bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 4
1 Chronicles 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
1
यहूदाका केही सन्तान यिनै हुन्— फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल।
2
शोबालको छोरो रायाह यहतका बुबा थिए। सोरामा बास गर्ने मानिसहरूका पुर्खा, अहूमै र लहद, यहतका छोरा थिए।
3
[3-4] कालेबकी स्वास्नी एप्रातबाट जन्मेको हूर उनका जेठा छोरा थिए। उनका छोराहरूले बेथलेहेम सहर बसाले। हूरका तीन छोराहरू थिए— एताम, पनूएल र एसेर। एतामका तीन छोरा थिए— यिजरेल, यिश्मा र यिदबश र एउटी छोरी थिई— हस्सलेलपोनी। पनूएलले गदोर सहर र एसेर हूश सहर बसाले।
5
तको सहर बसाल्ने अशहूरका दुई स्वास्नी थिए— हेलह र नारा।
6
नाराबाट उनका चार छोराहरू भए— अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारी
7
अनि हेलहबाट तीन छोराहरू— सेरेथ, सोहोर र एतनान भए।
8
कोसचाहिँ आनूब र हज्जोबेबाका बुबा थिए र हारूमको छोरो अहर्हेलका गोत्रहरूका पुर्खा थिए।
9
याबेश नाम गरेका एक जना मानिस थिए। आफ्नो परिवारमा उनको बडो इज्जत थियो। आमाले चाहिँ उनलाई याबेश नाम दिएकी थिइन् किनभने उनी जन्मँदा आमाले धेरै कष्ट पाएकी थिइन्।
10
तर याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे, “परमेश्वर, मलाई आशिष् दिनुहोस् र धेरै इलाका दिनुहोस्। मसित रहनुहोस् र मलाई पिराउने खराबीबाट बचाउनुहोस्।” अनि परमेश्वरले उनको बिन्तीअनुसार उनलाई दिनुभयो।
11
शूहहको भाइ कबूलको एउटा छोरा थिए— मेहीर। मेहीर एश्तोनका बुबा थिए।
12
एश्तोनका तीन छोरा थिए— बेथ-रापा, पसेह र तहिन्ना। तहिन्नाले इर-नाहश सहर बसालेका थिए। उनका यी सन्तान रेकामा बास गर्थे।
13
कनजका दुई छोराहरू थिए— ओत्निएल र सरायाह। ओत्निएलका पनि दुई छोराहरू थिए— हतत र मोनोतै।
14
मोनोतैचाहिँ ओप्राका बुबा थिए। सरायाह योआबका बुबा थिए। योआबले गे-हरशीम बसाले। त्यहाँ सिपालु कारिगरहरू बास गर्थे।
15
यपुन्नेको छोरो कालेबका तीन छोरा थिए— ईरू, एलाह, नआम। एलाह कनजका बुबा थिए।
16
यहललेलका चार छोरा थिए— जीप, जीपा, तीरया र असरेल।
17
[17-18] एज्रहका चार छोरा थिए— येतेर, मेरेद, एपेर र यालोन। मेरेदले मिश्रका राजाकी छोरी बित्याहलाई विवाह गरे। उनका एक छोरी मिरियम र दुई छोरा शम्मै र यिश्बह जन्मे। यिश्बहले एश्तमो सहर बसाले। मेरेदले यहूदा कुलबाट पनि एउटी स्त्रीलाई विवाह गरे र तिनीबाट तीन छोरा जन्मे— गदोर सहर बसाल्ने येरेद, सोखो सहर बसाल्ने हेबेर र जानोह सहर बसाल्ने यकूतीएल।
19
होदियाहले नहमकी बहिनीलाई विवाह गरे। उनीहरूका सन्तानहरूले कीलाह सहरमा बास गर्ने गेरेम-गोत्र र एश्तमो सहरमा बास गर्ने माकात-गोत्र खडा गरे।
20
शिमोनका चार छोरा थिए— अमनोन, रिन्ना, बेन-हानान र तीलोन। यिशीका दुई छोरा थिए— जोहेत र बेन-जोहेत।
21
यहूदाका छोराहरूमध्ये एउटा शेलह थिए। उनका सन्तानमा एउटा एर् र अर्को लादा थिए। एर्ले लेका सहर अनि लादाले मारेशा सहर बसाले। तीबाहेक शेलहबाट बेथ-अश्बेयामा बास गर्ने मिहिन सुती कपडा बनाउनेहरूका गोत्र
22
योकीम र कोजेबा सहरमा बास गर्ने मानिसहरू र योआश र साराप पैदा भए। योआश र सारापले मोआबी स्त्रीहरू विवाह गरे र उनका सन्तान यशूबी-लेहेममा बास गर्थे। (यी धेरै पुराना पिता-पुर्खाहरूबाट चलिआएका प्रथाहरू हुन्।)
23
तिनीहरू कुमालेहरू थिए र नतैम र गदेरा सहरमा बास गर्थे र राजाको निम्ति काम गर्थे।
24
शिमियोनका पाँच छोरा थिए— नमूएल, यामीन, यारीब, जेरह र शौल।
25
शौलका छोरा शल्लूम, नाति मिब्साम र पनाति मिश्मा थिए।
26
मिश्मादेखि हम्मूएल, जक्कूर र शिमी हुँदै उनको वंश चल्यो।
27
शिमीका सोह्र छोरा र छ छोरी थिए तर उनका कुटुम्बका छोरा-छोरी कम थिए र शिमियोन कुलमा यहूदा कुल जति बढेन।
28
दाऊद राजाको समयसम्म शिमियोनका सन्तान यी सहरहरूमा बास गर्थे— बेर्शेबा, मोलादा, हसर-शूआल,
29
बिल्हा, एसेम, तोलद,
30
बतूएल, होर्मा, सिक्लग,
31
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैम।
32
तिनीहरू अरू पाँच ठाउँमा पनि बास गर्थे— एताम, ऐन, रिम्मोन, तोकेन र आशान
33
साथै छेउ-छाउका गाउँ बस्तीहरूमा, दक्षिण-पश्चिममा भएको बालात सहरसम्मै बास गर्थे। तिनीहरूले वंशावलीको सूची र तिनीहरू बसेका ठाउँ यसरी लेखिराखेका थिए।
34
[34-38] यी मानिसहरू कुल-कुलका प्रधान थिए: मशोबाब, यम्लेक, अमस्याहको छोरो योशा, योएल येहू, (योशिब्याहको छोरो सरायाहका नाति र असीएलको पनाति) एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह जीजा (शिपीको छोरो, अल्लोनको नाति र यदायाह, शिम्री र शमायाहको सन्तान) तिनीहरूका सन्तान बढिरहेका हुनाले
39
तिनीहरू पश्चिमतिर झण्डै गदोरसम्म ठाउँ खोज्दैगए। तिनीहरूले भेडाका लागि चरन सहर बसालेका बेसीको पूर्वमा पाए।
40
तिनीहरूले सुनसान र शान्त खुला मैदानमा प्रशस्त मलिला चरनभूमि पाए। त्यहाँ तिनीहरूभन्दा अघि हाम जातिका मानिसहरू बास गर्थे।
41
यहूदाका राजा हिजकियाको पालामा माथि लेखिएका पुरुषहरू गरारमा गए र त्यहाँका बासिन्दाहरूका पाल र झुप्राहरू नाश गरिदिए। तिनीहरूले त्यहाँका मानिसहरूलाई धपाए र आफू सधैँको लागि बास गर्न थाले किनभने त्यहाँ भेडाको निम्ति प्रशस्त चरन थियो।
42
शिमियोन कुलबाट अरू पाँच सय जना पूर्वपट्टि एदोममा गए। तिनीहरूलाई यिशीका छोराहरू— पलत्याह, नार्याह, रपायाह र उज्जीएलले अगुवाइ गरेर लगेका थिए।
43
त्यहाँ तिनीहरूले बाँचेका अमालेकीहरूलाई मारे र बास गर्न थाले। आजसम्म तिनीहरू त्यहाँ बसेका छन्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29