bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 14
1 Chronicles 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 15 →
1
टुरोसका राजा हीरामले दाऊदकहाँ एक व्यापारी दल पठाए। उनले महल बनाउन दाऊदकहाँ देवदारुका काठ अनि डकर्मी र सिकर्मीहरू पनि पठाए।
2
त्यसरी दाऊदले थाहा पाए कि परमप्रभुले उनलाई इस्राएलका राजा बनाई स्थिर गर्नुभयो र आफ्ना प्रजाको लागि उनको राज्यको फलिफाप गराउँदै हुनुहुन्थ्यो।
3
यरूशलेममा दाऊदले अरू धेरै स्वास्नीहरू विवाह गरे र उनका अरू धेरै छोरा-छोरीहरू भए।
4
यरूशलेममा तिनका यी छोरा-छोरीहरू जन्मेका थिए— शम्मूअ, शोबाब, नातान, सोलोमन,
5
यिभार, एलीशूअ, एल्पेलेत,
6
नोगह, नेपेग, यापी,
7
एलीशामा, बेलीयादा र एलीपेलेत।
8
दाऊद सम्पूर्ण इस्राएल देशमाथि राजा भएका छन् भनी पलिश्तीहरूले सुने र तिनीहरूको फौज उनलाई पक्रन निस्क्यो। दाऊद पनि तिनीहरूको सामना गर्न निस्के।
9
पलिश्तीहरू रपाई बेसीमा पुगे र लुट-पिट गर्न लागे।
10
दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई हमला गरूँ? के तपाईंले मलाई विजय दिनुहुन्छ?” परमप्रभुले उत्तर दिनुभयो, “अँ, हमला गर्! म तँलाई विजय दिनेछु!”
11
दाऊदले तिनीहरूलाई बालपराजीममा हमला गरे र जिते। उनले भने, “शत्रुका सेना नाश पार्न परमेश्वरले मलाई बाढीजस्तै प्रयोग गर्नुभयो।” यसकारण त्यस ठाउँको नाम बाल-पराजीम भएको हो।
12
पलिश्तीहरू भागेर जाँदा तिनीहरूले आफ्ना देवीदेवताका मूर्तिहरू छोडिराखे र ती जलाइदिन दाऊदले आज्ञा दिए।
13
फेरि छिट्टै पलिश्तीहरू बेसीमा नै फर्केर आए र लुट-पाट सुरु गरे।
14
फेरि एकपल्ट दाऊदले परमेश्वरको सल्लाह लिए। उहाँले उत्तर दिनुभयो, “तिनीहरूलाई यहाँबाट हमला नगर् तर घुमेर जा र अर्कोपट्टिबाट सुगन्धित रूख छेउबाट हमला गर्ने तयारी गर्।
15
जब तैँले रूखका टुप्पाहरूबाट सेना हिँडेको आवाज सुन्छस्, तब हमला गर्नू किनभने म तेरा अघि-अघि पलिश्ती सेनाको हार गराउन हिँड्नेछु।”
16
दाऊदले परमेश्वरको आज्ञाअनुसार गरे र पलिश्तीहरूलाई खेदेर गिबोनदेखि गेजेरसम्म पुर्याए।
17
दाऊदको सुनाम जहीं-तहीं फैलिएर गयो र परमप्रभुले हरेक जातिलाई उनीदेखि डराउन लाउनुभयो।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29