bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 16
1 Chronicles 16
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 17 →
1
तिनीहरूले करारको सन्दुक दाऊदले तयार पारेको पालमा लगे र त्यसभित्र राखे। त्यसपछि तिनीहरूले परमेश्वरलाई होमबलि र मेलबलि चढाए।
2
बलिहरू चढाइसकेपछि दाऊदले परमप्रभुको नाममा मानिसहरूलाई आशिष् दिए
3
र सबैलाई भोजन गराए। हरेक पुरुष र स्त्रीलाई एउटा रोटी, एक टुक्रा पोलेको मासु र केही किसमिस दिइयो।
4
परमप्रभु इस्राएलका परमेश्वरलाई करारको सन्दुकको अघि गीत गाउँदै र प्रशंसा गर्दै आराधना गर्न दाऊदले केही लेवीहरूलाई खटाए।
5
आसापलाई तिनीहरूका मुखिया र जकरियालाई तिनका सहायक खटाए। यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल वीणा बजाउनलाई खटिए। आसाप झ्याम्टा बजाउने भए
6
अनि दुई जना पूजाहारी बनायाह र यहासेलले वाचाको सन्दुकअघि नियमितरूपले तुरही फुक्नुपर्नेभयो।
7
त्यस दिन पहिलो चोटि दाऊदले आसाप र तिनका लेवी बन्धुहरूलाई परमप्रभुको प्रशंसामा गीत गाउने भार दिए।
8
परमप्रभुलाई धन्यवाद देओ, उहाँको महान्ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर।
9
परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन।
10
हामी उहाँकै हौं र आनन्दित होऔं; उहाँलाई पुज्नेहरू सबै रमाऊन्!
11
सहायताको निम्ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्तर आराधना गर।
12
[12-13] तिनीहरू, जो परमेश्वरका सेवक याकूब अथवा उहाँले छान्नुभएको इस्राएलका सन्तान हौ, परमेश्वरले गर्नुभएको आश्चर्यकाम र उहाँले दिनुभएको न्यायको फैसला याद गर।
14
परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, उहाँका आज्ञाहरू सारा संसारको लागि हुन्।
15
परमेश्वरको करार कहिल्यै नभुल— उहाँले आफ्नो करार सदाकालको निम्ति ठहर्याउनुभयो।
16
उहाँले अब्राहामसित करार बाँध्नुभयो, त्यो करार इसहाकलाई दिनुभयो।
17
परमप्रभुले याकूबसित अनन्तकालको निम्ति त्यो करार बाँध्नुभयो।
18
“म तँलाई कनान देश दिनेछु,” उहाँले भन्नुभयो, “त्यो तेरो आफ्नो सम्पत्ति हुनेछ।”
19
परमेश्वरका सन्तान सङ्ख्यामा थोरै र कनान देशमा परदेशी थिए।
20
तिनीहरू एक देशदेखि अर्को देश, एक राज्यबाट अर्को राज्य हुँदै घुमिहिँडे।
21
तर कसैलाई, परमेश्वरले तिनीहरू कसैलाई सताउन दिनुभएन, तिनीहरूको रक्षा गर्न उहाँले राजाहरूलाई चेतावनी दिनुभयो।
22
“मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।”
23
हे संसारका सारा मानिस हो, परमप्रभुको स्तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर।
24
उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर!
25
परमप्रभु महान् हुनुहुन्छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्च हुनुपर्छ।
26
अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्वर्ग सृष्टि गर्नुभयो।
27
महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्दले उहाँको मन्दिर भरिएको छ।
28
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर।
29
परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। उहाँले आफ्ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्टो परेर दण्डवत् गर।
30
हे पृथ्वीका सारा मानिस हो, उहाँको अघि थरथर काँप! पृथ्वी आफ्नो ठाउँमा दरिलो प्रकारले बसालिएको छ, र त्यो कसैले हल्लाउन सक्दैन।
31
पृथ्वी र आकाशले आनन्द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्छ भनी जाति-जातिलाई भन।
32
सागर र त्यहाँ भएका हरेक प्राणी गर्जून्! मैदान र त्यहाँ भएका हरेक कुराले आनन्द मनाऊन्!
33
जङ्गलका रूखहरूले आनन्दले सोर मच्चाउनेछन्, जब परमप्रभु पृथ्वीमा राज्य गर्न आउनुहुनेछ।
34
परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम अनन्त छ।
35
उहाँलाई भन “हामीलाई बचाउनुहोस्, हे परमेश्वर, हाम्रो उद्धारकर्ता! हामीलाई एकसाथ भेला गर्नुहोस्; हामीलाई जाति-जातिबाट उद्धार गर्नुहोस्। र हामी धन्यवादी बन्न सकौं र तपाईंको पवित्र नामको प्रशंसा गर्न सकौं।”
36
परमप्रभु, इस्राएलका परमेश्वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।
37
दाऊद राजाले आसाप र उनका लेवी बन्धुहरूलाई करारको सन्दुक राखेको ठाउँमा गरिने जिम्मा सधैँको लागि दिए। दिन-दिनै तिनीहरूले त्यहाँ आफ्ना सेवा गर्थे।
38
यदूतूनको छोरो ओबेद-एदोम र उनका गोत्रका अठसट्ठी जना मानिसहरूले तिनीहरूलाई सघाउँथे। ढोकाहरूमा पहरा दिने काम ओबेद-एदोमको जिम्मामा थियो।
39
सादोक पूजाहारी र उनका अरू पूजाहारी बन्धुहरूचाहिँ गिबोन सहरका आराधना-स्थलमा भएका पवित्र पालमा परमप्रभुको आराधना गर्न जिम्मेवार थिए।
40
हरेक बिहान र साँझ परमप्रभुले इस्राएललाई दिनुभएको नियमअनुसार वेदीमा तिनीहरूले पूर्ण होमबलि चढाउँथे।
41
तिनीहरूसित हेमान, यदूतून र अरू मानिसहरू थिए, जसलाई परमप्रभुको अनन्त प्रेमको लागि उहाँका प्रशंसाको गीत गाउन विशेष रूपले चुन्नुभएको थियो।
42
प्रशंसाको गीत गाउँदा बजाइने तुरही, झ्याम्टा र अरू बाजाहरूको जिम्मा पनि हेमान र यदूतूनलाई नै दिइएको थियो। यदूतूनका गोत्रका मानिसहरू ढोकाहरूमा पहरा दिने कामका लागि जिम्मेवार थिए।
43
त्यसपछि सबै जना घर फर्के र दाऊदचाहिँ आफ्नो परिवारलाई आशिष् दिन आफ्नो घर गए।
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29