bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 26
1 Chronicles 26
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
1
मन्दिरमा पहरा दिने लेवीहरूको काम यसरी बाँडिएको थियो। कोरह गोत्रबाट आसापका परिवारका कोरहका छोरा मेशेलेम्याह,
2
जसका सात छोराहरू थिए— जेठो जकरिया, माहिलो येदीएल, साहिँलो जबदियाह, काहिँलो यत्नीएल,
3
ठाहिँलो एलाम, अन्तरे येहोहानान र कान्छो एल्यहोएनै।
4
ओबेद-एदोमलाई परमेश्वरले आशिष् दिनुभएको थियो र उनका आठ छोराहरू उमेरअनुसार यी थिए— शमायाह, यहोजाबाद, योआ, साकार, नतनेल,
5
अम्मीएल, इस्साखार र पुल्लतै।
6
[6-7] ओबेद-एदोमका जेठा छोरा शमायाहका छोराहरू थिए— ओत्नी, रपाएल, ओबेद, एल्जाबाद, एलीहू र समक्याह। तिनीहरू आफ्ना गुणले गर्दा आ-आफ्ना गोत्रमा प्रमुख मानिस थिए। पछिल्ला दुई भाइ विशेष गुण भएका थिए।
8
ओबेद-एदोमका परिवारबाट त्यस कामको लागि जम्मा बयसट्ठी जना अति योग्य पुरुषहरू खटाइएका थिए।
9
मेशेलेम्याहका परिवारबाट अठार जना योग्य मानिसहरू आएका थिए।
10
मरारी गोत्रबाट होसा थिए, जसका चार छोराहरू थिए— शिम्री (उनी जेठो नभए पनि बुबाले उनलाई मुखिया बनाएका थिए),
11
हिल्कियाह, तबलियाह र जकरिया। होसाका परिवारबाट जम्मा तेह्र जना थिए, तिनीहरू मन्दिरका पहरेदारहरू थिए।
12
मन्दिरका पहरेदारहरू परिवार— परिवारअनुसार दल-दलमा बाँडिएका थिए। तिनीहरू अरू लेवीहरूझैँ मन्दिरका काममा खटाइन्थे।
13
हरेक परिवार, ठूलो होस् वा सानो, कुन मूल-ढोकाको पहरा गर्न छुट्ट्याउन चिट्ठा हालिन्थ्यो।
14
पूर्वको मूल-ढोका शेलेम्याहलाई पर्यो र उनका छोरा जकरियालाई उत्तरको मूल-ढोकामा पर्यो। जकरियाले सधैँ असल सल्लाह दिन्थे।
15
ओबेद-एदोमको नाममा दक्षिणको मूल-ढोका पर्यो र उनका छोराहरूलाई मन्दिरका भण्डारहरू पर्यो।
16
शुप्पीम र होसालाई पश्चिमको मूल-ढोका र उँभोपट्टि जाने बाटोको शल्केत भन्ने मूल-ढोका परे। पहरा दिनलाई समय अलग-अलग गरी क्रमैसित छुट्ट्याइएको थियो।
17
प्रत्येक दिन पूर्वपट्टि छ जना, उत्तरमा चार जना र दक्षिणमा चार जना पहरादारहरू रहन्थे। मन्दिरका भण्डारहरूको पहरा दिन दुई-दुई जना गरी जम्मा चार जना पहरेदारहरू दिनहुँ राखिन्थे।
18
पश्चिमपट्टिको मण्डपछेउ बाटोमा चार जना र मण्डपमा चाहिँ दुई जना पहरादारहरू बस्थे।
19
कोरह र मरारीका गोत्रलाई दिइएको पहरा गर्ने काम यही थियो।
20
तिनीहरूका अरू लेवी बन्धुहरू मन्दिरको धनको भण्डार र परमेश्वरलाई चढाइएका भेटीहरू राख्ने कोठाहरूको जिम्मेवार थिए।
21
गेर्शोनका एउटा छोरा लादान उनका छोरा यहीएलीका परिवारसहित अरू धेरै परिवारहरूका पुर्खा थिए।
22
लादानका अरू दुई छोराहरू जेताम र योएल मन्दिरका कोष र अरू चीजबीजका भण्डारहरूका निम्ति जिम्मेवार थिए।
23
अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका सन्तानहरूलाई पनि कार्यभार सुम्पिएको थियो।
24
मोशाका छोरा गेर्शोमका गोत्रका शूबाएल मन्दिरको कोषाध्यक्ष थिए।
25
एलीएजरचाहिँ रहब्याहका बुबा, रहब्याहचाहिँ यशयाहका बुबा, यशयाहचाहिँ योरामका बुबा, योरामचाहिँ जिक्रीका बुबा र जिक्रीचाहिँ शलोमीतका बुबा थिए।
26
परमेश्वरलाई दाऊद राजा, परिवारका प्रधानहरू, गोत्रका मुखियाहरू र फौजी अधिकृतहरूले अर्पण गरेका सबै भेटीहरूको निम्ति शलोमीत र तिनको परिवारका मानिसहरू जिम्मेवार थिए।
27
तिनीहरूले लडाइँमा लुटेका केही धन-सम्पत्ति लगेर मन्दिरको रेख-देखको निम्ति अर्पण गरे।
28
शलोमीत र उनका परिवारलाई मन्दिरको सेवाकार्यको निम्ति अर्पण गरेका सबै थोक, शमूएल अगमवक्ता, शाऊल राजा, नेरको छोरो अबनेर र सरूयाहको छोरो योआबले चढाएका भेटीहरूसमेत जिम्मा दिइएको थियो।
29
यिसहारका सन्तानमध्ये कनन्याह र उनका छोराहरूलाई प्रशासनिक भार अथवा कागज-पत्र राख्ने र इस्राएलका मानिसहरूको बीचको झगडामा न्याय-विचार गर्ने जिम्मा दिइएको थियो।
30
हेब्रोनका सन्तानबाट हशब्याह र उनका सत्र सय कुटुम्बहरूलाई सबै धर्मसम्बन्धी र समाज शासनसम्बन्धी विषयहरूबारे जिम्मा दिएको थियो। तिनीहरू सबै जना प्रमुख मानिसहरू थिए र ती विषयमा यर्दन नदीको पश्चिमपट्टिको इस्राएल देशमा हेर-विचार गर्थे।
31
हेब्रोनका सन्तानका मुखिया यरियाह थिए। दाऊद राजा भएको चालीसौं वर्षमा हेब्रोनका सन्तानको वंशावलीबारे एउटा खोजतलास गरियो र त्यस परिवारका प्रमुख-प्रमुख मानिसहरू गिलादका याजेरमा बास गरिरहेका भेट्टाइए।
32
दाऊद राजाले यरियाहका कुटुम्बहरूबाट परिवारका प्रमुख-प्रमुख दुई हजार सात सय प्रधानहरूलाई छाने र यर्दन नदीको पूर्वमा भएको इस्राएली देशमा तिनीहरूलाई सबै धार्मिक र सामाजिक कुराको शासनभार दिए। त्यो भू-भाग रूबेन, गाद र पूर्व मनश्शेको इलाकामा थियो।
← Chapter 25
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 27 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29