bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 12
1 Chronicles 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 13 →
1
शाऊल राजाको सामुन्नेबाट भागेर दाऊद सिक्लगमा बसेको बेलामा धेरै अनुभवी र भरपर्दा सिपाहीहरू
2
र बेन्यामीनी कुलका मानिसहरू उनको साथमा लागे। शाऊल पनि बेन्यामीनी कुलका थिए। तिनीहरूले दाहिने वा देब्रे हातले काँड हान्न र घुँयेत्रो चलाउन सक्थे।
3
[3-7] तिनीहरू गिबाका शेमाहका छोराहरू अहीएजेर र त्यसपछि योआशका प्रधान थिए। ती सिपाहीहरू यी नै थिए— अज्मावेतका छोराहरू यजीएल र पलेत, अनातोतका बराकाह र येहू, गिबोनको यिश्मायाह, एउटा प्रसिद्ध सिपाही र ‘तीस जना मुख्य’ का अगुवाहरूमध्ये एक, गदेराबाट यर्मिया, यहासेल, योहानान, योजाबाद, हारूपीबाट एलूजै, यरीमोत, बाल्याह, शमरयाह र शपत्याह, कोरह गोत्रका एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम; गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह।
8
दाऊद मरुभूमिको किल्लामा छँदा तिनका दलमा मिल्न आउने गाद-वंशी प्रसिद्ध र अनुभवी सिपाहीहरूका नाम यी हुन्। तिनीहरू ढाल र भाला चलाउन सिपालु, सिंहजस्ता डरलाग्दा र पहाडी हरिणजस्ता छिटा थिए।
9
[9-13] तिनीहरूको दर्जा एउटापछि अर्को गरी यसरी राखिएको थियो— एसेर, ओबदिया, एलिआब, मिश्मन्ना, यर्मिया, अत्तै, एलीएल, योहानान, एल्जाबाद, यर्मिया र मकबन्ने।
14
गाद कुलका यी मानिसहरूमध्ये कोही-कोही जेठा-बाठा थिए र हजार-हजार सेनादलका कप्तान थिए र अरूहरूचाहिँ तल्लो दर्जाका र सय-सयका कप्तान थिए।
15
पहिलो वर्षको पहिलो महिनामा यर्दन नदीमा बाढी आएर दुवै किनार पानीले भरिएका बेलामा तिनीहरूले नदी पार गरे र नदीका पूर्व र पश्चिमका बेसीहरूमा बास गर्ने मानिसहरूलाई छरपष्ट पारेर धपाइदिए।
16
एकपल्ट बेन्यामीन र यहूदा कुलबाट एक दल मानिस दाऊद भएको किल्लामा गए।
17
दाऊद तिनीहरूलाई भेट्न आए र भने, “यदि तिमीहरू मलाई सहायता गर्न मित्रभावमा आएका हौ भने यहाँ तिमीहरूलाई स्वागत छ। हामीसित मिल! तर मैले तिमीहरूलाई केही दु:ख दिने चेष्टासम्म नगरे तापनि यदि तिमीहरू धोका दिएर मलाई शत्रुका हातमा दिन चाहन्छौ भने हाम्रा पुर्खाहरूका परमेश्वरले त्यो जान्नुहुनेछ र तिमीहरूलाई दण्ड दिनुहुनेछ।”
18
तीमध्ये अमासैलाई परमेश्वरको आत्माले अधीन गर्नुभयो र उनले जोडसित भने, “यिशैका छोरा दाऊद, हामी तपाईंतिर छौं! तपाईं र तपाईंका सहायकहरूलाई सफलता प्राप्त होस्! परमेश्वर तपाईंपट्टि हुनुहुन्छ!” पछिबाट अमासै ‘तीस जना मुख्य’ का अगुवा भए। दाऊदले तिनीहरूलाई स्वागत गरे र आफ्नो सेनामा अधिकृत बनाए।
19
मनश्शे कुलबाट केही सिपाहीहरू दाऊदपट्टि लागे। त्यस बेला दाऊद पलिश्तीहरूको साथमा शाऊल राजाको विरुद्धमा लडाइँ गर्न जाँदै थिए। वास्तवमा तिनले पलिश्तीहरूलाई मद्दत गरेनन् किनभने हामीलाई धोका दिई आफ्ना पुराना मालिक शाऊलका हातमा दाऊदले पारिदिनेछन् भनेर पलिश्ती राजाहरू डराउँथे। यसकारण तिनीहरूले दाऊदलाई सिक्लगमा फर्काए।
20
दाऊद फर्केर आइरहेका बेलामा उनीपट्टि लाग्ने मनश्शे कुलबाट आएका सिपाहीहरू यी नै थिए— अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै। मनश्शेमा तिनीहरूले हजार-हजारका सैन्य दलका कप्तानका काम गरेका थिए।
21
दाऊदकहाँ तिनीहरूले फौजका अधिकृत भएर सेवा गरे किनभने तिनीहरू सबै शूरवीर सिपाहीहरू थिए। पछिबाट तिनीहरू इस्राएली सेनामा अधिकृत भए।
22
प्राय: दिनहुँ नयाँ मानिसहरू दाऊदका सेनामा भर्ना हुन्थे र चाँडै तिनको सेना असाध्यै ठूलो भयो।
23
[23-37] दाऊद हेब्रोनमा छँदा धेरै तालिम पाएका सिपाहीहरू उनको सेनामा भर्ना भए। तिनीहरूले दाऊदलाई परमप्रभुले प्रतिज्ञा गर्नुभएअनुसार शाऊलको सट्टामा राजा बन्न मद्दत गर्न चाहन्थे। तिनीहरूको सङ्ख्या यस प्रकार थियो: यहूदा— स्त्र-शस्त्र भएका र भाला र ढाल बोक्ने ६,८०० पुरुषहरू, शिमियोन— असल तालिम पाएका ७,१०० योद्धाहरू, लेवी— ४,६०० पुरुषहरू, हारूनका सन्तान यहोयादाका पछि लागेका ३,७०० पुरुषहरू र एक जना योद्धा सादोक र उनका कुटुम्ब, २२ प्रमुख मानिसहरू, बेन्यामीन (शाऊलको आफ्नो कुल)— ३,००० पुरुषहरू (बेन्यामीन कुलका धेरैजसो मानिस शाऊलपट्टि राजभक्त रहेका थिए), एफ्राइम— आ-आफ्ना गोत्रका प्रसिद्ध २०,८०० पुरुषहरू, पश्चिम-मनश्शे— दाऊदलाई राजा बनाउन जान छानिएका १८,००० पुरुषहरू, इस्साखार— आ-आफ्नो नेतृत्वमा भएका मानिसहरूसहित दुई सय अगुवाहरू (इस्राएलले के गर्नुपर्छ र त्यो गर्न सबैभन्दा असल समय कुन हो, ती अगुवाहरूले जान्दथे), जबूलून— सबै प्रकारका हतियार चलाउने तालिम पाएका राजभक्त, भरपर्दा र लड्नलाई तयार ५०,००० पुरुषहरू, नप्ताली— ढाल र भाला बोकेका ३७,००० पुरुषसहित एक हजार अगुवाहरू, दान— २८,६०० तालिम पाएका पुरुषहरू, आशेर— लडाइँको लागि तयार ४०,००० पुरुषहरू, यर्दनका पूर्वका कुल— रूबेन, गाद र पूर्वीय मनश्शेबाट— सबै प्रकारका हतियारहरू प्रयोग गर्ने तालिम पाएका १,२०,००० पुरुषहरू।
38
यी सबै सिपाहीहरू लड्न तयार भई दाऊदलाई सारा इस्राएलका राजा बनाउने सङ्कल्प लिएर हेब्रोनमा गए। इस्राएलका बाँकी मानिसहरू पनि त्यही उद्देश्य लिएर एक भएका थिए।
39
तिनीहरूले आफ्ना देश भक्तहरूले तयार गरेका भोज खाँदै र पिउँदै तीन दिनसम्म दाऊदको साथमा बिताए।
40
उत्तरका इस्साखार, जबूलून र नप्तालीजस्ता टाढाका कुलहरूबाट पनि मानिसहरूले गधा, ऊँट, खच्चर र गोरुहरूमा: खानेकुरा पिठो, नेभारा, किसमिस, दाखमद्य र जैतुनको तेल लादेर ल्याए। तिनीहरूले मारेर खानलाई गाई-गोरुहरू र भेडाहरू पनि लिई आए। सारा देशभरिको आनन्द यसरी प्रकट भएको थियो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29