bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 21
1 Chronicles 21
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 22 →
1
शैतानले इस्राएल जातिमाथि कष्ट ल्याउन चाहन्थ्यो र त्यसले दाऊदलाई जनसङ्ख्या लिने विचार गर्न लायो।
2
दाऊदले योआब र अरू अधिकृतहरूलाई यसो भने, “सारा इस्राएल देशमा बेर्शेबादेखि दानसम्म जाओ र मानिसहरूका गन्ती लेओ। तिनीहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु।”
3
योआबले जवाफ दिए, “परमप्रभुले इस्राएलका मानिसहरूलाई अहिलेको भन्दा सय गुणा बढ्ता बनाऊन्! राजन्! ती सबै हजुरका सेवक हुन्। के तपाईं गन्ती लिएर सारा जातिलाई दोषी तुल्याउन चाहनुहुन्छ?”
4
तर राजाले योआबलाई आज्ञापालन गर्न लाए। योआब हिँडे र इस्राएल देशभरि यात्रा गरे र यरूशलेममा फर्के।
5
उनले दाऊद राजालाई सैनिक सेवा गर्न लायक पुरुषहरूको सङ्ख्या यस प्रकार दिए— इस्राएलमा ११,००,००० र यहूदामा ४,७०,०००।
6
योआबले राजाको सो आज्ञा रुचाएका थिएनन् र लेवी र बेन्यामीन कुलको गन्ती लिएनन्।
7
त्यस कामले परमेश्वर अप्रसन्न हुनुभयो र इस्राएललाई दण्ड दिनुभयो।
8
दाऊदले परमेश्वरलाई भने, “यी काम गरेर मैले डरलाग्दो पाप गरें! कृपा गरी मलाई क्षमा गर्नुहोस्। मैले मूर्ख काम गरें।”
9
तब परमप्रभुले दाऊदका अगमवक्ता गादलाई भन्नुभयो,
10
“जा र दाऊदलाई भन् कि म त्यसलाई तीन कुरामा एउटा कुरा रोज्न दिँदै छु। त्यसले जे रोज्छ, म त्यही गर्नेछु।”
11
गाद दाऊदकहाँ गएर परमेश्वरले भन्नुभएको कुरा राजालाई सुनाए। उनले सोधे, “हजुर, कुनचाहिँ रोज्नुहुन्छ?
12
देशमा तीन वर्षसम्म अनिकाल कि तीन महिनासम्म शत्रुहरूदेखि भागिहिँड्नु कि तीन दिनसम्म परमप्रभुको तरवारद्वारा प्रहार? त्यस प्रहारद्वारा महामारी पठाउनुभएर आफ्ना स्वर्गदूतद्वारा परमप्रभुले सारा इस्राएल देशमा मृत्यु ल्याउनुहुनेछ? परमप्रभुलाई म के उत्तर लैजाऊँ?”
13
दाऊदले गादलाई उत्तर दिए, “म सङ्कटमा परें! तर म मानिसहरूबाट दण्ड पाउन चाहन्नँ। परमप्रभु आफैंले मलाई दण्ड देऊन् किनभने उहाँ कृपालु हुनुहुन्छ।”
14
यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो र सत्तरी हजार मानिसहरू मरे।
15
त्यसपछि यरूशलेम नाश गर्न उहाँले एउटा स्वर्गदूत पठाउनुभयो तर आफ्नो विचार बदल्नुभएर दूतलाई यसो भन्नुभयो, “बस, भयो! बन्द गर!” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलाछेउनिर उभिएका थिए।
16
दाऊदले स्वर्गदूतलाई हातमा तरवार लिई यरूशलेम नाश गर्न तयार भई बीच आकाशमा उभिरहेका देखे। तब दाऊद र अगुवाहरूले भाङ्ग्रा लाएर भूइँमा घोप्टो परी ढोगे र मुखले भूइँ छोए।
17
दाऊदले प्रार्थना गरे, “हे परमेश्वर! दोषी म हुँ। जनगणना होस् भनी आज्ञा गर्ने म हुँ। यी बिचराहरूले के गरे र? परमप्रभु, मेरा परमेश्वर, म र मेरा परिवारलाई दण्ड दिनुहोस्, आफ्ना प्रजालाई छोडिदिनुहोस्।”
18
परमप्रभुको दूतले दाऊदले गएर अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाओस् भनी तिनलाई आदेश दिन गादलाई भने।
19
दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार उनी गए।
20
अरौना र तिनका चार छोराहरू आफ्ना खलामा गहुँ दाइँ गरिरहेका थिए। जब तिनीहरूले स्वर्गदूतलाई देखे, ती चार छोरा भागेर लुक्न गए।
21
अरौनाले दाऊद राजालाई देख्ने बित्तिकै खला छोडेर आए र राजाको अघि भूइँमा घोप्टो परेर ढोग गरे।
22
दाऊदले उनलाई भने, “मलाई तिम्रो खला बेच र यो महामारी रोक्नलाई त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनेछु। म तिमीलाई त्यसको पूरा दाम दिनेछु।”
23
“राजा, लिनुहोस्, खला तपाईंकै हो,” अरौनाले भने, “र आफूले इच्छा गरेअनुसार गर्नुहोस्। यो वेदीमा होमबलि गर्न यी गोरुहरू छन्, आगो बाल्न यी खलाका फल्याकहरू छन् र भेटी चढाउन गहुँ छन्। यी सबै म तपाईंलाई टक्र्याउँदछु।”
24
तर राजाले उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिनेछु। तिम्रा चीज सित्तैंमा लिएर म परमप्रभुलाई भेटी चढाउनेछैनँ।”
25
अनि उनले अरौनालाई त्यो खलाको लागि छ सय सुनका मुद्राहरू दिए।
26
त्यहाँ उनले परमप्रभुको निम्ति एउटा वेदी बनाए र होमबलि र मेलबलि चढाए। उनले प्रार्थना गरे र परमप्रभुले वेदीमा चढाइएका बलिहरू भस्म पार्न स्वर्गबाट आगो पठाउनुभयो र त्यसरी उत्तर दिनुभयो।
27
परमप्रभुले स्वर्गदूतलाई आफ्नो हातको तरवार म्यानमा हाल्न आज्ञा गर्नुभयो र स्वर्गदूतले त्यसै गरे।
28
त्यस बेला परमप्रभुले मेरो प्रार्थना सुन्नुभएछ भनी दाऊदले थाहा पाए। उनले अरौनाको खलामा बनाएको वेदीमा बलिहरू पठाए।
29
उजाड-भूमिमा मोशाले बनाएको परमप्रभु बास गर्नुहुने पवित्र पाल र होमबलि चढाउने वेदी र त्यस बेलासम्म गिबोनको पूजा-स्थलमा थिए।
30
तर दाऊद परमेश्वरलाई पुज्न त्यहाँ जान सकेनन् किनभने उनी परमप्रभुको स्वर्गदूतको तरवारसित डराउँथे।
← Chapter 20
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 22 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
Recommended Reading
Commentary
1 Chronicles Commentaries
→
Devotional
1 Chronicles Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→