bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 6
1 Chronicles 6
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 7 →
1
लेवीका तीन छोराहरू थिए— गेर्शोन, कहात र मरारी।
2
कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
3
अम्रामका दुई छोराहरू थिए— हारून, मोशा र एउटी छोरी मिरियम थिइन्। हारूनका चार छोराहरू थिए— नादाब, अबीहू, एलाजार र ईतामार।
4
एलाजारका सन्तानका वंशहरू यी हुन्— पीनहास, अबीशू,
5
बुक्की, उज्जी,
6
जरयाह, मरायोत,
7
अमर्याह, अहीतूब,
8
सादोक, अहीमास,
9
अजर्याह, योहानान,
10
अजर्याह (सोलोमन राजाले यरूशलेममा बनाएका मन्दिरमा पूजाहारीको सेवा गर्ने),
11
अमर्याह, अहीतूब,
12
सादोक, शल्लूम,
13
हिल्कियाह, अजर्याह,
14
सरायाह, यहोसादाक।
15
परमप्रभुले देश निकाला गर्नुभएको यहूदा र यरूशलेमका मानिसहरूसमेत यहोसादाकलाई नबूकदनेसर राजाले कैद गरेर लगे।
16
लेवीका तीन छोराहरू थिए— गेर्शोन, कहात र मरारी।
17
तिनीहरू हरेकका छोरा भए। गेर्शोन, लिब्नी र शिमीका बुबा भए,
18
कहात, अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका बुबा भए
19
अनि मरारी महली र मूशीका बुबा भए।
20
गेर्शोनका सन्तानका वंश यी हुन्— लिब्नी, येहाथ, जिम्माह,
21
योआ, इद्दो, जेरह, यातरै।
22
कहातका सन्तानका वंश यी हुन्— अम्मीनादाब, कोरह, अस्सीर,
23
एल्काना, एब्यासाप, अस्सीर,
24
तहत, उरीएल, उज्जियाह, शौल।
25
एल्कानाका दुई छोराहरू थिए— अमासै र अहीमोत।
26
वंशअनुसार अहीमोतका सन्तान यी हुन्— एल्काना, सोफै, नहत,
27
एलीआब, यरोहाम, एल्काना।
28
शमूएलका दुई छोराहरू थिए— योएल जेठो र अबिया कान्छो।
29
वंशअनुसार मरारीका सन्तान यी हुन्— महली, लिब्नी, शिमी, उज्जाह,
30
शिमेअ, हग्गियाह र असायाह।
31
करारको सन्दुक यरूशलेममा पुर्याएपछि त्यहाँका पूजा-स्थलमा भजन गर्न वा बाजा बजाउन दाऊद राजाले यी मानिसहरूलाई जिम्मा दिएका थिए।
32
सोलोमन राजाले मन्दिर बनाउनुअघि तिनीहरूले नियमितरूपले परमप्रभुले बास गर्ने पवित्र पालमा आफ्नो सेवाकार्य गर्थे।
33
यो काम गर्नेहरूको वंशावली यस्तो छ: कहातका वंशका— पहिलो गायक दलका अगुवा हेमान योएलका छोरा थिए। तिनको पुर्ख्यौली पहिल्याउँदा यसरी याकूबसम्म आइपुग्यो— हेमान, योएल, शमूएल,
34
एल्काना, यरोहाम, एलीएल, तोह,
35
सूप, एल्काना, महत, अमासै,
36
एल्काना, योएल, अजर्याह, सपन्याह,
37
तहत, अस्सीर, एब्यासाप, कोरह,
38
यिसहार, कहात, लेवी, याकूब।
39
दोस्रो गायक दलका अगुवा आसाप थिए। उनको पुर्ख्यौली यसरी लेवीसम्म पुग्थ्यो— आसाप, बेरेक्याह, शिमेअ,
40
मिखाएल, बासेयाह, मल्कियाह,
41
एत्नी, जेरह, अदायाह,
42
एतान, जिम्माह, शिमी,
43
यहत, गेर्शोन, लेवी।
44
तेस्रो गायक दलका अगुवा मरारी गोत्रका एतान थिए। उनको पुर्ख्यौली यसरी लेवीसम्म जान्थ्यो— एतान, कीशी, अब्दी, मल्लूक,
45
हशब्याह, अमस्याह, हिल्कियाह,
46
अम्सी, बानी, शेमेर,
47
महली, मूशी, मरारी, लेवी।
48
तिनीहरूका लेवी कुटुम्बहरू पवित्रस्थलहरूका अरू काममा खटाइएका थिए।
49
हारून र तिनका सन्तानले धूप वेदीमा धूप र होम वेदीमा होमबलि चढाउँथे। तिनीहरू महा-पवित्रस्थानमा गरिने सारा पूजा-कर्म र परमेश्वरबाट पाप क्षमा पाउनलाई चाहिने प्रायश्चित्तका होमबलि चढाउने कामको जिम्मेवार थिए। परमेश्वरको सेवक मोशाले दिएका आदेशअनुसार तिनीहरूले ती सबै काम गर्थे।
50
हारूनका सन्तान यी हुन्— एलाजार, पीनहास, अबीशू,
51
बुक्की, उज्जी, जरायाह,
52
मरायोत, अमर्याह, अहीतूब,
53
सादोक र अहीमास।
54
कहातका गोत्रमा भएका हारूनका सन्तानलाई दिइएका बासस्थान यी हुन्। लेवीहरूलाई दिइएका जमिनको पहिलो हिस्सा तिनीहरूको थियो।
55
त्यसभित्र यहूदाको भूमिमा हेब्रोन र त्यसका चारैपट्टिका पशु चरनहरू पर्थे।
56
तर त्यस सहरमा भएका गाउँ-बस्ती र खेतबारीहरू यपुन्नेको छोरो कालेबलाई दिइएका थिए।
57
[57-59] हारूनका सन्तानलाई यी सहरहरू दिइएका थिए— हेब्रोन, जुन शरण-सहर थियो, यत्तीर र पशु चरनसहित लिब्ना, एश्तमो, हीलन, दबीर, आशान, युत्ता र बेथ-शेमेश सहर।
60
बेन्यामीनका इलाकामा तिनीहरूलाई पशु चरनसहित यी सहरहरू दिइएका थिए— गेबा, आलेमेत र अनातोत। यसरी तिनका सन्तानहरू बास गर्न तेह्र सहरहरू थिए।
61
कहातका सन्तानका बाँकी गोत्रलाई पश्चिम-मनश्शे कुलका इलाकाबाट चिट्ठा हालेर परिवार-परिवारका हिसाबले दश वटा सहरहरू दिइएको थियो।
62
गेर्शोनका गोत्रलाई परिवार-परिवारका हिसाबले इस्साखार, आशेर र नप्तालीका इलाकाबाट र बाशानमा पूर्वीय-मनश्शेका इलाकाबाट तेह्र सहरहरू दिइएको थियो।
63
त्यही प्रकारले मरारीका गोत्रलाई परिवार-परिवार गरी रूबेन, गाद र जबूलूनका इलाकामा बाह्र सहर दिइएको थियो।
64
यस प्रकारले लेवीहरू बास गर्न इस्राएलीहरूले सहरहरू तिनका चारैतिरका पशु चरनसहित खटाएका थिए।
65
(माथि लेखिएका यहूदा, शिमियोन र बेन्यामीन कुलका इलाकाका सहरहरू पनि चिट्ठा हालेर बाँडिएका थिए।)
66
कहातका गोत्रका कति परिवारलाई एफ्राइमका इलाकामा सहर र पशु चरनहरू दिइएका थिए।
67
ती सहरहरू: शकेम, जुन एफ्राइमका डाँडामा भएको शरण-सहर थियो, गेजेर,
68
योक्माम, बेथ-होरोन,
69
अय्यालोन र गात-रिम्मोन थिए।
70
पश्चिम मनश्शेका इलाकामा तिनीहरूलाई पशु चरनसहित आनेर र बिलाम सहरहरू दिइएका थियो।
71
गेर्शोन गोत्रका परिवारहरूलाई, यी सहरहरू तिनका चारैपट्टिका पशु चरणहरूसहित दिइएको थियो: पूर्व-मनश्शेका इलाकाबाट— बाशानमा गोलान र अस्तारोत,
72
इस्साखारका इलाकामा— केदेश, दाबरत,
73
रामोत र अनेम,
74
आशेरका इलाकाबाट— माशाल, अब्दोन,
75
हूकोक र रहोब,
76
नप्तालीका इलाकाबाट— गालीलमा केदेश, हम्मोन र किर्यातैम
77
मरारी गोत्रका बाँकी परिवारहरूलाई यी सहरहरू तिनका चारैपट्टिका पशु चरनसहित दिइएको थियो: जबूलूनका इलाकामा— योक्माम, कर्तह, रिम्मोनो र तबोर,
78
रूबेनका इलाकामा यर्दन नदीका पूर्वमा, यरीहोपारि टारमा भएका बेसेर, यहसाह,
79
कदेमोत र मेपात,
80
गादका इलाका गिलादमा— रामोत, महनोम,
81
हेश्बोन र याजेर।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29