bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
1 Chronicles 23
1 Chronicles 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 24 →
1
दाऊद धेरै बुढो भएपछि उनले आफ्ना छोरा सोलोमनलाई इस्राएलका राजा बनाए।
2
दाऊद राजाले इस्राएलका सबै अगुवाहरू, पूजाहारीहरू र लेवीहरूलाई भेला गरे।
3
उनले तीस वर्ष वा त्योभन्दा बढी उमेर भएका लेवी पुरुषहरूको गन्ती लिए। तिनीहरू जम्मा अठ्तीस हजार थिए।
4
राजाले चौबीस हजारलाई मन्दिरको काम रेखदेख गर्न, छ हजारलाई अधिकृत र न्याय गर्ने कामहरू,
5
पहरा दिन चार हजार र आफूले दिएका बाजा-गाजा बजाएर परमप्रभुको स्तुति गाउन चार हजारलाई खटाए।
6
दाऊदले लेवीहरूलाई तिनका गोत्रअनुसार गेर्शोन, कहात र मरारी गरी तीन दलमा छुट्ट्याए।
7
गेर्शोनका दुई छोराहरू थिए— लादान र शिमी।
8
लादानका तीन छोराहरू थिए— यहीएल, जेताम र योएल,
9
जो लादानका सन्तानका कुल प्रधानहरू थिए। (शिमीका तीन छोराहरू थिए— शलोमोत, हजीएल र हारान।
10
[10-11] शिमीका अरू चार छोराहरू थिए। तिनीहरू उमेरअनुसार यहत, जीजा, येऊश र बरीआ हुन्। येऊश र बरीआका धेरै सन्तान थिएनन् र तिनीहरू एउटै गोत्रका गनिन्थे।
12
कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
13
उनका जेठा छोरा अम्राम, हारून र मोशाका बुबा थिए। (हारून र उनका सन्तानलाई सदासर्वदाको लागि पवित्र सामानको रेख-देख गर्न, परमप्रभुको आराधनामा धूप बाल्नु उहाँको सेवा गर्न र उहाँको नाममा मानिसहरूलाई आशीर्वाद दिन अलग गरिएको थिए।
14
तर परमेश्वरका जनहरू मोशाका छोराहरूचाहिँ लेवीकै दलमा राखिएका थिए।
15
मोशाका दुई छोराहरू गेर्शोम र एलीएजर थिए।
16
गेर्शोमका सन्तानको मुखिया शूबाएल थिए।
17
एलीएजरका एउटा मात्र छोरा रहब्याह थिए; तर रहब्याहका सन्तान धेरै थिए।
18
कहातका माहिला छोरा यिसहारका एउटा छोरा शलोमीत थिए, उनी आफ्ना गोत्रका मुखिया थिए।
19
कहातका साहिँला छोरा हेब्रोनका चार छोराहरू थिए— यरियाह, अमर्याह, यहासेल र यकमाम।
20
कहातका कान्छा छोरा उज्जीएलका दुई छोराहरू थिए— मीका र यिशियाह।
21
मरारीका दुई छोराहरू थिए— महली र मूशी। महलीका दुई छोराहरू थिए— एलाजार र कीश;
22
तर एलाजारका छोरीहरू मात्र थिए, एउटै छोरो नजन्मीकनै उनको मृत्यु भयो। उनका छोरीहरूले आफ्ना दाजुभाइ अथवा कीशका छोराहरूसित विवाह गरे।
23
मरारीका माहिला छोरा मूशीका तीन छोराहरू थिए— महली, एदेर र यरीमोत।
24
यिनीहरू गोत्र-गोत्र र परिवार— परिवारअनुसार र नाम लेखिए बमोजिम लेवीका सन्तान थिए। बीस वर्ष वा त्यसभन्दा बढी उमेर भएका लेवीका यी सन्तानले परमप्रभुको मन्दिरको सेवाकार्यमा एउटा न एउटा भाग लिनुपर्थ्यो।
25
दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजालाई शान्ति दिनुभएको छ र उहाँ आफैं यरूशलेममा सदाकालको निम्ति बास गर्नुहुनेछ।
26
यसकारण लेवीहरूले परमप्रभुले बास गर्ने पवित्र पाल र आराधनामा चलाइने सामान बोकी हिँड्ने अब प्रयोजन छैन।”
27
दाऊदको अन्तिम आदेशअनुसार बीस वर्ष पुगेपछि सबै लेवीहरूले सेवा गर्न आफ्ना नाम लेखाए
28
र तिनीहरूलाई यी काम दिइयो— हारूनका सन्तानमा जन्मिएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउन, मन्दिरका कोठा र चोकहरूको रेख-देख गर्न र सबै पवित्र सामानहरू शुद्ध राख्न,
29
परमेश्वरलाई चढाइएका रोटी, भेटीमा चढाइएको पिठो, अखमिरी रोटी, पकाएको अन्नबलि र जैतुनको तेल मिसाएको पिठोको जिम्मा लिन, मन्दिरमा चढाइएका भेटीहरूको तौल र नाप लिन,
30
[30-31] र हरेक बिहान र साँझ अनि जहिले-जहिले विश्रामको दिन वा औँसीको दिन र अरू चाड-बाडको दिन परमप्रभुलाई बलि चढाइन्छन्, त्यस बेला परमप्रभुलाई प्रशंसा गर्न र महिमा दिन प्रत्येक पल्ट यो कार्य गर्न खटाइने लेवीहरूको सङ्ख्या तोकेर नियमहरू बनाइएका थिए। सबै समयमा परमप्रभुलाई आराधना गर्ने काम लेवीहरूलाई दिइएको थियो।
32
परमप्रभु बास गर्ने पवित्र पाल र पवित्रस्थान रेख-देख गर्ने र आफ्ना कुटुम्ब हारूनका सन्तानमा भएका पूजाहारीहरूलाई मन्दिरको आराधना कार्यमा सघाउने कामको भार तिनीहरूलाई दिइएको थियो।
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29