bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 28
1 Chronicles 28
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
1
इस्राएलका सबै अधिकृतहरूलाई दाऊद राजाले यरूशलेममा भेला हुने आज्ञा दिए। यसकारण कुल-कुलका अधिकृतहरू, राज्यका शासनभार लिएका भारदारहरू, गोत्र-गोत्रका अगुवाहरू, राजा र राजकुमारहरूका सम्पत्ति र गाई-वस्तुका रेख-देख गर्ने अधिकारीहरू, राजमहलका सबै भारदारहरू, प्रमुख योद्धाहरू र वीर मानिसहरू यरूशलेममा भेला भए।
2
दाऊदले तिनीहरूका सामुन्ने उभिए र भने, “मेरा देशवासीहरू हो! मेरो कुरा सुन। करारको सन्दुकको निम्ति र परमप्रभु हाम्रा परमेश्वरका निम्ति एउटा भवन बनाउने मेरो इच्छा थियो। उहाँको सम्मान्मा एउटा मन्दिर बनाउने तयारी मैले गरेको छु,
3
तर उहाँले मलाई मनाही गर्नुभयो कारण म लडाइँ गर्ने सिपाही हुँ र धेरै रगत मेरो हातबाट बगेको छ।
4
परमप्रभु इस्राएलका परमेश्वरले म र मेरा सन्तानलाई इस्राएलमा राज्य गर्न चुन्नुभयो। उहाँले यहूदा कुलबाट अगुवाहरू जुटाउने प्रबन्ध गर्नुभयो र यहूदाबाट मेरा बुबाको परिवारलाई त्यसको निम्ति चुन्नुभयो। त्यस परिवारबाट मलाई लिई सारा इस्राएलका राजा बनाउन उहाँले इच्छा गर्नुभयो।
5
उहाँले मलाई धेरै छोराहरू दिनुभयो र तीबाट सोलोमनलाई परमप्रभुको राज्य इस्राएलमाथि राज्य गर्न चुन्नुभयो।
6
“परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो मन्दिर बनाउने तेरो छोरो सोलोमन हुनेछ। मैले त्यसलाई मेरो छोरो हुनलाई चुनेको छु र म त्यसका बुबा हुनेछु।
7
त्यसले अहिलेजस्तै होशियारीसित मेरा सबै नियम र आज्ञाहरू मानिरह्यो भने म त्यसको राज्य सदासर्वदा रहन दिनेछु।’
8
“र अब हे मेरा प्रजा हो, हाम्रा परमेश्वर र सारा इस्राएल अर्थात् परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गरेका सबै कुरा होशियारीसित पालन गर र यो सुन्दर देश तिनीहरूकै अधीनमा रहिरहोस् र आउने पुस्ता-पुस्तासम्म सदासर्वदा यो तिमीहरूले तिनीहरूलाई छोडिराख्न सक।”
9
उनले सोलोमनलाई भने, “मेरो छोरो, म तिमीलाई यो आदेश दिन्छु कि आफ्ना बुबाका परमेश्वरलाई ग्रहण गरी तन मनले उहाँको सेवा गर। उहाँले हाम्रा सबै सोच र कामनाहरू जान्नुहुन्छ। तिमी उहाँको शरणमा गयौ भने उहाँले तिमीलाई ग्रहण गर्नुहुनेछ। तर तिमीले उहाँलाई त्याग्यौ भने उहाँले तिमीलाई सदाको निम्ति त्याग्नुहुनेछ।
10
तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्नो पवित्र मन्दिर बनाउन तिमीलाई चुन्नुभएको छ। र अब दृढ सङ्कल्प लिएर सो काम गर।”
11
दाऊदले सोलोमनलाई मन्दिरका भवनहरूका र सबै भण्डार कोठा र अन्य कोठाहरू र पाप क्षमा गरिने महा-पवित्रस्थानमा रेखा चित्रहरू दिए।
12
उनले आफूले सोचेका चोकहरू, तिनका चारैतिरका कोठाहरू, मन्दिरका सामग्रीहरू र परमप्रभुलाई अर्पण गरिएका भेटीहरू राख्ने कोठाहरूका रेखा-चित्रहरू पनि दिए।
13
दाऊदले तिनलाई पूजाहारी र लेवीहरूका काम, मन्दिरका सेवकार्य र मन्दिरका भाँडा-कुँडा जतन गर्ने काम सञ्चालन गर्ने योजना पनि दिए।
14
[14-16] उनले भाँडा-कुँडा, दियो र सामदान, चाँदीका टेबिल र परमेश्वरलाई भेटी चढाएका रोटी राख्ने सुनका टेबिलहरू बनाउन कति-कति सुन र चाँदी चलाउनुपर्छ, त्यो पनि आदेश दिए।
17
[17-18] उनले काँटा, बटुका, कलश, धूप जलाउने वेदी र परमप्रभुको करारको सन्दुकमाथि पखेटा फैलाई खडा भएका करूबहरूको रथ बनाउन कति-कति निखुर सुन र थाल, बटुका बनाउन कति सुन र चाँदी लगाउनुपर्छ, त्यो पनि आदेश दिए।
19
दाऊद राजाले भने, “परमप्रभु आफैंले कसरी काम गर्नू भनी मलाई दिनुभएको ज्ञानअनुसार लेखिएका योजनाभित्र यी कुराहरू छन्।”
20
दाऊद राजाले आफ्ना छोरा सोलोमनलाई भने, “भरोसा राख र सङ्कल्प गर। काम सुरु गर र केही कुराले त्यसलाई रोक्न नदेऊ। परमप्रभु परमेश्वर, जसको म सेवा गर्दछु, तिमीसित रहनुहुनेछ। उहाँले तिमीलाई त्याग्नुहुन्न र मन्दिर बनाउन गर्नुपर्ने काम तिमीले नसकेसम्म उहाँ तिमीसित रहनुहुनेछ।
21
पूजाहारी र लेवीहरूको मन्दिरमा गर्नुपर्ने कामहरू तिनीहरूलाई खटाइएका छन्। सबै प्रकारका सीप भएका काम गर्ने मानिसहरू तिमीलाई सहायता गर्न उत्सुक छन् र तिनीहरूका अगुवाहरू तिम्रा आज्ञा मान्न तयार छन्।”
← Chapter 27
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 29 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29