारे किनभने परमेश्वरको इच्छाले त्यो लडाइँ भएको थियो। अनि अश्शूरीहरूले कैद गरेर नलगुञ्जेल तिनीहरू त्यस देशमा बसिरहे।
23
पूर्व-मनश्शे कुलका मानिसहरूले बाशान देशमा उत्तरपट्टि बाल-हेर्मोन, सेनीर (र हेर्मोन पर्वतसम्म) ढाकेर बास गर्न थाले।
24
तिनका गोत्र-गोत्रका प्रधानहरू यी थिए— एपेर, यिशी एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। तिनीहरू सबै वीर र नामी योद्धाहरू थिए र आ-आफ्ना कुलका नाम चलेका अगुवाहरू थिए।
25
तर मानिसहरू आफ्ना पिता-पुर्खाका परमेश्वरप्रति अविश्वासयोग्य भए र उहाँलाई त्यागी जुन जातिहरूलाई परमेश्वरले त्यो देशबाट धपाउनुभएको थियो, तिनका देवी-देवता पुज्न थाले।
26
यसकारण परमेश्वरले अश्शूरका महाराजा पूललाई (जसलाई तिग्लत-पिलेसेर पनि भन्दछन्) उनको देशमा हमला गर्न लाउनुभयो। उनले रूबेन, गाद र पूर्व-मनश्शेका कुललाई देश निकाला गराए र गोजान नदीको तीरमा अनि हलह, हाबोर र हारामा तिनीहरूलाई बसाले। तिनीहरू अझसम्म त्यहीँ छन्।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29