bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 29
1 Chronicles 29
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
1
दाऊद राजाले सम्पूर्ण जन-समुदायलाई यस्तो घोषणा गरे, “परमेश्वरले चुन्नुभएको व्यक्ति मेरो छोरो सोलोमन हो; तर त्यो अहिले कलिलै छ र अनुभवमा कम छ। गर्नुपर्ने काम ठूलो छ किनभने यो मानिसको लागि बनाइने महल होइन; तर परमप्रभु परमेश्वरको मन्दिर हो।
2
मन्दिरको लागि चाहिने सबै सामान तयार पार्ने चेष्टा मैले सकभर गरेको छु— सुन, चाँदी, काँसा, फलाम, काठपात, बहुमूल्य पत्थर र रत्नहरू, सिँङ्गार्ने रङ्गी-विरङ्गी ढुङ्गाहरू र धेरै सिङ्गमरमरहरू यहाँ छन्।
3
मैले बटुलेका यी सबै कुराहरूमाथि मैले आफ्नो निजी भण्डारबाट चाँदी र सुन थपेको छु किनभने म परमेश्वरको मन्दिरलाई प्रेम गर्दछु।
4
[4-5] मन्दिरका भित्ताहरू सिँगार्न र कारिगरहरूले बनाउनुपर्ने अरू सबै कुराहरूको लागि मैले एक सय टनभन्दा बढ्ता निखुर सुन र करिब दुई सय चालीस टन चाँदी दिएको छु। अब परमप्रभुलाई मुट्ठी खोलेर भेटी चढाउन अरूको-को राजी छन्?”
6
तब गोत्र-गोत्रका अगुवाहरू, कुल-कुलका अधिकृतहरू, सेनाका कप्तानहरू र राजकीय सम्पत्तिका रेख-देख गर्ने अधिकारीहरूले आफ्नो इच्छाले मन्दिरको कामको लागि
7
यी कुराहरू दिए— १७० टनभन्दा धेरै सुन, ३४० टनभन्दा धेरै चाँदी, करिब ६२० टन काँसा र ३,४०० टनभन्दा ज्यादा फलाम।
8
जोसँग अमूल्य रत्नहरू थिए, ती तिनीहरूले मन्दिरको भण्डारमा दिए, जसको जिम्मेवारचाहिँ गेर्शोनका लेवी कुलका यहीएल थिए।
9
अगुवाहरूले ती कुरा राजीखुसीले परमप्रभुलाई दिएका थिए। त्यति धेरै भेटीहरू जम्मा भएकोमा मानिसहरू खुसी थिए। दाऊद राजा पनि औधी खुसी थिए।
10
त्यहाँ सम्पूर्ण जन-समुदायअघि दाऊद राजाले परमप्रभुको प्रशंसा गरे। तिनले भने, “परमप्रभु हाम्रा पुर्खा याकूबका परमेश्वर, तपाईंको प्रशंसा सदासर्वदा होइरहोस्!
11
तपाईं महान् र शक्तिशाली, गौरवमय, उदेकका र प्रतापी हुनुहुन्छ। स्वर्ग र पृथ्वीका सबै थोकहरू तपाईंका हुन् र तपाईं राजा र सर्वोच्च शासक हुनुहुन्छ।
12
सारा धन-सम्पत्ति तपाईंबाट आउँछन् र सबैमाथि तपाईंले आफ्नो शक्ति र प्रतापले शासन गर्नुहुन्छ अनि तपाईंले जोसुकैलाई महान् र शक्तिशाली बनाउन सक्नुहुन्छ।
13
अब हे हाम्रा परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं र तपाईंको महिमापूर्ण नामको प्रशंसा गर्छौं।
14
“तथापि म र मेरा प्रजाले वास्तवमा तपाईंलाई केही पनि दिन सक्दैनौं किनभने सबै थोक तपाईंका दान हुन् र ती तपाईंकै हुन्, त्यो त फर्काएका मात्र हौं।
15
हे परमप्रभु, तपाईं जान्नुहुन्छ कि हामी हाम्रा जीवन हाम्रा पितापुर्खाहरूजस्तै परदेशी र देशनिकालाहरूजस्ता भएर बिताउँछौं। हाम्रा जीवन सरिजाने छायाँजस्तो छ र हामी मृत्युबाट भाग्न सक्दैनौं।
16
हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंको पवित्र नामको आदर गर्न मन्दिर बनाउन हामीले यो धन जम्मा गरेका छौं तर यी सबै तपाईंबाट आएका हुन् र तपाईंकै हुन्।
17
म जान्दछु कि तपाईंले हरेकको हृदय जाँच्नुहुन्छ र निष्कपट मानिससित खुसी हुनुहुन्छ। यी सबै थोक मैले राजी-खुसीले इमानदारी र शुद्ध हृदयसाथ तपाईंलाई चढाएको छु। तपाईंका मानिसहरू, जो यहाँ भेला भएका छन्, तपाईंकहाँ आफ्ना भेटीहरू ल्याउँदा खुसी छन्, त्यो मैले देखेको छु।
18
परमप्रभु हाम्रा पिता-पुर्खाका परमेश्वर, अब्राहाम, इसहाक र याकूबका परमेश्वर यस्तो भक्ति आफ्ना प्रजाका हृदयमा दरिलो पारी राखिदिनुहोस् र तिनीहरूलाई सदासर्वदा आफूतर्फ विश्वासयोग्य बनाइराख्नुहोस्।
19
मेरो छोरो सोलोमनलाई तपाईंका सबै आज्ञा मान्ने र तपाईंको मन्दिर बनाउने हृदयदेखिको इच्छा दिनुहोस्। तपाईंको मन्दिर बनाउन मैले यी कुराहरू तयारी गरेको छु।”
20
त्यसपछि दाऊदले मानिसहरूलाई आज्ञा दिए, “परमप्रभु, तिम्रा परमेश्वरको प्रशंसा गर!” सारा जन-समुदायले परमप्रभु आफ्ना पिता-पुर्खाका परमेश्वरको र भूइँसम्म शिर निहुराएर परमप्रभु र राजालाई आदर गर्दै प्रणाम गरे।
21
भोलिपल्ट परमप्रभुलाई अर्पण गर्दै बलिदान चढाएर तिनीहरूले पशु मारे र मानिसहरूलाई मासु खान दिए। त्यसमाथि तिनीहरूले एक हजार साँढे, एक हजार भेडा र एक हजार थुमा होमबलि चढाए र वेदीमाथि सिँगै जलाए। तिनीहरूले मद्यबलि पनि चढाए।
22
त्यो दिन तिनीहरूले परमप्रभुको अघि खाए, पिए र औधी खुसी मनाए। दोस्रोपल्ट तिनीहरूले सोलोमनलाई राजा घोषणा गरे। परमप्रभुको नाममा तिनीहरूले उनलाई आफ्ना राजा र सादोकलाई पूजाहारी अभिषेक गरे।
23
यसरी सोलोमन आफ्ना बुबा दाऊदका सिंहासनमा बसे, जुन सिंहासन परमप्रभुले स्थापना गर्नुभएको थियो। उनी सफल राजा भए र सारा इस्राएल जातिले उनका आज्ञापालन गर्थे।
24
सबै अधिकृत र सिपाहीहरूले र दाऊद राजाका अरू छोराहरूले समेत सोलोमनलाई राजा मानी उनीप्रति राजभक्त रहने प्रतिज्ञा गरे।
25
परमप्रभुले सारा इस्राएली जातिका नजरमा उनलाई यस्तो गौरव दिनुभयो कि उनी अघि इस्राएलमा राज्य गर्ने कुनै राजाले त्यस्तो गौरव पाएका थिएनन्।
26
यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि चालीस वर्ष राज्य गरे।
27
उनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तीस वर्ष राज्य गरे।
28
उनी पूरा उमेर पुगेर वृद्ध अवस्थामा धन र सम्मान्साथ मरे र उनका छोरा सोलोमन उनीपछि राजा भए।
29
दाऊद राजाको कथा सुरुदेखि अन्त्यसम्म तीन जना अगमवक्ता अथवा शमूएल, नातान र गादका पुस्तकहरूमा लेखिएको छ।
30
ती लेखहरूमा उनले कसरी राज्य गरे, उनी कति शक्तिशाली थिए र उनी र इस्राएल जाति अनि चारैतिरका राज्यहरूसित के-के घटना भएका थिए, ती सबैको बयान गरिएको छ।
← Chapter 28
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29